चन्दको दौडको के अर्थ ?

राजनीति

काठमाडौं । केपी ओली नेतृत्वको सरकारसँग सम्झौता गरेर आफ्ना नेता कार्यकर्ताको रिहाई गर्न सक्रिय भएका नेकपा महासचिव नेत्रविक्रम चन्दको सक्रियता पछिल्लो समय बढेको छ । अधुरो क्रान्ति सफल पार्न हतियार उठाएर ठाउँ–ठाउँमा आतंक फैलाएको आरोप लागेका चन्दको पछिललो दौडधुपको चर्चा व्यापक भएको छ । प्रधानमन्त्रीबाट ओली हट्नासाथ चन्द नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास पुगे । त्यो बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत उपस्थिति भएका थिए । धर्मेन्द्र बाँस्तोलालाई सँगै लिएर गएका चन्दले त्यो बैठकमा ओली सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न बाँकी रहेकोले उक्त कामलाई कार्यान्वयन गर्न देउवा सरकारमार्फत पनि कार्यन्वयन होस् भन्ने प्रस्ताव गरे ।
नेकपा चन्दले नेपाल संघीयता, गणतन्त्र र समावेशिता स्थापित भएको जानकारी पाएका छैनन् । किनकि उनीले अधुरो जनयुद्धलाई सफल बनाउन हतियार उठाएको अवस्थामा थिए । तर, चन्द पक्षले आतंकको साहारा लिएर बहुराष्ट्रिय कम्पनीहरूलाई आतंकित पारी कमाइ हुने गरी बम आतंक मच्चाएको थिए । एनसेलको टावरमा बम प्रहार गर्ने, अरुण तेस्रो जलविद्युत निर्माणमा रोक लगाउने, बाटोमा बम राख्ने निर्णय गर्नु नै ‘आतंकवादी धन्दा’को प्रमाण हो । यो धन्दाले फाइदा पाउने काला व्यापारी र माफियाकै फाइदा थियो । त्यहाँ जनयुद्ध गर्नेको बदनाम थियो । तर, चन्दका सहयोगी खड्ग विकहरू युरोपेली युनियनको लगानीमा दलित जनजातिको नाममा र चन्दकै नाममा चन्दा उठाइरहेका थिए ।
नेपालमा कम्युनिस्टहरूलाई काम गर्न नदिने तत्व चन्दजस्ता देखिए । एमालेमा ‘होली वाइन’ टोली जाग्यो । कम्युनिस्ट पार्टी क्रिस्चियनिटीको डलरमा डुब्दा हिन्दू धर्म पक्षधरहरूले राम्रै कुरा गरे । नेत्रविक्रम चन्दको क्रान्तिले ‘होली वाइन’को कार्यक्रम पत्तै पाएन । ओली सरकारले रु ९ करोडको खोलो बगायो । माधव नेपाल विदेश घुम्न निकै रुची राख्थे । ‘होली वाइन’ सम्मेलनमा उनीसँगै सुभास नेम्वाङहरू निकै लागि परे विगतको गल्ती सच्याउन नेताहरू कोही चाँहदैन । चन्दको दौडधुपको यहाँ के अर्थ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *