आइजिपीको योजना लथालिंग

समाचार

काठमाडौं । नेपाल प्रहरीका पाँच डिआइजी थप गरेर सकेसम्म आइजिपी शैलेश थापाका व्याजका ६ जनालाई डिआइजी बनाउने सरकारको योजना सफल भएन । प्रहरीमा २०५१ सालमा प्रवेश गरेको टिमका पाँच र ०५२ सालको दिपक थापा सम्मलाई डिआइजी बनाउने प्रहरी योजना सरकारले स्वीकृत गरेन । प्रधानमन्त्रीको विश्वासप्राप्त ईश्वर पोखरेलको योजना आइजिपीको एक्लो उम्मेदवार बनेर आइजिपी पड्काउने खेलमा लागेका विश्वराज पोखरेलाई गोकुल बाँस्कोटाले सहकुल थापाजस्ता व्यक्तिलाई कांग्रेसमा भिडाई दिएपछि खेर गयो । पोखरलले चुनावको बेला बुथ कब्जा गर्न सक्दैनन् भनेर सहकुल थापाजस्ता व्यक्तिलाई एआइजी बनाएको हो । यहाँ महेश बस्नेतको नाम जोडिए पनि खेल गोकुल बाँस्कोटा सफल पनि भएका छन् । गृह मन्त्रालय सूत्रका अनुसार डिआइजी बढुवामा ०५१ को टिमले मौका पाउन सक्दैन भन्दै प्रचार गर्नेहरू आइजिपी थापाले आफ्नै टिमका एसएसपीलाई मौका दिने तयारी गर्दा गृहले मानेनन । प्रचार ०५१ को टिमको हुने हो काम पुरानैको हुन्छ भन्ने पनि छन् । उता एआइजी बढुवा हुनासाथ सहकुल थापाले मानव स्रोत र प्रशासनको जिम्मा पाएका छन् भने विश्व पोखरेललाई तालिम केन्द्र प्रहरी पाल कार्य विभाग, प्रधुन्न कार्कीलाई महानगरीय आयुक्तको कार्यलय र निरज शाहीलाई अपराध अनुसन्धानमा खटाइएको छ । आइजिपी थापा २०७९ वैशाखमा घर जाँदै छन् । सरकारले सन्दीप भण्डारी, दिपक थापा, टेकबहादुर राई मध्येबाट दुई जनालाई डिआइजी बनाउने भएको छ । प्रहरीको कमाइ हुने ठाउँ भनेकै मावन स्रोत र प्रशासन नै हो ।
प्रहरी निरीक्षकमा २०५१ चैतमा प्रवेश गरेका र २०७५ चैतमा एसएसपी बढुवा भएको सन्दीप भण्डारी एक नम्बरमा रहेका छन् । उनी ०६३ मा डिएसपी ०७१मा एसपी ०७५ मा एसएसपी भएका थिए । उनीसँग जागिर प्रवेश र पदीय बढुवामा सँगै रहेका अख्तियार प्रमुखले माया गरेका टेकप्रसाद राई, सर्वेन्द्र खनालले तानेका उमेशराज जोशी अत्यन्त भ्रष्ट श्यामलाला ज्ञवाली, भाषणबाज रामदत्त जोशी हुन् भने २०५२ भदौ १९ मा निरीक्षकमा प्रवेश गरेका चलाख कमाण्डर दिपक थापा डिएसपी बढुवा हुँदा ०५१ को ब्याजका मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्रचार्य, कोषराज पोखरेल र वसन्त कुँवरलाई उछिनेर एसएसपी तहको छैँठौ स्थानमा छन् । उनी २०६६ मा डिएसपी ०७७ मा एसपी भएका थिए । थापासँगैका टेकबहादुर तामाङ र भीमप्रसाद ढकाल पनि २०६२ भदौमा डिएसपी ०७१ फागुनमा एसपी र ०७५ चैतमा एसएसपी भएका हुन् । थापाले स्तरअनुसार बढुवामा फड्को मारेका थिए । अहिले उनी प्रशासन हाँक्दैछन् । प्रहरीलाई राजनीतिक संगठनको रूपमा छिन्नभिन्न बनाउने, पैसा उठाएर भित्र्याउने कमाइ गर्ने ठाउँमा सरुवा गर्ने, धुन्धुकारी व्यापार भएका माओवादी नेता तत्कालीन गृहमन्त्री कृष्णबहादुर महरा गृहमन्त्री बनेपछि किनारा लागेका व्यक्ति हुन् । महराले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा राजनीतिक दबदबा बढ्न दिएनन् । संस्थाको ऐन कानुनलाई तोडेनन् । वरिष्ठताको आधारमा छोटो समय आइजिपी भएर विदाइ हुने क्रम सशस्त्र र नेपाल प्रहरीमा देखिएकै थियो । आइजिपी शैलेश थापाको बिदाइसँगै एआईजी विश्व पोखरेल र सहकुल थापा प्रतिस्पर्धी देखिए पनि वरिष्ठताको आधारमा पोखरेल आइजिपी हुने स्थिति हो । यो टोलीपछि आइजिपी हुने डिआइजीबाट हो । फौजी संगठनभित्र दलगत हस्तक्षेपले कमजोर बनाउने गरेका छन् । महानगरीय आयुक्त कार्यलय चलाउन चाहेका एआइजी सहकुल थापा प्रधानमन्त्री कार्यालमा छन् । सत्तापक्ष एमालेले नेतृत्वले चुनाव नहुने अवस्थामा सुरक्षा समूहलाई विश्वासमा लिन खोजेको हो । सर्वोच्चको फैसला कुरेको कारण एआइजी हरि पाल महानगरीय आयुक्त पदमा टिकेको दाबी नक्साल सूत्रको छ । सो सुत्रका भनाइमा पनि आइजिपी थापा सकेसम्म डिआइजी पद पुरानै व्याजलाई दिनेमा छन् । उनलाई गृहमन्त्री विष्णु पौडेलले प्रहरी ऐन नियमावली बाहिर नजान निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *