आफ्नै कारण डोरमणी संकटमा पार्दै

राजनीति

काठमाडौं । आफ्नै पार्टीभित्र मिलाप नहुँदा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलसमेत असफल सावित हुँदैछन् । वाग्मती प्रदेशमा नेकपा एमालेका ५६ जना सांसद छन् । तर, नीति तथा कार्यक्रम ल्याउँदा, बजेट प्रस्तुत गर्दा सल्लाह लिने काम मुख्यमन्त्री पौडेलले नगरेको आफ्नै टिमका २३ जना सांसदले गुनासो गरेका छन् । मुख्यमन्त्रीको तहबाट चासो नहुँदा विपक्षीहरू झन् आक्रमण बन्दैछन् । वाग्मती प्रदेशमा माओवादी २३, कांग्रेस २२ विवेकशील साझा ३, राप्रपा र नेमकिपाका २÷२ तथा एक जना स्वतन्त्र सांसद रहेका छन् । ५३ जना विपक्षी एक हुँदा पनि एमालेका ५६ लाई जित्न सक्दैनन् । तर, असन्तुष्टि एमालेमै चर्को छ । केन्द्रको प्रभाव प्रदेशमा पर्न थालेको छ । सामुहिकतालाई बाइपास गर्दा यस्ता समस्या परेका छन् । अहिले लडाइँ त्यहाँ चलेको छ । बजेट बल्तल्ल पास भएको छ । मुख्यमन्त्रीले आफ्नै टिमभित्र छलफल गर्नु पर्ने थियो । तर, एकलौटी रूपमा बजेट बनाएको आरोप लागेको छ । छलफल केन्द्रदेखि प्रदेशसम्म गर्नुपर्ने बताइन्छ । एमालेभित्रको विवाद मिलेको छैन । प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेताहरूलाई नै पन्छाएका उदाहरण प्रदेश प्रमुखको नियुक्ति र मुख्यमन्त्रीहरूको छनोट मै देखिएको विवाद मुख्यमन्त्रीहरूले नै बढाएका छन् । शेरधन राई, डोरमणी पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङको हैसियतमा दाग लागेको छ । ओली खेममा जोडिनु उनीहरूको क्षमता, योग्यता हो । अब नेता मिले पनि विभाजति मानसिकता बदल्न कठिन छ ।
एमालेको केन्द्रको द्वन्द्वलाई चुनौति दिन कर्णाली र सुदुरपश्चिमका एमाले सांसदले चुनौती दिएर पनि कम्युनिस्ट पार्टीबीचको एकता टुट्न दिएनन् । त्यो कुरा ओली समूहलाई जानकारी छैन । त्यहाँ एमाले प्रदेश १ र वाग्मतीजस्तो दरिलो छैन । लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा परेको अवस्था छ । आफ्ना कमी, कमजोरी नदेख्ने, विपक्षीको खोइरो खन्ने चलन पार्टीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *