कोही व्यापारी मालामाल, कोही व्यापारीको पुर्पुरोमा हात

विविध

काठमाडौं । चीनको उहानबाट विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा विश्व ठूला–ठूला व्यापार व्यावसायसमेत धरासायी भएको छ । पछिल्लोपटक महामारी केही कम भएपछि व्यापारले खासै गति लिन सकेको छैन । यसको असर नेपालमा धेरै परेको छ । व्यापार गर्न व्यापारी एक देशबाट अन्य देशमा भएका सामान ल्याएर व्यापार गर्न सकेको छैन । भए गरेका व्यापारीले कोरोनाको नाममा कालोबजारी गरी व्यापार सञ्चालन गरेका छन् । ठूला–ठूला व्यापारीले कोभिडको नाममा रातारात आरोप पपति बनेका छन् । स–साना व्यवसाय गर्ने व्यापारी कोरोनाको चपेटामा परेर धरासायी बन्न थालेका छन् । व्यापार सञ्चालन गर्न भनी बैंकबाट ऋण निकालेका व्यापारीले साँवा–ब्याज तिर्न नसकेर घरबारविहीन हुन पुगेका छन् । कतिपय कलकारखाना समेत बन्द हुने अवस्थामा रहेका छन् । खासगरी विदेश जाने युवा–युवतीको लागी भाषा सेन्टर, विदेशमा बस्दा नियम पालनामा कसरी बस्ने, विदेशमा काम गर्दा कस्तो खालको अनुसन्धानको काम गर्नेजस्ता विषयमा तालिम दिने सेन्टरहरू बन्द रहेका छन् । कोरोनाले गर्दा धेरै नेपालीको व्यापार व्यवसाय चौपट भएको छ । सरकारले बजेट भाषणमा व्यापार गर्न र रोजीरोटी गुमाएका व्यक्तिलाई घरघाडा कर छुटको अवधारणा ल्याएको थियो, तर यसको पालना भएन । सरकारले छुटको व्यवस्था गरे पनि सरकारी कार्यालयमा कर्मचारीले छुट दिएका छैनन् । तत्कालीन केपी ओली सरकारले निषेधाज्ञा घोषणा गरे पनि प्रत्येक नेपालीले बिजुली र पानीको महसुल छुट दिने भने पनि दिएको छैन बरु उल्टै बिजुली र पानीको जरिबाना बढी तिर्न बाध्य भएका छन् । घरभाडा छुट भनेको छ, तर, घरवालाले घरभाडा छुट दिएको छैन । उल्टै घरभाडामा बस्ने व्यापार व्यवसाय गर्ने व्यक्तिलाई घरभाडा तिर्न दबाब दिएका छन् । यस्तै, कम्पनी र घरेलुमा दर्ता भएका व्यवसायीलाई जरिबाना छुट दिने भने पनि यसको पालना भएको छैन । सरकारले नीति ल्याउँछ, यसको कार्यान्वयन गरेको छैन । २०७६ साल चैत ११ गतेबाट नेपालमा लगाइएको लकडाउनमा पनि कर छुट भनिएता पनि आम सर्वसाधारण जनताले कर छुट पाएका थिएनन् । अहिले २०७८ वैशाख १६ गतेबाट निषेधाज्ञा लगाएपछि आम नेपालीलाई घरभाडामा कर छुट भनेको थियो । तर, यसको कार्यान्वयन भएको छैन । के सरकारले भाषणमा मात्र सीमित गरिदिएको हो । यदी होइन भने यसको परिपालना गर्नुपर्छ, यसको पालना भएको छैन । खासगरी यसको नियम पालना गर्नुपर्नेमा गरिको छैन । कोरोनाले गर्दा साना पसलदेखि ठूला–ठूला तारे होटल र टुरिजम क्षेत्रसम्मलाई क्षति पुगेको छ । यसको बारेमा सरकारले राहत प्याकेज ल्याएको भनिएता पनि यसको कार्यान्वयन भएको छैन । विश्वभर कोरोनाले धरासायी बनाएको व्यापार व्यवसायलाई कतिपय देशले माथि उकास्न विभिन्न राहत प्याकेज घोषणा गरिरहेका छन् ।
कोरोनाविरुद्धको खोपले गर्दा केही देशलाई फाइदा पुगेको छ । तर, नेपालमा न कोरोना खोप उत्पादन गर्ने क्षमता सरकारसँग छ । खाली बाहिरी मुलुकको भरमा पर्दा नेपालमा खोप त के एउटा सियोसमेत उत्पादन गर्ने क्षमता नेपालसँग छैन । नेपाली जनता रोजीरोटीका लागि विदेशीनु परेको छ । नेपालमा उद्योगधन्दा फस्टाएको भए नेपाली युवा–युवती विदेशिनु पर्ने थिएन । राजनीतिक पार्टीले चुनावको बेला घोषणा गरेका योजना माटोमा मिलाएका छन् । भाषण र योजना एउटा गर्ने काम अर्कै हुने गरेको छ । नेपालमा खासगरी उद्योगधन्दा फैलिन सकेका छैन । भएका उद्योग पनि राजनीतिक दलको सरकार बलियो नभएकाले धरासयी बनेका छन् । यसरी उद्योग धरासायी हुनुको कारणबारे कुनै पनि निकायले जानकारी लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *