मेलम्ची सुधार्न त्रिरेशको खोजी

समाचार

काठमाडौं । खानेपानी मन्त्री बन्न नसकेपछि विभागीय मन्त्री नहुँदा १५ वटा मन्त्रालयको फाइल सदर गर्न कहिले बालुवाटार त कहिले सिंहदरबार धाएका सचिवहरूसमेत देउवा सरकारबाट निराश छन् । सबैको चासो चिन्ता मेलम्ची खानेपानी विकास समितिको प्रोजेक्टको रुपमा रहेको आयोजना कोल्याप्स हुने हो कि भन्ने चासो रहेको छ । मेलम्चीलाई सुरुदेखि नै तत्कालीन प्रधानमन्त्री केपी ओलीको इच्छा पूरा गर्न चोटोलो निर्णय गरेर टनेलको परिक्षण नगरी पानी पठाएर राजधानीबासीको आँखामा छारो हाल्न सफल पात्र त्रिरेशप्रसाद खत्री नै मेलम्ची पारियोजनाका उपयुक्त पात्र भएको सूचना मुख्य सचिव शंकर वैरागी खत्री कहाँ पुगेको छ । त्यसैले सचिव खत्रीलाई नै रिटर्न गर्ने भन्दैछन् । राजनीतिक दबाब हुने हो भने खत्री जान तयार छन् । परियोजना प्रमुख हुने, मस्ती गर्न पाइन्छ भन्ने यस्ता मान्छे पठाएर मेलम्ची सप्रेको छैन । त्यो कुरा त्रिरेशले पनि बुझेका छन् । त्यसका लागि सुरुदेखि अन्तसम्ममा मेलम्ची बुझेको हाकिम भनेका त्रिरेश नै हुन् । उनको विकल्प अर्को पात्र नदेखेको खानेपानी मन्त्रालयका उच्च अधिकृतहरूको भनाइ छ । सूचना सुत्र भन्छ, ‘अब नयाँ मान्छे पठाएर मेलम्चीमा अलमल्न्छि । ३० वर्षको प्रोजेक्टमा अलमल होइन युद्धस्तरमा काम हुनु पर्छ ।’ वर्षात् रोकिएको छ । अब मेलम्चीले त्रिरेश खत्रीजस्ता अनुभवी हाकिम खोजेको छ । तर, देउवा सरकारले पूर्णता नपाउँदा सचिवहरू नीतिगत निर्णयका लागि प्रमलाई खोल्दै भौतारिनुपर्दा सरकारकै बद्नामी भएको छ । मेलम्चीमा प्रचण्डकी बुहारी बिना मगरले निकै धाइन । उनको पालामा ढोका फुट्यो । तीन जनाको ज्यान गयो, इन्जिनियर २ हेल्परसमेत बेपत्ता भए । विनाले जाँदाजाँदै १४ अर्बको ठेक्का उपआयोजनाबाट लगाइन् । उनीपछि मणी थापा मन्त्री भए, उनकै पालामा टनेलको परीक्षण नगरी पानी पठाइयो । अहिले टनेल सफा गर्न सेना गुहार्न पर्ने भएको छ । जसपाको अनिल झा १९ दिने मन्त्री त भए मेलम्चीको दूर्दशा उनकै समयमा भयो । अहिले त्यो प्रोजेक्ट कोल्याप्स हुन्छ कि भन्ने चिन्ता हो । र

Leave a Reply

Your email address will not be published. Required fields are marked *