जरिबाना तिर्दै अस्तित्व बचाउँदै कांग्रेस

राजनीति

काठमाडौं । राजनीतिक दलभित्र विचौलियाले भरिएका छन् । नेपाली कांग्रेस पार्टी पुरानो पार्टी भएकाले त्यहाँ स्वदेशी, विदेशी विचौलिया धेरै हुने नै भए । पार्टीको वैधतालाई चासो दिँदैन । यसपटक कांग्रेस १४औँ महाधिवेशनको भूमरीमा छ । कम्युनिस्ट पार्टीबीचको लडाइँले सत्ता पाएको कांग्रेसले ४ वर्षमा गर्नुपर्ने पाँच वर्ष बितिसक्दा पनि महाधिवेशन गर्न सकेन । अब दलीय जरिबाना तिर्न कांग्रेस सहमत हुनैपर्छ । भदौ २३ सम्म महाधिवेशन नगरे अवैध हुन्छ । ६ महिनाभित्र अधिवेशन गर्ने शर्तमा ५० हजार जरिबाना तिर्नुपर्ने कांग्रेसको बाध्यता छ । सरकारले पनि पूर्णता नपाउने पार्टीमा पनि महाधिवेशन जात्रामा फस्ने भएपछि कांग्रेसभित्र अन्योल बढ्दै छ ।
जासुसले सबै हैरान
भारु लिएर राजनीति गर्ने कांग्रेस र कम्युनिस्टका नेता मात्र होइन जसपाको महन्त ठाकुर, राजेन्द्र महतो, नेकपा एमालेको टिकटमा सांसद भएका हृदयेश त्रिपाठी, नेपाली कांग्रेसका अमरेशकुमार सिंहसम्मको चरित्रले भारतीय मोदीसत्ताको चाकडी गर्दैछ । कांग्रेसले धर्मनिरपेक्षको एजेन्डा लिए पनि १४औँ महाधिवेशनमा हिन्दूको एजेन्डा बोक्दै छ । रामचन्द्र पौडेल, डा.शाशंक कोइराला, कृष्ण सिटौलाजस्ता भारतीय विचौलियाहरूले स्व.खुमबहादुर खड्काको बिँडो धानेका आफ्नो ‘बिए’को परीक्षा अरुलाई दिन लगाउने शंकर भण्डारीको जय–जयकार गर्ने छन् । कांग्रेसमा धर्मको द्वन्द्व चर्केको छ । यही बेला कांग्रेस वैधानिकताको संकट खेप्दैछ । निर्वाचन आयोगको भरमा त्यो टिक्दैछ ।
भारतीयहरू एमालेमा पनि धेरै छन् । मदन भण्डारी फाउन्डेसनको नाममा भारु भित्र्याएकै छन् भने महासचिव ईश्वर पोखरेल, पार्टी र राज्यको सूचना भारतीय दूतावासमा बुझाएर आफ्नो स्वार्थ पूरा गर्ने सफल योद्धा हुन् । उनी रक्षामन्त्री भएका बेला सेनाले खरिद गरेको सामग्री खरिदमा मुछिएका छन् । पोखरेल टोखाका भूमाफिया दिपक कुँवरको योजनामा चलेका छन् । कांग्रेसका डा. शेखर कोइराला भारतीय गुप्तचरका एजेन्ट हुन् । माओावदी त्यागेर मधेसी दलमा लागेको हाँसको समूहमा बकुल्ला बनेका डा.बाबुराम भट्टराईको ताल धर्मको नाममा राजनीति गरेर स्वार्थ घुसेको खण्डमा नौलो हुनेछैन । कांग्रेसले लोभीपापीकै जमातबाट धर्मनिरपेक्षता विरुद्धको एजेण्डा ल्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *