संसद सचिवालयमा भ्रष्ट कर्मचारी

समाचार

एकैदिनमा दुई÷दुई पटक खाना र खाजा
काठमाडौं । कर्मचारीहरू कुन हदसम्म भ्रष्ट हुनसक्छन् ? कतिसम्म आर्थिक अनुशासन उल्लंघन गर्न सक्छन् भन्ने एउटा दृष्टान्त देख्न पाइन्छ संसद सचिवालय सिंहदरबारमा ।
यो त्यही कार्यालय हो, जसले १२ वर्षदेखिको भारतीयहरूको एउटा सिण्डिकेट त अन्त्य गरेको छ तर कर्मचारीहरूको सिण्डिकेट उस्तै छ ।
संसद सचिवालयले गत आइतबारदेखि भारतीयहरूसँगको एउटा सिण्डिकेट ब्रेक ग¥यो । झण्डै वार्षिक सवा अर्ब बढीको कारोबार भारतीयको लगानी रहेको एभरेष्ट बैंकसँग हुँदै आएकोमा सो प्रणालीलाई भत्काएर अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाटै संघीय संसद सचिवालयको सम्पूर्ण कारोबार बैंकमार्फत हुने भएको छ यो गर्वको विषय हो ।
तर, त्यही कार्यरत कर्मचारीहरूले मौका पाए भने दिनमा दुई पटक खाना, दिनमा दुई पटक खाजा खाएर पनि राज्यकोषबाट भुक्तानी लिन पछि पर्दैन रहेछन् । यो घटनामा त्यहाँ कार्यरत कार्यालय सहयोगीदेखि सचिवसम्म मुछिएका छन् । सचिवालयमा कार्यरत २६ जना कर्मचारीहरूले नियमविपरीत एकैदिन दुइ पटक खाना र दुई पटक खाजा खाएको बिल पेस गरी भुक्तानी लिएको भेटिएसँगै माहालेखाको कार्यालयले कैफियत भनेको छ । महालेखाका अनुसार संसद सचिवालयका कार्यालय सहयोगीदेखि सचिवसम्मका २६ जना कर्मचारीले एकैदिन दुई पटक खाना र खाजा खाएर २ लाख १५ हजार ६ सय ४५ रुपैयाँ बुझेका हुन् ।
यसरी दोहोरो भुक्तानी लिनेमा संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले १० हजार ७ सय ९५ रुपैयाँ लिएको भेटिएको छ । सहसचिव डा.रोजनाथ पाण्डेसमेत डामिएका छन् उनी संसदका प्रवक्ता तथा लेखा समितिका सचिव अर्थात संसद सचिवालयका सहसचिव हुन् । पाण्डेले १३ हजार ५ रुपैयाँ बढी लिएको भन्दै महालेखाले असुल गर्न भनेको छ । यस्तै त्यहीका कर्मचारीहरू गोपाल सिग्देलले १३ हजार ५ सय १५ रुपैयाँ र दशरथ धमलाले १४ हजार २ सय ८० रुपैयाँ भुक्तानी लिएका छन् । लेखा अधिकृत भोलानाथ पौडेलले एक हजार ९ सय ५५ रुपैयाँ, शाखा अधिकृत सावित्रा शर्माले १५ हजार २ सय २५ रुपैयाँ, शाखा अधिकृत सानुकाजी व्यञ्जनकारले १६ हजार ६५ रुपैयाँ, कम्प्युटर अपरेटर अनन्तप्रसाद कोइरालाले १३ हजार ६ सय ८५ रुपैयाँ गैरकानुनी रूपमा राज्य कोषबाट भुक्तानी लिएका हुन् । यस्तै कम्प्युटर अपरेटर सुरेशराज सेढाइँले १५ हजार ४५ रुपैयाँ, नायब सुब्बा कविन्द्र लम्सालले १६ हजार ३ सय २० रुपैयाँ, लेखापाल श्यामहरी बिजुक्छेले २ हजार ३ सय ८० रुपैयाँ, अर्का लेखापाल नर्वदा आचार्यले २ हजार ३ सय ८० रुपैयाँ भुक्तानी लिएका थिए । यसरी भुक्तानी लिनेहरूमा कार्यालय सहयोगी देवीत्रा राईले १५ हजार ६ सय ४० रुपैयाँ, ड्राइभर रोजन्द्र श्रेष्ठले ४ हजार ६ सय ७५ रुपैयाँ, प्राविधिक अधिकृत केशवराज भट्टराईले एक हजार ५ सय ३० रुपैयाँ अनियमित रूपमा भुत्तानी लिएका हुन् । यस्तै अन्य कर्मचारीहरू बाबुराजा मर्हजनबाट ६ हजार ८ सय ८५ रुपैयाँ, रोवन प्रजापतिबाट ५ हजार ६ सय १० रुपैयाँ असुलउपर गर्न भनेको छ । यसैगरी प्राविधिक कर्मचारीहरू गम्भिरमान सिंह, राजेन्द्रप्रसाद लामिछाने, प्रेमबहादुर चन्द, कृष्णकला पौडेल, माधव पौडेल, विनोद न्यौपाने, विमला बुढा र मनद गिरीबाट जनही ६ हजार ८ सय ८५ रुपैयाँका दोहोरो सुविधा लिएको भेटिएसँगै महालेखाले उनीहरूबाटै सो रकम असुल उपर गर्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *