एमालेमा ईश्वरको बिजोग दिइएन विभागको जिम्मेवारी

राजनीति

काठमाडौं । कुनै समय ईश्वर पोखरेल केपी शर्मा ओलीका सबैभन्दा बढी विश्वासपात्र थिए । अहिले स्थिति यस्तो आयो कि उनी घर न घाटको बनाइयो ।
जब अध्यक्ष ओलीले विष्णु पौडेललाई च्याप्न थाले तब ईश्वरहरू पाखा लाग्दै कतै जिम्मेवारी नपाउने स्थितीमा पु¥याइए । कुनै समय ओलीले अति विश्वास गरी पार्टी र सरकार दुवैतिर अवसर पाएका पोखरेल उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीबाट खोसिएर बिनाविभागीयमा सीमित भए । त्यहाँबाट सिसिएमसीमा खुम्च्याइएका उनी बालानन्द पौडेललाई प्रमुख कार्यकारी अधिकृत बनाएर भित्राइएसँगै त्यहाँ पनि जिम्मेवारविहीन भए । अझैं उनको चुरीफुरी रोकिएन बिनाविभागीय मन्त्रीले प्रेस सल्लाहकार नियुक्त गर्न भ्याए । अहिले ओली बालुवाटारबाट बालकोट पुगे र ओलीका लागि विष्णु पौडेल, विष्णु रिमालहरू यति प्यारो हुन थाले, तब ईश्वर पोखरेल सकिँदै–सकिँदै अस्तित्व रक्षाका लागि घिस्रनुपर्ने अवस्थामा पुगे ।
यो प्रंसग यहाँ किन जोड्न खोजिएको हो भने सोमबार मात्र ओलीले विभिन्न विभाग र कमिटीलाई पूर्णता दिए । तर, त्यहाँ कतै पनि ईश्वर पोखरेलले स्थान पाएनन् बरु ईश्वरभन्दा धेरै पछि राजनीतिमा लागेका विष्णु रिमालहरूले महत्वपूर्ण फाँटको कमाण्ड गर्ने अवसर पाए । पार्टी स्कूल विभाग अध्यक्ष ओली आफैँले राखे । संगठन विभाग चाहिँ ईश्वर पोखरेलका प्रतिष्पर्धी मानिएका विष्णुप्रसाद पौडेलको पोल्टामा परेको छ । यस्तै प्रचार विभागको प्रमुख बनाइएका छन् प्रदीप ज्ञवाली, संसदीय विभागको कमाण्डर तोकिएका छन्, सुवास नेम्वाङ, सल्लाहकार रहँदा अनेकन फण्डामा मुछिएइका विष्णु रिमाललाई आर्थिक विभागमा लगिएको छ । पर्यटन मन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटन प्रवद्र्धन विभागकै जिम्मेवारी दिइएको छ भने ओलीका परराष्ट्र सल्लाहकार रहेका डा.राजन भट्टराईको भागमा विदेश विभाग परेको छ । यस्तै स्थानीय तह विभाग पूर्व महान्यायधिवक्ता अग्नि खरेल र निर्वाचन विभागको प्रमुख देवेन्द्र दाहाललाई जिम्मेवारी दिँदा कहिँ–कतै ईश्वर पोखरेललाई ‘स्पेस’ दिइएको छैन ।
उता केन्द्रमा माओवादी, कांग्रेस र माधव नेपाल पक्षधरबीचको तालमेलमा सरकार बने पनि वाग्मती प्रदेशमा यो समीकरणले काम नगर्ने भएको छ । पार्टी अध्यक्ष ओलीले बालकोटमा त्यहाँका माननीयहरूसँग दुई दिनसम्म घन्टौँ गरेको छलफलमा वाग्मती प्रदशेमा एमालेबाहेकको सरकारको कल्पना नै गर्न नसकिने हुँदा त्यहीअनुसार सरकार गठन गर्न निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *