आगामी निर्वाचनमा एमाले अहिलेको भन्दा पनि बलियो र पहिलो पार्टी हुने रायमाझीको दाबी

राजनीति

काठमाडौं । नेकपा (एमाले)का नेता टोप बहादुर रायमाझीले एमाले सबै प्रकारका षडयन्त्रको विरुद्ध उत्रने बताएका छन । एमालेको भातृ संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको भण्डाफोर सभालाई सम्बोधन गर्दै रायमाझीले यस्तो बताएका हुन् । रायमाझीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर अन्य पार्टी टुक्रिने अवस्था सिर्जना भएकाले एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने दाबी गरेका छन् ।
उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न गरेको भन्दै प्रतिगामी कदमविरुद्ध शसक्त भएर लाग्ने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *