अमेरिकालेनै डबल रोल खेलेर तालिबानलाई जिताएको खुलासा, सत्य बाहिरिँदा दुनियाँ चकित

समाचार

बाहिर हेर्दा अमेरिकासँग संघर्ष गरेजस्तो देखिए पनि भित्रिरूपमा अमेरिकाकै सहयोगमा तालिवानहरूले पुन अफगानिस्तान कब्जा गरेका छन् । नेपालमा जसरी विगतमा भारतीयविस्तारवाद र एकाधिकार पूँजीवादको नारा दिने मोहनविक्रम सिंह, पुष्पलाल, प्रचण्ड, बाबुरामहरूलाई भारतीय गुप्तचर संस्था रअले संरक्षण गरेको थियो त्यसैगरी अफगानिस्तानमा एकातर्फ तालिवानलाई अमेरिकाले आतंककारी घोषणा गरेको थियो भने अर्को तर्फ हतियार र तालिम दिएर सिआइएले परिचालन गरेको थियो ।
नेपालमा एकातर्फ माओवादीलाई रअले चक्रटामा तालिम दिएको थियो भने अर्कोतर्फ आतंककारी घोषणा गर्दै दिल्लीमा संरक्षण गरेको थियो । यहाँसम्म कि १० वर्षको माओवादी हिँसामा पाँच वर्ष भारतमा हिन्दू नारा दिने आरएसएस र भाजपाको सरकार थियो । अटल बिहारी वाजपेयी भारतका प्रधानमन्त्री थिए । तर, हल्ला माओवादीलाई कांग्रेस आइले संरक्षण गरेको भन्ने एकातर्फ थियो भने अर्कोतर्फ भाजपा नेता लालकृष्ण आडवाण्ीाले पशुपतिदेखि तिरूपतिसम्म ‘रेड कोरिडर’ भन्दै चीनले चलाएको भनेर प्रपोगण्डा गरेका थिए ।

जसरी तालिवानलाई अमेरिका र सिआइले संरक्षण गरेको थियो । त्यसैगरी कथित माओवादी आतंककारीलाई यूरो–अमेरिकी रणनीतिमा भाजपा तथा रअ त्यो मिसनसँग जोडिएको नेपालको सेनाभित्रको एउटा गिरोहले संरक्षण गरेको थियो । दरबार हत्याकाण्ड हुँदा जसरी रअका प्रमुख पिके हर्मिज थाराकन नेपाली सेनाका सहसेनानी दिलिपशमसेर जबराको विशालनगरस्थित घरमा बसेर काम गरेका थिए । त्यसैगरी दिल्लीको लोदी रोडको रअको हेडक्वाटरमा बसेर डा.बाबुराम भट्टराईले नयाँ कोतपर्वलाई मान्यता दिनुहँुदैन भनेर लेख लेखेर पठाएका थिए भने रअकै मेसिनरी कान्तिपुर प्रकासित गर्न तयारी अवस्थामा थियो र त्यतिबेला सम्पादक थिए युवराज घिमिरे ।
केही समयपूर्व अफगानिस्तानमा पूर्वराष्ट्रपति हमिद कारजाइले आफ्नो लामो अन्तर्वार्तामा भनेका छन्, अमेरिकी गुप्तचर सिआइएका अधिकारी र तलिवानी नेताहरू दुबईमा बसेर वार्तालाप गर्ने यता अफगानिस्तानमा लडाउने भनेर आपत्ति प्रकट गरेका थिए । तत्पश्चात हमिद कारजाइलाई सत्ताबाट विस्थापित गराएर असरफ घानीलाई सत्तामा ल्याइयो ।
पूर्वराजा ज्ञानेन्द्रले बंगलादेशमा भएको सार्क सम्मेलनमा आतंकवाद जुनसुकै रूप र रंगमा भए पनि आतंकवाद नै हो । त्यसको कुनै जात र धर्म हुँदैन भनेर भारतले माओवादी आतंककारीलाई संरक्षण गरेको संकेत गरेपछि यूरो–अमेरिकी रणनीतिमा नेपालमा राजतन्त्रविरुद्ध आफैँले आतंककारी घोषणा गरेको माओवादी र सात दलबीच दिल्लीमा रअले १२ बुँदे सम्झौता गरायो । पेन्सिलले ड्राफ्ट गरेर रअले पठाइदिएको १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेको कुरा नारायणमान बिजुक्छेले खुलासा गरिसकेका छन् ।
जब अफ्गानिस्तानबाट अमेरिकाले छोडेर जाने घोषणा तालिवानसँग सल्लाह गरेर ग¥यो, अमेरिकी सैनिक क्याम्पलाई बाहिरबाट सुरक्षा दिएर बसेको अफगानी सेनालाई थाहै नदिई अमेरिकी सेनाले क्याम्प छोड्यो । क्याम्प छोड्दा आधा हतियार त्यही छोडिदियो । जुन हतियार बोकेर अहिले तालिवानीहरूले अफतानिस्तानको राजधानी काबुल कब्जा गर्न सफल भए । यसरी अमेरिका आफैँ धामी, र झाँक्री बनेर खेलिरहेको छ ।
नेपालमा राजाले कदम चाल्दा सेनाले सब ठीक छ सरकार भने । जब युरो–अमेरिकी योजनामा भारतको सहयोगमा आन्दोलन अगाडि बढ्यो उक्त आन्दोलन नचर्कदासम्म कमल थापा तत्कालीन सेनापति प्यारजंग थापाहरू ठीक छ, नियन्त्रणमा छ सरकार भन्दै अल्मलाइरहे र अन्त्यमा जब आन्दोलन उत्कर्षमा पुग्यो सकिँदैन भन्ने जवाफ सेनाले दियो ।
जसरी कम्बोडियामा राजा नरोद्दम सिंहानुकलाई हटाउन लोन नोलले नेतृत्व गरेको सेना सिआइएको योजनामा तयार थियो त्यसैगरी राजा वीरेन्द्रको हत्या गरेको राष्ट्रसंघको शान्ति सेना र भारतको मानार्थ सेनामा सीमित कथित नेपाली सेना नेपालमा राजा हटाउन तयार भयो । सन् १९६० को दशकसम्म अफगानिस्तान शान्त र सम्मुन्नत मुलुक थियो ।
अमेरिकी योजनामा दरबारी भारदार राजा जाहिर शाहका ज्वाइँ दाउदलाई प्रयोग गरेर सेनाको सहयोगमा जाहिर शाहलाई विस्थापन गरियो । सिआइएको योजनामा स्थापित दाउदको सत्ता विस्थापन गर्न तत्कालीन सोभियत संघले सैन्य हस्तक्षेप ग¥यो । डेढ लाख रुसी सेनाको सहयोगमा बाबरा कर्मालको कम्युनिस्ट सत्ता आयो । रुस नियन्त्रित सत्ता विस्थापन गर्न सिआइएले तालिवान खडा गरे ।
नेपालका माओवादीले दाङको संस्कृत विश्वविद्यालयमा रहेको ४५० वर्ष पुरानो हस्त लिखित संस्कृत ग्रन्थ जलाएजस्तै तालिवानले १८०० वर्ष पुरानो बामियानमा रहेको बुद्धको मूर्ति तोडे । चीन र रुसलाई लक्षित गरेर आफ्नै सेना राख्ने योजनाअनुरूप अमेरिकाले तालिवान विस्थापन ग¥यो र अमेरिकन नागरिक कार्जाइलाई राष्ट्रपति बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *