गच्छेदारले चाहिँ सफाइ पाउने खरिदार र सुब्बा चाहिँ कारबाहीमा पर्ने

राजनीति

काठमाडौं । विजय कुमार गच्छदार शैलीको चित्कार सत्ता स्वार्थ र लुट हो । कांग्र्रेसका तत्कालीन सभापति स्व. गिरिजा कोइरालाले राज्यमन्त्री दिएर सत्ताको राज गर्न सिकाएका विजय गच्छदार कांग्रेसकै समयमा ५ पटक र कांग्रेस छोडेर मधेशी जनअधिकार फोरमतिर लागेपछि निरन्तर सत्तामा पुगे । डा.बाबुराम भट्टराई र माधवकुमार नेपाल नेतृत्वको सरकारमा मात्र होइन पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तामा पनि विजय गच्छदार मन्त्री भए । सरकारी सम्पत्ति बेच्ने भूमाफियाको नाममा ललितानिवास जग्गा प्रकणमा एमालेका विष्णु पौडेलसम्मले कमाउने मौका पाए । तर, गच्छेदार १३ महिनासम्म अदालतको सूचीबाट फरार सूचीमा रहेर जब केपी ओली सरकारलाई सर्वोच्चले लखेट्यो विजय गच्छदार एकाएक विषेश अदालतमा हाजिर भएर त्यही दिन सबै तालमेलको व्यवस्था गरी १० लाख धरौटीमा छुटेका छन् ।
भूमिसुधार मन्त्री उनी थिएनन् । भौतिक पूर्वाधार मन्त्री थिए । दिप बस्न्यात नामुद भ्रष्ट सचिव थिए । लेख्ने सिफारिस गर्ने पैसा कबोल्ने बस्न्यात, मन्त्रिपरिषद फाइल लैजाने गच्छदार हुन । उनलाई ६ करोड ६५ लाखको बिगो पनि तोकियो । तर, अदालतले धरौटी लियो जम्मा १० लाख । यही हो कांग्रेस र गच्छदारको उदारवाद । सरकारी सम्पत्ति ललिता निवास प्रकणमा मोही छुटाउने र कायम गर्ने नाउमा विजय गच्छेदार, विष्णु पौडेल, दीप बस्न्यात, कुमार रेग्मीजस्ताले गरेका थिए । तर, कारबाहीमा परे मालपोतका खरदार सुब्बा । सयौँ रोपनी सरकारी जमीन कांग्रेसको नाममा रुक्मशमशेर जबराले सरकारसँग पहिले अधिकरणमा राख्दा रकम कुम्ल्याए पनि पछिल्लो पटक छोडेनन् । विजय गच्छदारलाई यो ख्याल भएर प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा केपी ओलीको सरकारले चलाएको नीतिगत भ्रष्टाचारलाई थमौती नगर्ला भन्न सकिँदैन । किनकी माओवादीमा जर्नादन शर्माजस्ता कालकुट अर्थमन्त्री भएका छन् । ज्वाइ सापको अनलाइनले जनार्दन की जय भन्ला, तर झिल्को डटकम र ज्वाइको टेलिभिजनले जर्नादनको कालो व्यापारलाई कलम नचलाउलान भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *