यस्ता कंशले माधवलाई उचाल्दै

समाचार

काठमाडौं । पहिला नेकपा एमाले के हो ? कस्तो पार्टी हो, त्यो पार्टीले गरेको पञ्चायत विरोधी आन्दोलनलाई बिर्सेका ठेकेदार, विचौलियाहरूले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा जानुपर्छ भन्ने दबाब दिएका छन् । डोटीका प्रेम आले काठ तस्कर हुन । उनलाई केपी ओलीले वनमन्त्री बनाउँदा सुदूरपश्चिममा विरुवा आतंकित भएका कहानी नेता भीम रावलले बताउने गरेका छन् । आले जति दिन वनमन्त्री भए त्यति दिन सरकारको बद्नाम भएको कुरा सत्ता सञ्चालक केपी ओलीले थाहा पाएनन् ।
डोल्पाका धन बहादुर बुढा पर्यटन राज्यभन्त्री भए । वामदेवको कोटाका यी ठेकदार राप्रपानिकट थिए । निर्माण कम्पनीका मालिक यीनले सडक र भवन ठेक्का लिएर समयमा काम नगरेका दजनौ उजुरी थिए । तर उनी केपी ओलीको पछि लागेर लामै समय पर्यटन राज्यमन्त्री भए पनि कामको अनुभव नहुँदा सरकारी गाढी चढ्ने मात्र भए । वामदेवलाई घुस खुवाएर तनहुँबाट टिकट लिएका किसान श्रेष्ठसँग चुनावको बेला ईश्वर पोखरेलले पनि रु ३५ लाख खाए । उनको घरमा पोखरलेको चुनाव प्रचार कार्यालय राखिएको थियो । किसान श्रेष्ठ माफिया हुन् । ओलीलाई सहयोग गर्ने संघीय समाजवादीका सांसद महोत्तरीदेखि अपहरण गरी ल्याउन महेश बस्नेत सर्वेन्द्र खनालका यी सारथी थिए । त्यो प्रकरण नेपालको संसदीय इतिहासमा कालो रहने छ । पार्टी केही होइन भन्दै मन्त्री बन्न तम्सिएका उनीहरुले नै माधव नेपाललाई सरकारमा सरकारमा सहभागी हुन दबाब दिइरहेका छन् । तीनैको चरित्रको तमसा एकातिर छ, यिनले एमालेको चिन्ता नलिनु पार्टी फुटाउन सांसदको संख्या पु¥याइदिने भन्दै वरिष्ठ नेता नेपाललाई उक्साई रहेका छन् । यस्ता लठैत विचौलियाको कुराले माधव नेपालजस्तो परिपक्व नेताले पार्टी फुटाउनु हुँँदैन । तर, यिनीहरू मन्त्री खान मरिहत्ते गर्दैछन् । अध्यक्ष केपी ओलीको तिकडममा भुलेर हुनसक्छ अहिले गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराईलगायत अलपत्र छन् । एमाले फुट्नु हुँदैन । ओली र ईश्वर पोखरेलले मच्चाएको सत्ता आतंक र र नीतिगत भ्रष्टाचारको छानबिन भयो भने पार्टीको इज्जत कति रहन्छ भन्ने कुरा प्रमुख हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *