काठमाडौं । सरकारले निषेधाज्ञा जारी गरे पनि कोरोना भाइरसको संक्रमणको अवस्था भयावह भएको छ । सरकारले खोप लगाइदिने भने पनि अधिकांश नेपाली जनताले खोप पाएका छैनन् । खोप लगाउन पाएका व्यक्तिसमेत कोरोनाको शिकार भएका छन्, यो अर्को चिन्ताको विषय हो । कतिपय नेपाली जनतालाई कोरोनाले तड्पाई राखेको अवस्था छ । कतिपय नेपाली घरबाट बाहिरिनु परेको छ । घर–घरमा कोरोना बिरामी छ्याप्छ्याप्ती रहेका छन् । कतिपयले कोरोनालाई विश्वास गरेका छैनन् । बिरामी भएकाले पनि राम्रो उपचार पाएका छैनन् । त्यसैले धेरैले उपचार नपाएर घरमा आइसोलेसनमा बसिराखेका छन् ।
कतिपय बुढाबूढी, बालबालिकाले घरमा बसी उपचार गरिराखेता पनि कतिपय बिरामी अस्पतालमा भर्ना भएका छन् । अधिकांश नेपाली घरमा बसी उपचार गरिराखेको अवस्था छ । अहिले सरकारले निषेधाज्ञा जारी गरी राखेको छ । भन्दै छ, बेलुका ८ बजेपछि सार्वजनिक यातायत सञ्चालन गर्न नदिने । बिहान, दिउँसो सार्वजनिक यातायातमा भिडभाड हुने गरेको बेला छुट दिने राति बन्द गर्ने निर्णय व्यवहारिक छैन । बिहान, दिउसो र साँझ सार्वजनिक यातायातभरि कोचाकोच भीड राखेर यातायात सञ्चालन गरिराखेका छन् । सार्वजनिक यातायातको भाडा पनि दोब्बर–तेब्बर उठाएका छन् । यसरी सार्वजनिक यातायातले बढी भाडा असुलिरहेको छ । यसको अनुगमन न यातायात कार्यालयले गरेको छ । न ट्राफिक प्रहरीले गरेको छ । सहचालक, चालकले मनपरी भाडा असुलेका छन् । सरकारले लामो दूरीको भाडामा बढी अनुगमन गरे पनि छोटो दूरीमा चल्ने यातायातका साधनले मनलाग्दी भाडा असुलेका छन् । यस्तै कोरोनाको महामारीले गर्दा विश्वमा ४२ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको अवस्थामा नेपालमा पनि करिव १० हजारभन्दा बढीले ज्यान गुमाइसकेको छन् । आम नेपालीले कोरोनाको लहरलाई बेवास्ता गरी नियमित काम गरिराखेका छन् । चिया पसल, भट्टीपसल, मासु पसल, तरकारी पसल, चोक–चोकमा आम नेपालीको भिडभाड छ । हरेक चोक–चोक, गल्ली–गल्लीमा भिडभाड बढेको छ । सामाजिक दूरी कायम गरिएको छैन । ट्राफिक प्रहरीले चोकचोकमा बसी सवारीधनीलाई कोरोना फैलाइरहेका छन् । हस्पिटलमा बेड खाली छैन । आइसियु पाइँदैन । कोरोनाको कारणले भिडभाड नगरौँभन्दा सार्वजनिक सूचना जारी राखेको छ । माक्स प्रयोग गराँै राखेको छ, तर आम नेपालीले यसको पालना गरेका छैनन् । के नेपालमा कोरोना छ र ? भनेजस्तो गरिराखेका छन् । गल्ली–गल्लीमा चना, चटपटे बिक्री भइरहेको । साउन महिनामा महिलाहरूको मन्दिरमा भीड लागेको छ । यस्तै महिलाहरूले लगाउने मेहन्दी चोक–चोकमा लगाइदिने गरिएको छ । तरकारी पसलदेखि भट्टी पसल, रत्नपार्क वरपर, बसपार्क, ठमेल, असन, इन्द्रचोक, भोटाहिटी, पान, मालपोत, नापी, कम्पनी रजिष्टारको कार्यालय यातायात व्यवस्था विभाग, महानगरपालिकाको कार्यालयमा भिडभाड बढिरहेको छ । आम नेपालीले कोरोनाको बारेमा सरकारी कार्यालयका कर्मचारीले समेत कोरोनाको बारेमा जानकारी नै नभएजस्तो गरिराखेका छन् । यसको रोकथाम गरिराखेका छैनन् । अहिले बढी आम्दानी ह्ुने स्थानमा व्यापक रूपमा भीड बढेको छ । कम्पनी रजिष्टार कार्यालयमा व्यापक रूपमा भ्रष्टाचार मौलाएको छ । कम्पनी अद्यावधिक गराउनेदेखि कम्पनी बन्द गर्ने, कम्पनी दर्ता गर्ने, कम्पनीको जरिबाना मिनाहा गराउनका लागि कर्मचारी र विचौलियाको कम्पनी रजिष्टारको कार्यालयमा व्यापक रूपमा भीड बढेको छ । कम्पनी रजिष्टारको कार्यालयमा जस्तो भ्रष्टाचार अहिले कहिँ पनि फैलिएको छैन । पैसाबिना कम्पनी रजिष्टारको कार्यालयमा कुनै पनि कामको फाइल अगाडि बढ्दैन । नेपालमा एउटा उखान छ, ‘काग कराउँदै गर्छ पिना सुक्दै जान्छ’ भने झै कम्पनी रजिष्टारको कार्यालयमा भ्रष्टाचार बढ्दै जान्छ अख्तियारका कर्मचारी सुनेको नसुकै गरी बसिराखेको छ । हुन त नेपालमा राजनीतिक दलको सरकार भए पो जनताले सुख शान्ति पाउने थिए । यो त विचौलियाको सरकार हो । अहिलेसम्म मन्त्री नियुक्ति गर्न सकेको छैन । जताततै विचौलियाको सरकारले नेपाली जनताको लागि कुनै पनि काम गर्न सक्दैनन् ।
नेपाल सरकारको कुनै पनि निकायले क्षेत्र, विभाग, मन्त्रालय, कार्यालयजस्तो सरकारी नियम, कानुनको काम भएका छैनन् । हुँदा पनि हुँदैन । सबै क्षेत्रमा विचौलिया हाबी भएका छन् । राजनीतिक क्षेत्रमा विचौलिया हाबी । निजी क्षेत्रमा विचौलियाको हाबी । न्याय क्षेत्रमा विचौलिया हाबी । सरकारी कार्यालयमा जताततै विचौलिया हाबी । सबै क्षेत्र विचौलियाको कब्जामा । सुरक्षा निकायमा सबै विचौलिया, पत्रकारिता क्षेत्रमा पनि सबै विचौलिया । स्वास्थ्य क्षेत्रमा विचौलिया, पर्यटन क्षेत्रमा माफियाको सञ्जाल । शिक्षा क्षेत्रमा माफियाको सञ्जाल जरो गाडेर बसेको छ । त्यही सञ्जालै सञ्जालले कारण नेपालमा पनि कुन दिन अफगानिस्तानको तालिबानजस्तो विद्रोही ननिस्केला भन्न सकिन्न । सबै क्षेत्रमा विचौलिया हाबी, भ्रष्टाचार क्षेत्रमा सेटिङ, जताततै सेटिङले गर्दा आम नेपाली दाजुभाइ, दिदीबहिनी काम लिएर सरकारी कार्यालयमा जाँदा भनेको काम हुन सकेको छैन । नापी गयो, कति पैसा आउँछ, मालपोत गयो कति पैसा आउँछ ? यातायात गयो कति पैसा आउँछ ? कम्पनी रजिष्टारको कार्यालयमा गयो कति पैसा आउँछ ? राजस्व गयो कति पैसा आउँछ ? जता गयो त्यतै पैसाको चर्चा । यसकारण नेपालमा विकासभन्दा पनि विनाश भएको अवस्था छ ।