एमाले एकताभन्दा विभाजन सहज

समाचार

काठमाडौं । सत्ता र घमण्डले ध्वस्त भएको नेकपा एमालेको एकताभन्दा विभाजन सहज भएको छ । अध्यक्ष केपी शर्मा ओली माधव नेपालबिनाको एमाले खोज्दै छन् । पार्टी, विधान, विधि र पद्दतिका कुरा आफ्नो स्वार्थ पूरा नहुँदा मात्र उठाउने भएका छन् । अध्यक्ष ओली जे गर्छन त्यसैमा ताली बजाउने सुभाष नेम्वाङ, विष्णु पौडेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवालीजस्ता व्यक्तिहरूकै कारण एमाले विभाजनको संघारमा पुगेको छ ।
ओली सत्तामा पुगेपछि एमाले भनेको केहीजस्तो भएको थियो । ऐन, कानुनको ख्याल नगर्ने, मुखमा जे आयो नेताविरुद्ध त्यही बोलेको छ । पार्टी सुदृढीकरण छैन । संघीयता र गणतन्त्रमाथि धावा बोल्ने, गुटको निम्ति राष्ट्रपति र प्रदेश प्रमुखहरू परिचालन गरेर कम्युनिस्ट सिद्धान्त, नीति र विचारमाथि प्रहार भएकै थियो । माधव नेपाललाई सूर्य थापा, गोकुल बाँस्कोटा, महेश बस्नेतहरूले धम्की दिएकै छन् । माधव नेपाल एकता–एकता भनिरहेका छन् । पार्टीको केन्द्रीय सदस्य भएको छ । १५ वर्ष पार्टी महासचिव बनेर पार्टी चलाएका नेता ओलीको दादागिरीविरुद्ध लाग्दा पहिला माधवकै खोइरो खन्नु अर्को अराजक पाटो हो ।
सम्झौता गर्ने काम नगर्ने ओलीकै कारण बाम गठबन्धन भाँडिएको थियो । पार्टी एकताविरुद्ध ओली प्रधानमन्त्री भएदेखि नै लागेका हुन् । नेकपाको सरकारले राष्ट्रको जल्दाबल्दा समस्या हल गर्न पार्टीमा बहस, छलफल गर्ने, तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याएन । ३ वर्षको बजेटले जनताको भन्दा तस्करकै सेवा ग¥यो । अर्थमन्त्री पार्टीका आर्थिक नीतिभन्दा टाढा थिए । प्रधानमन्त्री पदमा बसेका केपी ओलीलाई एमालेको राम्रो योजनाप्रति नै घृणा थियो । उनी पुँजीवादी संरचनाका संरक्षण बन्न रुचाए । राजतन्त्रलाई सजिलो हुने प्रतिगमनकारीहरूलाई सहज हुने काम गरे ।
कम्युनिस्टको नाममा जनता ढाँट्ने मात्र थियो भने पनि सामाजिक सुधारवादी संरचनामा जान सकिन्थ्यो । तर, ओली सकारले ध्यान दिएन । कम्युनिस्टको नाममा पूर्व प्रधानमन्त्रीहरूसँग राय लिन ओलीलाई चासो भएन । उनी सबैतिर विज्ञ भएको महसुस गर्न थाले, व्यवहार त्यस्तै भयो । यो जनताले महसुस गरेको विषय हो । ओली शासनमा कुनै प्रोजेक्ट पूर्णरूपमा सफल भएन । भूकम्पले ध्वस्त बनेका संरचना ओली शासन सुरु नहुँदै काम थालिएका हुन् । रानीपाखरी, दरबार हाइस्कुल हामीले बनायौँ भन्नै पर्दैन, किनकी मेलम्ची अधकल्चो हेर्दा पनि पठायो । प्रोजेक्ट पूरा नहुँदै बाढीले ध्वस्त बनायो । धराहराको निर्माण कार्य जारी छ । तर, उद्घाटन ओली गरिसकेका छन् ।
एमालेको नाउमा जस केपीले खोज्यो । तर त्यो जस छैन पार्टी फुटाउने अध्यक्ष ओलीको व्यवहार ९० प्रतिशत दोषी छ भने माधवको १० प्रतिशत दोष होला । अपमान गर्न कसैले सुहाउँदैन । जनताले दिएको दुई तिहाई नजिकको सरकार टिकाउन नसक्ने केपी ओली नै हुन् । ओलीले अध्यक्ष बनाउने बामदेव र ईश्वरहरू हुन् । अहिले केपीले जति घमण्ड गरे पनि केपीको टिम मनपरी गर्ने, माधवको टीम अलपत्र पर्ने कारण नै छैन । त्यसैले एमाले एकताभन्दा विभाजन सहज बन्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *