गच्छेदारले छिराए सुनिल थापा

समाचार

काठमाडौं । निर्वाचन आयोगको दल सम्बन्धी ऐन स्वीकारेपछि नेपाली कांग्रेस पार्टीको वैधानिकता कति अगाडि बढ्छ ? नेतृत्वले मुख फोर्न सकेको छैन । भदौ २३ बाट वैधाता रहँदैन । भदौ १२ गते एकै दिन सबै वडा अधिवेशन गरेपछिको कार्यतालिका कांग्रेसले बनाउन सकेको छैन । विजय गच्छेदार सभापति देउवाका दाहिन भएका छन् । ललिता निवास जग्गा काण्ड सफल बनाउने विजय गच्छदार र तत्कालीन भौतिक सचिव दीप बस्न्यात भएको प्रमाणित भइसक्यो । एमालेका विष्णु पौडेलले सित्तैमा छोराको नाउमा आठ आना श्रीमती र आफ्नो नाममा ३÷३ आना घडेरी जोड्ने नेतामा गनिन्छ ।
नेपाली कांग्रेसमा बालुबाटारदेखि चन्द्रागिरी हिल्स काण्डसमेत जोडिएका छ । सरकारको नेतृत्व कम्युनिस्ट पार्टीले गर्दैगर्दा शेरबहादुर देउवाले आफ्नालाई अख्तियारमा छिराए । राजनीतिक नियुक्ति दिएर सासुको राजदूत पद पनि बचाएकै हुन् । अहिले देउवालाई विजय गच्छदार र सुनिल थापाले सहयोग गरेका छन् । रामचन्द्रको टिमबाट क्रियाशील सदस्यता छानबिन समितिमा पुगेका प्रदीप पौडेल, कल्याण गुरुङले पनि पौडेलको इच्छाअनुसार सहयोग गरेनन् । रामचन्द्रलाई विश्वास गर्ने घट्दै गएका छन् । कमला मन्थले उनको स्वार्थ पूरा हुँदैन । कमलाका श्रीमान काभ्रेका शिव हुँमागाई कृष्ण सिटौलाको पक्षमा छन् । कांग्रेसले विधानअनुरूप चल्ने कोसिस गरेन । विधानले २ वर्षमा सदस्यता नवीकरण गर भन्छ, तर कांग्रेस जब ४ वर्षमा महाधिवशेन हुन सकेको छैन । महाधिवेशनको बेला सदस्यता नवीकरण प्रक्रिया थालिन्छ । दलीय रूपमा कार्यकर्ता संगठित गर्ने नेकपा एमालेको भद्रगोल भएको बेला अन्य दलको कुरा के गर्ने । सुनिल थापाको टोली यसपटक भोटर मात्र हो । कतिलाई साधारण सदस्य दिलाउने भन्ने अन्यौल रहेकै बेला कृयाशील सदस्यको विवाद चर्काइयो । थापाले देउवा छाड्ँदैनन् विजयले शेरबहादुर त्याग्दैनन । कांग्रेसमा देउवाको विकल्न नै भएन । रामचन्द्रलाई साथ लिने प्रकाशमान चाहँदैनन । विमलेन्द्रले देउवलाई चुनौती दिएर पुग्दैन । युवा नेताहरू रामचन्द्रका घटेका छन् । निधि भनेर पछि लाग्ने धनुषामा छैनन् भने अन्य जिल्लामा खोजेर हुँदैन । प्रकाशमानको ताल त्यही हो ।
आफ्नो पहुँच भएका ठाउँमा सबैले सबैतिर गरेका छन् । शेरबहादुर संस्थापन भएको हिसाबले उनको टिम बलियो हुन्छ । पहिला कोइराला परिवारले चलाएको एकल हैकममा प्रतिवाद देउवाले गरेका थिए । रामचन्द्र केवल गिरिजाको दयामा बाँचेका हुन । सभामुख भएको मान्छे उपप्रधानमन्त्री भएर पुगेन । माओवादी शान्ती वार्तामा अन्य छुट्टै मन्त्रालय बन्यो रामचन्द्र शान्ति मन्त्री भए । श्रीमतीलाई माओवादी पीडितको नाममा रु. ३ लाख दिएका थिए । सत्ता र पदका लागि रामचन्द्रको दरिद्रताका पछाडि लाग्न कोही तयारी छैनन् ।
कांग्रेसको किचलो सिहदरबारदेखि बालुवाटारसम्म बढेको छ । पार्टी कार्यालयको ध्यान कसैलाई छैन । जताततै भद्रगोल, त्यो कांग्रेसमा विजय गच्छदारको दौरा समातेर राप्रपाका सुनिल टिममा पस्नु नौलो होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *