खाद्यान्नमा उपत्यकाबासीले ध्यान दिने की

समाचार

काठमाडौं । उपत्यकामा खाद्यान्नप्रति सरकार बेखबर बनेको छ । अधिकांश उपभोक्ता ठगिदासमेत सरकारले देखेको नदेखे गरी आँखामा छारो हालेर बसेको छ । हुन त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न त सकेका छैनन् । मन्त्रिमण्डल विस्तार गर्न नसकेर हुनसक्छ बजारमा अखाद्य वस्तुको बिगबिगी चलिरहेको छ । सरकारले अनुगमन गरी कारबाही गर्न सकेको छैन । बजारमा मिसावटयुक्त अखाद्य सामग्री बिक्री–वितरण भइरहेको छ । यसको अनुगमन कुनै पनि निकायले गरेको छैन । खाद्य सम्बन्धित कुनै पनि आवाज न सरकारले उठाउने गरेको छ, न कुनै नेपाली उपभोक्ता मञ्चले उठाउने गरेका छन् । कसैले अनुगमनका लागि पहलकदमी लिन नसक्दा बजारमा मिसाइएको खाद्यान्नको बिक्री–वितरण खुलेआम भइरहेको छ । बजारमा अनगमन गर्नुपर्ने निकायले कहिँकतै अगुमगन गरेको छैन । हाम्रो नेपालमा सरकार छ कि छैन ? भन्ने भान आम नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई पर्न थालेको छ ।
बजारमा मूल्य अकासिएको छ । कुन समानको मूल्य कति भन्ने जानकारी आाम नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई समेत छैन । बजारमा मूल्यसूची राखिएको भएता पनि यसको बारेमा कुनैको आँखा मूल्यसूचीमा पुगेको छैन । मूल्यसूची एउटै राखिएको हुँदा भने बजार मूल्य अर्कै राखिएको अवस्थामा बजारमा अखाद्य समानको मूल्य आकासिएको छ । एउटै जंकफुडको व्यापार मौलाएको अवस्था छ । जंकफुडले आम नेपाली उपभोक्तालाई हानी नोक्साी पु¥याइरहेको अवस्था छ । बजारमा सबै समान बिक्री–वितरण नभएर फिर्ता पठाएको समानको रि–साइकिल गरी नयाँजस्तो बनाएर त्यही पुरानो सामान विकृति वितरण गरिरहँदा कसले निगरानी राखी करबाही गर्ने ? बजारमा खाद्यान्नदेखि अखाद्य समानको बिक्री–वितरण व्यापक रूपमा भए पनि यसको रोकथाम कुनै पनि निकायले गर्न सकेको छैन । यस विषयमा तामाकोशी सन्देश साप्ताहिकले पटक–पटक समाचार सम्प्रेषण गर्दासमेत कुनै सुनुवाई भएको छैन । बजारमा खाद्यान्नदेखि फलफूल, तरकारी खानयोग्य छ कि छैन ? यसबारेमा सरकार अनभिज्ञ छ । न सरकारले ताकेता गर्छ न उपभोक्ताले, न नागरिक अगुवाले अवाज उठाउने गरेका छन् । बजारमा पाइने फलफूल स्याउ, केरा, आँप, लिची, सुन्तला, अंगुर, मेवाजस्ता फलफूल खानेयोग्य छ कि छैन नेपालीले बजारमा किनेको सामान कति लाभदायक छन् भन्ने जानकारी समेत आम नेपाली जनतालाई छैन । यस्तै खाने कुरामा दाल, चामल, खानेतेल, घ्यू, केराउ, पिठो, मसालादेखि अन्य किसिमका खाद्यान्न समान कमसल छ कि कस्तो छ भन्नेसम्मको जानकारी आमनेपाली जनता बेखबर रहेका छन् । बजारमा उत्पादित सामान खानयोग्य छ कि छैन, बजारमा पठाउँदा राम्रो हुन्छ कि हुँदैन भन्ने जानकारी उत्पादन गर्ने व्यापारीलाई समेत छैन । उत्पादन गर्ने उद्योगले जतिसक्दो सस्तो भएपछि बिक्री हुन्छ भनेर उत्पादन गर्ने सामान समेत कमसल र गुणस्तरहीन समान उत्पादन गर्ने गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *