ओलीकै कारण एमाले पत्तासाप

समाचार

काठमाडौं । कम्युनिस्ट पार्टीलाई सरकारमा आउनै नदिने गरी भ्रष्टाचार बेथितीको जालोमा संघीय सरकारबाट फिजाएका प्रदेश सरकार एमाले अध्यक्ष केपी ओलीका दुई जना जोक्करहरूको पद पनि धरापमा पर्दैछ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईजस्ताको पद पनि धरापमा पर्ने लागेको हो । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा संघीयतामा राष्ट्रपतिसँग मिलेर ओलीले जति छल गरे त्यस्तै गर्दा उनीहरू टिकेनन् । यसको कारण पार्टीको अन्तरकलह नै हो । लुम्बिनी प्रदेशका शंकर पोखरेलले सांसद विमला ओलीलाई बन्धक बनाएको कुरा प्रचारमा आयो । पृथ्वी सुब्बाले डन दिपक मनाङ्गे र मसालका एक सांसदको साथ नपाउदा सत्ता टिकेन । माधव नेपाल कमजोर भएको लुम्बिनी र गण्डकी मात्र होइन कर्णालीमा यमलाल कँडेलजस्ता एमालेका भ्रष्टको मुख्यमन्त्री हुने सपना चकनाचुर भएसँगै चार सांसदको पद गुम्यो । प्रदेश १ र वाग्मतीमा माधवपक्ष कमजोर छैन । सत्ता गठबन्धनले त्यहाँ माधव पक्षको टिमलाई मुख्यमन्त्री दिएर ओलीका जोकरहरूलाई खेद्न सक्छ । किनकी एमालेमा भएकाभन्दा विभाजन हुने निर्णय संस्थापनले गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *