डा.सापको नैतिकता छैन ?

समाचार

काठमाडौं । आफ्नो सरकार अल्पमतमा परेर पनि अनेक चालबाजीबाट सरकारमा बस्ने लुम्बनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल मात्र छैैनन्, प्रदेश १ का शेरधन राईको समेत सरकार धरापमा छ । केपी ओलीले जस्तै छलछाममा गर्न शंकरले सक्लान किनकी त्यहाँ माधव पक्ष सानो टिम छ । तर, वाग्मती र प्रदेश १ मा त्यो सम्भवना छैन । किनकी ती प्रदेशमा माधव पक्ष ओलीकै हाराहारीमा रहेको छ ।
संघीय सरकारले सरकार छाडेपछि सबै क्षेत्रमा एमालेले एकलौटी ग¥यो । पार्टी एक हुँदाको समयमा प्रधानमन्त्रीको स्तरबाट केपी ओलीले माओवादी पक्षमा महाप्रबन्धक भएका स्थानहरूमा कार्यकारी अध्यक्ष नियुक्ति गरे । ईश्वर पोखरेलको चाकडी गरेर डा.महेन्द्र विष्टले टेलिभिजनमा कार्यकारी अध्यक्ष भएर जागिर खाए । गाडी चढे । प्रगति शून्य । गोरखापत्रमा कृष्ण मुरारी भण्डारीले ओली सरकारबाट हटाउना साथ पद त्यागे । तर, विष्ट सँगै रासस, रेडियो नेपाल, विज्ञापन बोर्डदेखि अन्य न्यूनतम पारिश्रमिक निर्धारण समितिमा भएका नियुक्तिहरू यथावत छन् । अरुलाई नैतिकको पाठ सिकाउने एमालेका जागिरे पत्रकारहरूले नैतिकता देखाएका छैनन् । डा.विष्टलाई भोजन गृहको बस्नेतले टेलिभिजनमै टिकाउने विश्वास दिलाछन् कि ? यिनै बस्नेतका प्रेस सल्लाहकार भएर समाचार पत्रमा काम गर्दा ०६२÷६३ को आन्दोलनमा दरबारको सेवामा लागेकै हुन् । एमाले भनेका चाकडी टोली हो भन्ने यिनले बुझेका थिए । चाकडी गरे पद पाइन्छ भन्ने कुरा बुझेका विष्टले महासंघको अध्यक्ष छोड्ना साथ नेपाल टेलिभिजनमा छिरे । पत्रकार महासंघको निर्वाचन रोक्न चौतारीको ठेकदार बनेर प्रस्तुत हुँदा कसैले मानेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *