अग्नी सापकोटाको कार्यशैलीले सभामुख पदको बदनाम भयोः अध्यक्ष पौडेल

राजनीति

काठमाडौं । नेपाल खेलकुद महासंघका अध्यक्ष एवं युवा संघ नेपालका पूर्वअध्यक्ष रमेश पौडेलले सभामुख अग्नी सापकोटाको कार्यशैलीले सभामुख पदको बदनाम भएको आरोप लगाएका छन् । नेपाल खेलकुद महासंघले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेले १४ जनालाई कारबाही गरेर विभाजन रोक्न खोज्यो, तर प्रचण्डको तामेलीकर्ता सभामुख बनेर कारबाही गर्न ढिला गरेको दाबी गरे ।
‘सभामुखजस्तो सम्मानित पदलाई बदनाम गर्ने काम भइरहेको छ,’ उनले भने, ‘सभामुखले राजीनामा दिएर पार्टीको काम गर्नसक्छन्, तर त्यो पदमा बसेर बदनाम गर्न मिल्दैन । सभामुख कि सच्चिनुपर्छ की पद छाडनुपर्छ ।’ सभामुखको कार्यशैलीले उनलाई फाइदा नहुने र असक्षम सभामुख बन्ने दाबी गरे । अहिले सेटिङमा प्रचण्ड र उनका कार्यकर्ताहरू लागेर एमाले फुटाउने प्रयास भएको बताए ।
सरकार र सभामुखविरुद्धमा सडक र सदन दुवै स्थानबाट प्रतिवाद गरिने अध्यक्ष पौडेलले चेतावनी दिए । उनले अब एमालेलाई जनताको पार्टी बनाउदै सशक्त ढंगले विकास र समृद्धिको स्पष्ट योजनासहित अगाडि बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *