लुम्बिनी प्रदेशमा सरकार गिर्दै

राजनीति

काठमाडौं । एमालेमा ‘ओलीपथ’ चलेकै थियो । तर, ओलीका विश्वासपात्रहरूले केन्द्रको सिको गर्दै कानुन मिच्दै संसदीय मूल्य, मान्यताको धज्जी उडाए । शेरधन राई, डोरमणी पौडेलको आयु कहिलेसम्म हो थाहा छैन । तर, सांसद विमला ओलीलाई अपहरण गरेको आरोप लागेको छ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई । अपहरण गर्दा पनि ४१ जना नपुगेपछि मुख्यमन्त्री पोखेलको लुम्बिनी प्रदेशसभामा कत्लेआम हुँदैछ । ३८ जना संसद लिएर ४१ जनालाई पाखा पारेका शंकर पोखरेललाई विमला ओली अपहरण काण्डले आगामी चुनावमा राम्रै मूल्यांकन गर्ने अवस्था छ । दाङ २ का संघीय सांसद कृष्ण बहादुर महरा, रोशनी शाही प्रकरण र पोखरेल विमला प्रकरणले दाङबासीको बेइजत भएको छ । नेता पथभ्रष्ट र स्त्रीलम्पट हुँदा देशको समेत बदनाम भयो भने पार्टीको इज्जत कसरी रहन्छ । लुम्बिनी प्रदेशसभामा आज कांग्रेस, माओवादी, जसपा र राजमोका सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने देखिन्छ । यस्ता, बेइमानीले गर्दा गण्डकीका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री पदबाट हटेका थिए । यो दशा पार्टी एकता नहुँदाको परिणाम हो । वाग्मतीमा माधव पक्षमा २२ सांसद छन् । प्रदेश १ मा १९ जना छन् । डोरमणी र शेरधनले बढी गफ नगरे हुन्छ । केपी सरकारले गरेका विवादास्पद संवैधानिक नियुक्तिहरू धमाधम खारेज हुने छाँट छ । सुकुम्बासीलाई जग्गाको व्यवस्था गर्न गठन भएको भूमि व्यवस्था आयोग देशभरको लागि खाली भएका छन् । मन्त्रिपरिषदको एकल निर्णयले ढाक्रे भएका छन् ।
नैतिक रूपमा, राजनीतिक नियुक्ति खाने जतिले सरकार गिरेपछि पद त्याग्नु नैतिकता हो । तर, तत्कालीन सरकारले दिएको जागिर छाड्न नचाहेकाहरूलाई फेरि अर्को निर्णय गर्न सरकार लाग्यो भने नौलो हुँदैन । त्यो बेला तितेपाति र सिस्ने पत्रकारको पनि जागिर छुटेर थोत्रो मोटरसाइकल घिच्याँदै ‘अलिकति पेट्रोल दिनुस् न’ भन्दै दाँत देखाउने दिन आउने छ । जसरी आज शंकर पोखरेलको पद धरापमा पर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *