हाम्रो भान्सा औषधालय, आमाहरू चिकित्सक !

समाचार

समय मानिसको गुरु रहेछ । एउटा समयमा रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार–व्यवहारलाई अर्काे समयले परीक्षण गरी गतिशील विज्ञानमा बदलिदिँदो रहेछ । बाल्यकालमा आफैँले रुढ ठानिएका सामाजिक र पारिवारिक पद्दतिहरू आज फर्केर हेर्दा तिनको प्रमाणिक वैज्ञानिकता पुष्टि हुँदै गएपछि म यस निष्कर्षमा पुगेको छु । समयले सिकाएका र अध्ययनले सावित गरेका केही समाजिक पारिवारिक आचार–व्यवहारबारे यो आलेखमा केही लेख्ने छु ।
हाम्रा हजुरआमा हजुरबुवाका समयको गृहस्थ जीवनको प्रायः दैनिकी यस्तो थियो ।
हर घरमा बिहान पूजा हुन्थ्यो । हजुरबुवा, आमाहरू ब्रह्म मुहूर्त (घाम झुल्कनुभन्दा अघिको समय)मै उठ्नुहुन्थ्यो । हर टोलमा एउटा वर पीपल रोपिएको हुन्थ्यो । हजुरबुवा हजुरआमाहरू बिहानै नुहाएर सबै तयारी भएपछि हरेक दिन घामको पहिलो झुल्को कुरेर पीपलको बोटमा पानी चढाउन निस्कनुहुन्थ्यो ।
चौबाटोको पीपल र घरको आँगनमा रोपिएको तुलसीको बुट्यानमा पानी चढाएर आएपछि पञ्चपात्रोमा तुलसीको पात, तील, कुश मिसाएको पानी सबैलाई खान दिनुहुन्थ्यो । त्यो पञ्चपात्रो तामाको हुन्थ्यो । तामाको भाँडामा राखेको पानी तामाकै चम्चाले उभाएर दिनुहुन्थ्यो । हामी हत्केला खप्ट्याएर थापेको पानी सुरूपप पाथ्र्यौँ । छेउमा अर्को भाँडोमा गहुँत पनि हुन्थ्यो । त्यो पनि मुख बिगारी बिगारी खान्थ्यौँ । कुश र दुबोको मुठाले पानी घरभरी छरेर शुद्ध गरेपछि अनि बल्ल बिहानको काम सुरु हुन्थ्यो ।
हाम्रा भान्साघर नै ध्यान गर्ने ठाउँजस्ता थिए । खाना बनाउन जो बस्नुहुन्थ्यो, उहाँ बिहान नुहाएर मात्र भान्साघरमा पस्नु हुन्थ्यो । भान्साघर त मन्दिरजस्तै हुन्थ्यो । चप्पल मात्र होइन, बाहिरको लुगा लगाएर खाना बनाएको ठाउँमा जान पनि पाइन्नथ्यो ।
भान्सामा बच्चा मात्र हैन, नुहाएर खाना बनाउन पस्नु भएको आमा, हजुरबुवा या हजुरआमा बाहेक अरु पस्न निषेध हुन्थ्यो । खाना खाँदा पलेंटी कसेर, नबोली खान पथ्र्यो । खानुअघि खाना र थोरै पानी पनि राखेर चढाएपछि मात्र मुखमा थोरै पानी राखेर भगवान सम्झिएर मात्र खान खाइन्थ्यो । अहिलेको शब्दमा भन्दा रोग नै लाग्न नदिने, हरेक दिनका व्याक्टेरियाबाट बच्ने आइसोलेसन वार्ड थिए ती ।
खाना खाइसकेपछि सुरुमा छुट्याइएको एक गाँस खाना बोकेर बाहिर भएको, चरा, कुकुर या जनावरलाई दिने चलन हुन्थ्यो । आज थाहा पाउँदै छु, खान जति हाम्रा लागि आवश्यक छ त्यति नै झिंगा, चरा या अन्य जीव र जनावरलाई पनि । यसले आफूसँगै प्रकृतिका अन्य प्राणीको अस्तित्वको स्वीकार मात्र होइन, उसको रक्षाको निम्ति हाम्रो भूमिका स्पष्ट देखाउँछ । हामीले अहिले पो दान भन्ने शब्द नै भुलिसक्यौँ । तर, त्यसबेला हर बखत दान गरिन्थ्यो । देख्दा त्यो सानो लाग्छ, तर त्यो कसैको जीवनको कुरा हुन्थ्यो ।
पलेँटी कसेर खाँदा र नबोली खानुको कारण दिमाग, मुटु र खुट्टामा पर्ने गुरुत्व केन्द्रलाई पेटमा सार्नु रहेछ । कुर्सीमाथि बसेर खाँदा शरीरको गुरुत्व केन्द्र फरक मात्र होइन, पूरै बदलिन्छ । उभिएर खाने भनेको पशुले हो । किनकी उसको चारवटा खुट्टामा उभिने भएर तिनीहरूको शरीरको गुरुत्व केन्द्र फरक हुन्छ । हामीले कुर्सीमा बसेर या उभिएर खाँदा गुरुत्व केन्द्र पेटमा नभएर खुट्टामा पर्छ र खाना पच्नु पर्ने इन्जाइम निस्कँदैन या कम निस्कन्छ । त्यसैले खाना पच्नुको साटो सड्छ । अनि शरीरमा विस्तारै रोग थुप्रन थाल्छ ।
थोरै पानी मुखमा राख्ने अनि खाना चढाएर खाने कुरा त्यसबेला मलाई वाहियातजस्तो लाग्थ्यो । हाम्रो मुखमा ग्रन्थी नै ग्रन्थी छन्, जसले खाना निल्न सजिलो बनाउने, घर्षण कम गराउनेदेखि खाना पचाउने इन्जाइमहरू तयार गर्छन् । खानाको वास्ना लिएपछि, हातले खाना छोएपछि र आँखाले खाना देखेपछि शारीरिक, मानसिक र ऊर्जामा पनि तयारी सुरु हुन्छ । जसले खानामा स्टार्च पैदा गर्छ । अनि त्यसले खानाबाट ग्लुकोज बनाएर शरीरका कणकणमा पु¥याउन सहज बनाइदिन्छ ।
मुखमा पानी राख्नु रस उत्पादन गर्ने ग्रन्थीहरूलाई तयार रहन जगाउनु हो । यो कुरा आधुनिक विज्ञानले धेरै अनुसन्धान गरेको छ । यसको प्रक्रिया इन्टरनेटमा ‘सलाइवा’ लेखे मात्र पनि भेट्न सकिन्छ ।
यसलाई यसरी भनौँ, मान्छेको शरीर पनि एउटा यन्त्र हो । जसरी कम्युटरको ड्राइभमा भएको फाइलमा केही कुरा राखेर काम गर्नु पहिला कम्युटरको पावरप्वाइन्ट खोल्ने, त्यसपछि पिसि खोल्ने, ड्राइभ खोल्दै फाइलमा पुगिन्छ, त्यसैगरी मान्छेको शरीर पनि एउटा अब्बल कम्प्युटर नै हो । यो खानालाई जठराग्नि (पेटमा खाना पचाउने अग्नि)सम्म पु¥याउने प्रक्रिया हो ।
मुखमा पानी राख्नु रस उत्पादन गर्ने ग्रन्थीहरूलाई तयार रहन जगाउनु हो । यो कुरा आधुनिक विज्ञानले धेरै अनुसन्धान गरेको छ । यसको प्रक्रिया इन्टरनेटमा ‘सलाइवा’ लेखे मात्र पनि भेट्न सकिन्छ ।
यी कुराहरू हिजो किन गरेको होला भन्ने लाग्थ्यो । पछि यसको वैज्ञानिकता बुझेपछि थाहा भयो, बिहानको घामको भुल्कोमा भिटामिन डी पाइने रहेछ । यो कुरा त नेटमा सबैभन्दा बढी अक्सिजन दिने रुख भनेर जुन भाषामा लेखे पनि त्यही पीपल, निम र तुलसीलाई नै देखाउँछ ।
त्यसैले भरपुर अक्सिजन दिने बोटलाई बचाउनु र बिहानै शरीरका नसानसामा अक्सिजन भरी स्वस्थ हावा शरीरभरी पु¥याउने प्रक्रिया रहेछ । शरीरमा ऊर्जा भर्न पीपलको फेदमा बसेर ध्यान गर्ने कस्ता वैज्ञानिक रहेछन् हाम्रा पुर्खा । अनि तुलसीको पातमा कफ नास गर्ने क्षमता, तामाको भाँडामा राखिएको पानीले हाम्रो मुखदेखि ठूलो आन्द्रासम्मको पाचन प्रक्रियालाई तयार राख्ने साथै गहुँतको प्रयोग कति वैज्ञानिक रहेछ । यिनीहरूका गुणको बारेमा वेदमा पनि उल्लेख छ ।
यस्तो औषधिमय गुणले भरिपूर्ण गहुँत हरेक दिन खाएर काम सुरु गर्ने हामीले अहिले गहुँतलाई पूजा, व्रतमा ल्याएर खुम्च्याएका छौँ । हुँदाहुँदा गहुँतको विरोध गर्नेहरूको ठूलै जमात तयार छ यसबेला । खासमा गहुँत हाम्रा लागि कति उपयोगी छ त एकैछिन् चर्चा गरौँ ।
समाज विकासको सुरुदेखि गहुँतको प्रयोग गर्दथे हाम्रा पूर्खा भन्ने कुरा वेदमा गहुँतबारे व्याख्या हुनुले बताउँछ । । वेदमा गाईको गहुँतलाई अमृत भनिएको छ (ऋग्वेद, १०,१५ पृष्ठ ४७) । त्यसपछि आउने महर्षिहरू त्यसै बसेनन् । पछि–पछिका महर्षिहरू चरक, सुसु्रत, वाग्भट्टले पनि लामालामा अनुसन्धान गरेर गहुँतको वैज्ञानिकतासहित किन, कहिले खाने र यसले निको पार्ने रोगहरूबारे समेत जानकारी दिएका छन् ( चरक संहिता, सुत्रस्थान प्रथम अध्याय ) ।
आयुर्वेद र वाग्भट्ट, सुस्रुतले गाईको गहुँतले डाइविटिज, टुयुवरक्लोसिस्, अर्थराइटिस्, ब्रोनकाइटिस् छालाको रोग, महिलाका रोग, रक्तस्राव, हृदय रोग, पागलपन, शिशु रोग, पाइल्स, कुष्ठरोग, कलेजो विस्तार, स्नायु दुर्बलता, पक्षाघात, यौन दुर्बलताजस्ता ४८ भन्दा धेरै रोगबाट छुट्कारा दिने कुरा उल्लेख छ ।
जसमा कोरली गाईको मुत्र धेरै उपयोगी भएको भनिएको छ भने होल्स्टिन, जर्सीका जीन भएका, मेरुदण्ड बांगो परेका गाई भने यसमा समावेश नहुने उल्लेख छ । बरु त्यस्ता गाईको मुत्रमा उल्टो क्षयरोग निम्त्याउने जिवाणु भएको उल्लेख छ । (सुसु्रत संहिता, सुत्रस्थान ४५४५ २६६ पद १,१३)
आधुनिक विज्ञानले पनि सत्य हो वा होइन भनेर यसबारे अनेकौँ अनुसन्धान गरेको छ, र भनेको छ गहुँतले हाम्रो शरीरमा प्रवेश गरेर करक्युमेन नामको हार्मोन तयार गर्छ जुन हार्मोनले क्यान्सरजस्तो शक्तिशाली रोग लाग्न नदिने काम गर्छ ।
त्यसबाहेक यसले एलर्जी, एक्जिमा डाइरोइआ, पिलिया, कब्जियत, खोकी, कान र आँखाको रोग एवं तनावबाट उत्पन्न हुने क्षतिबाट मुटु र दिमागलाई बचाउँछ भनिएको छ । आधुनिक विज्ञानले गहुँत र बेसारमा अध्ययन गरेको धेरै भएको छैन । यसबारे जान्न युएसको नेसनल मेडिकल लाइबे्ररी हेर्न सकिन्छ । साथै ध्जबत ख्भमबक क्बथ बदयगत त्जभ ज्यष्लिभकक ब्लम क्बअचभमलभकक या ऋयध मा पसेर पनि हेर्न सकिन्छ ।
हाम्रा हजुरबुवा हजुरआमाहरूले बिहान पूजा गरेर दिने सबै कुरा औषधिजन्य गुणले भरिपूर्ण थिए । हिन्दू, बौद्ध र जैन संस्कृतिमा पवित्र बस्तुको रूपमा प्रयोग गरिने कुश र दुबोलाई जैन किराँतलगायत यस हिमवत खण्डका सबैले औषधिजन्य गुण भएको विरुवाको रूपमा शास्त्रहरूमा ब्याख्या गरेका छन् र त्यसैगरी प्रयोग गर्छन् ।
आधुनिक विज्ञानले पनि सत्य हो वा होइन भनेर यसबारे अनेकौँ अनुसन्धान गरेको छ, र भनेको छ गहुँतले हाम्रो शरीरमा प्रवेश गरेर करक्युमेन नामको हार्मोन तयार गर्छ । जुन हार्मोनले क्यान्सर जस्तो शक्तिशाली रोग लाग्न नदिने काम गर्छ ।
हिन्दू संस्कृतिमा ग्रहण लागेको बेला भण्डारण गरिएका चिजमा ग्रहणको असर नपरोस् भनेर कुशका टुक्रा सबैतिर राख्ने चलन छ । कुशबारे अथर्व वेद, भागवत् गीता, पुराणदेखि अष्टांग हृदयंसम्म यसको उल्लेख पाइन्छ । त्यहाँ कुशको आसनमा बस्दा, कुश राखेको पानी पिउँदा, कुशको साथमा रहँदा मात्र पनि लाभ हुने उल्लेख छ (भागवत्गीता, छैटौँ अध्याय, ११ श्लोक) ।
यसरी पातको व्याख्या भए पनि कुशको जरा भने अनेक रोगको लागि प्रयोग गरिन्छ । आधुनिक विज्ञानका अध्ययनमा भने यो वातावरण सफा गर्ने प्रमुख विरुवाको रूपमा, हावा र सूर्यको विकरणबाट बचाउन सकिने उल्लेख छ ।
अहिले कुशबाट बनेका औषधि र छालाको सुरक्षाको लागि प्रयोग सामग्री बजारमा उपलब्ध छन् । अरु त अरु आधुनिक बन्ने नाममा घरमा भएका तामा काँसका भाँडा हामीले हटाइदियौँ र सभ्य बन्दै प्लाष्टिकका भाँडा भित्र्यायौँ । अनि तामाका भाँडामा राख्ने गरेको पानी अहिले प्लाष्टिकका भाँडामा भरेर राख्छौँ । किनभने हामीले तामा त गह्रौँ भएर हलुका र सभ्य लाग्ने प्लाष्टिकका भाँडा भित्र्याएका छौँ ।
प्लाष्टिकका भाँडामा खाना राख्नु र डढाएको प्लाष्टिक दुवैले क्यासरसम्म बनाउँछ भनेर अनुसन्धानबाट आएको तथ्य भनिरहनु परेन । हिजो तामा नै किन थिए हाम्रा भान्सामा भन्नेबारे तामा र काँसका थालबटुका बारेमा आधुनिक विज्ञानले पनि अनुसन्धानपछि दिएका केही निष्कर्ष हेरौँ ।
हाम्रा संस्कृतिमा काँसका भाँडालाई अनुग्रहको हात पनि भनिन्छ । काँसको कति महत्व छ हाम्रा लागि भनेर यही हरफ पनि काफी छ । तामा र काँस मानिसलाई चाहिने एक महत्वपूर्ण ट्रेस खनिज हो । जुन गुण सहजै पानी र खानामा घुल्न सक्छ । जो खाना र पानीमार्फत् हाम्रो शरीरमा जान्छ ।
तामामा एन्टीइन्फ्लेमेट्री गुण हुन्छ । जसले मेनालिन उत्पादन गर्छ । यसले चाँडो बुढो हुन नदिन काम गर्छ भनिएको छ । त्यसले रक्तचाप नियमित गर्न, एनिमिया हुन नदिनका लागि काम गर्छ । त्यति मात्र होइन एन्टीब्याक्टेरियल, एन्टीमाइरल गुण पनि लिएर जान्छ, जुन कुरा तामाम अध्ययनपछि आएका आलेख र तथ्यांकले भन्छन् (निघण्टु, सुवर्णादि धातूपधातुवर्ग) ।
अमेरिकी क्यान्सर सोसाइटीका अनुसार तामाले उच्च रक्तचाप मधुमेह, खराब कोलष्ट्रोल कम गर्ने काम गर्छ, जसले क्यान्सरको जोखिम घटाउँछ । तामाको भाँडामा राखेको पानी थाइराइड ग्रन्थीको लागि र हेमोग्लोबिन बढाउन उत्तम हुनेछ । यद्यपि तामामा नुन र अमिलो प्रतिक्रिया गर्ने हुँदा खाना बनाउन नभए पनि काँस भने खाना बनाउनको लागि पनि प्रयोग गरिन्थ्यो । यसले बाथ, पित्त र कफ पनि एकसाथ सञ्चो गर्ने आयुर्वेदमा उल्लेख छ ।
आधुनिक आल्मुनियम र प्लाष्टिकका आकार–आकारका सामग्री बनाएर हामी हौसिएका छौँ । यसको प्रयोग सँगसँगै प्लाष्टिक, जसले क्यान्सर, हृदयस्ट्रोक, अट्टिजम, उच्च रक्तचाप र मधुमेह जस्ता रोग हामीले उपहारमा पाएका छौँ ।
‘कंस्याम् वौद्धर्धकम्’ भनिएको छ अर्थात् काँसले हाम्रो वौद्धिकता निखार्छ भन्ने भनाइ नै छ । काँसले त अझ तरंग थेरापीसमेत हुने कुरा अयुर्वेददेखि अन्य पौराणिक शास्त्रहरूमा व्याख्या छ । काँसको तरंगले पनि हाम्रो शरीरदेखि दिमागसम्मको उपचार हुने उल्लेख छ । त्यसै कारण मन्दिर मन्दिरमा घन्टा राखिएको हो । जो सबेरै मन्दिर पुगेर यसको तरंग लिन्छ, मानसिक रूपमा उ त्यो दिनको लागि अन्य नकारात्कमक तरंगबाट बँच्दछ ।
हाम्रा संस्कृतिमा काँसका भाँडालाई अनुग्रहको हात पनि भनिन्छ । काँसको कति महत्व छ हाम्रा लागि भनेर यही हरफ पनि काफी छ । तामा र काँस मानिसलाई चाहिने एक महत्वपूर्ण ट्रेस खनिज हो । जुन गुण सहजै पानी र खानामा घुल्न सक्छ । जो खाना र पानीमार्फत् हाम्रो शरीरमा जान्छ ।
अरु त अरु उहिले जाँतो पिसिन्थ्यो, ढिकी कुटिन्थ्यो, बसेर घाँस काटिन्थ्यो । ढिकी जाँतोमा गहुँ, चामल, मकैको पिठो बनाउँदा, दाल पिस्दा कामसँगै व्यायाम हुन्थ्यो । अनि पिठो, दाल ताजा खान पाइन्थ्यो, जसमा पौष्टिकता घटेको हुँदैनथ्यो । दबाबमा नभएर काम गर्दागर्दै व्यायाम पुगेर बच्चा अस्पताल जानै नपरी जन्मन्थे ।
अहिलेजस्तो ठूला पेट लागेका अस्वथ्य मान्छे त्यो बेला कोही हँुदैनथे । अहिले जाँतो हरायो, आज ती सबैको ठाउँमा मेसिन आए । ढिकी हरायो, त्यसैले हामी जिम जाने भयौँ । आखिर जिममा पनि त फलामका सामान उठाउनु पर्छ । त्यति मात्र नभएर समय र पैसाको त हिसाव नै छैन । तर हिजो पैसा पनि नबुझाइ प्रकृतिसँग खेल्दै शरीर स्वस्थ हुन्थ्यो । पौष्टिक र स्वस्थ्य खाना खान पाइन्थ्यो । अहिले त यसरी जबरजस्त बनाएको ज्यानमा झनै बाँझो हुने सम्भावना हुन्छ ।
डाक्टरले समेत ज्यान दुख्ने समस्या घटाउन प्राकृतिक तरिका अपनाउन सुझाव दिइरहेका छन् । यति बुझौं, हामीले हाम्रा दैनिक श्रमका काम जसै छोड्यौँ, हामी शारीरिक, मानसिक रोगी बन्दै गयौँ ।
हाम्रा भान्सामा हुने ज्वानो, जिरा, मेथी, बेसार, मरिच अदुवा सबै औषधि हुन् । के हुँदा के खाने अनि कतिबेला खाने, कति मात्रामा खाने भन्ने जानकार हाम्रा आमाहरू नै थिए । जो हर घरका चिकित्सक थिए । पेटमा ग्याँस भरिएर गाह्रो हुँदा ज्वानो, मुखमा घाउ आउँदा जिरा, रगतमा अम्लियपन बढेर टाउको दुखेको बेला अहिलेको भाषामा भन्दा पे्रसर हाई हुँदा मेथी, टन्सिल भएको, खाना अपच भएको, रुघा लागेको बेला दूधमा बेसार राखेर रातमा सुत्ने बेलामा र अदुवा पानी बनाएर खान दिने गर्नुहुन्थ्यो ।
जाडोको समयमा तीललाई सख्खरमा राखेर खाने र क्वाँटी खानेजस्ता हाम्रा समयअनुसारका चाड नै तयार छन् । जाडोकै समयमा हुने यी चाडमा पनि वैज्ञानिकता छ । एक दुई होइन हाम्रा हरेक चाडहरू समय र स्वास्थ्यलाई ध्यान दिएर बनाइएका छन् । यसरी त्यसबेला हाम्रा भन्साघर औषधालय र हाम्रा आमाहरू नै चिकित्सक थिए ।
बिहान उठेदेखि के गर्ने के नगर्ने, आज खाना के खाने सबै आमाहरूको हातमा हुन्थ्यो । पानी परेको बेला नुहाएर के खाने, के नखाने नियम थिए । टन्टलापुर घाम लागेको बेला के खाने, सबै आमाहरू जानकार हुनुहुन्थ्यो । बिहान खानामा के खाने, दिउँसो के खाने अनि साँझमा के ? बिहान साग, गेडागुडी दहीजस्ता पच्न गा¥हो हुने कुरा खाने, दिउँसो अलि कम पोषक तत्व भएका र बेलुका पच्न सहज हुने, अझ जाडोमा के खाने गर्मीको समयमा के खाने सबै स्वज्ञानले भरिएका थिए हाम्रा आमाहरू ।
डाक्टरले समेत ज्यान दुख्ने समस्या घटाउन प्राकृतिक तरिका अपनाउन सुझाव दिइरहेका छन् । यति बुझौँ, हामीले हाम्रा दैनिक श्रमका काम जसै छोड्यौँ, हामी शारीरिक, मानसिक रोगी बन्दै गयौँ ।
त्यसरी खाएपछि दिनभरी के गर्ने भन्ने कुराहरूमा आधारित छन् हाम्रा धेरै संस्कृति । जसलाई पछि गएर पाप धर्मसँग जोडेर नियमित बनाइएको देखिन्छ । खानामा मात्र हैन, बेलुका सुत्नुअघि दूधमा बेसार राखेर खाने चलन छ । हाम्रा आमाहरू कति जानकार, यसरी दूधमा राखेर खाए बेसारको सबै मात्रा हाम्रो शरीरमा जाने रहेछ ।
बेसारले क्यरयुमेन नामक इन्जाइम अत्यधिक मात्रामा तयार गर्छ भनेर जानेर त होइन तर उहाँहरूलाई यो औषधीय गुण हो भन्ने चाहिँ थाहा थियो । किनकि बेसारले हाम्रो शरीरमा क्यान्सरसँग लड्नसक्ने करक्युमेन नामको इन्जाइम तयार गर्छ भन्ने कुरा प्रमाणित नै गरेको छ । बेसारले टन्सिल, कब्जियत , रगतसम्बन्धका रोग, अरुचि, पिनासजस्ता धेरै रोगको औषधि भएकोले यसलाई औषधिको पनि औषधि सर्वोषधि भनिएको छ (निघण्टु, पिपल्यादि वर्ग) ।
आयुर्वेदको उपचार पद्धतिमा तीतो र टर्रो स्वादलाई प्रमुख मान्दै उपचार पद्धति बनाइएको छ । जसले पित्त र कफको दोषलाई सन्तुलन राख्न सहयोग गर्दछ भन्ने कुरा आयुर्वेदमा उल्लेख छ । डिटोक्सिफाइ प्रभावयुक्त हुने हुनाले करेला, मेथीको दाना, घिउकुमारी, निमको धुलो, हरियो चिया जस्ता तीता र बेसार, अदुवा, दालचिनी आदि जस्ता टर्रा चिजले रगतमा अम्लीयपन बढ्न नदिन पूरापूर सहयोग गर्छ भनी आयुर्वेदले भन्छ । यी खानेकुरा कुन समयमा केका लागि खाने भनेर आमाहरू जानकार हुनुहुन्छ ।
टर्रो खानाले भावनात्मक रूपमा मनमोहक र सम्मोहक भावनाको विकास गर्ने, मनबाट अभद्र भावनाहरू छोटो समयको लागि मुक्त गर्ने, मनोवैज्ञानिक र मानसिक शुद्धीकरणमा सहयोग गर्दछ भनी आयुर्वेदले टर्रो कुरा खान प्रेरित गर्छ । (वाग्भट्ट, अष्टाङ्गहृदय, सुत्रस्थानः ऋतुचर्या अध्याय ३) ।
टर्रो चिजले मानिसमा उल्लास ल्याउँछ भन्ने उदाहरण हो, तीतो टर्रो बाक्लो कफी र वियर पिउने युवाहरूको भीड । किनभने यसले एकैछिन भए पनि उनीहरूमा स्फूर्ति दिन्छ ।
रोग लागेपछि मात्र हो र ! लामो खोज गरेर रोग लाग्नै नदिनका लागिका प्रयोगमा ल्याइने औषधि ऋषिमुनिले पत्ता लगाइदिए र थप परीक्षण हुँदै आमाहरूसम्म आइपुगेको थियो । जब हामीमा शहरीकरण बढ्यो, ती भान्साका नियम मात्र बिग्रिएनन्, भान्समा भित्रिने चिज सबै विषले भरिन थाले । अहिले आँगनमा तुलसी रोप्नु रुढीवादी हुन थाल्यो । तामा काँसको ठाउँ प्लाष्टिकका भाडाले विस्थापन गरे जस्तै हाम्रा ति ज्ञानलाई आधुनिकताको हौवाले विस्थापन गरिदियो ।
टर्रो चिजले मानिसमा उल्लास ल्याउँछ भन्ने उदाहरण हो, तीतो टर्रो बाक्लो कफी र वियर पिउने युवाहरूको भीड । किनभने यसले एकैछिन भए पनि उनीहरूमा स्फूर्ति दिन्छ ।
अहिले एकअर्काको जुठो खाएर, एकै मानिसले अनेक रोग लिएर हिँडेको हाम्रो अवस्था देखेर यस्तो लाग्छ– नुहाएर, धोती फेरेर कसैलाई नछोइकन खाना खानु अहिलेको भाषामा आइसोलेसन थियो, बाहिरबाट आउँदा तुलसीको मठमा बसेर गोदान गरेर, गहुँत खान दिएर, खरानीले हातखुट्टा घोएर मात्र भित्र पठाउनु सेनिटाइज र क्वारेन्टाइन थिए ।
आधुनिक चिकित्सा रोग लागेपछि उपचार कसरी गर्ने भन्नेमा तल्लीन छ भने हाम्रा आमाहरू भान्सालाई नै औषधालय बनाएर रोग नै लाग्न नदिन हरदिन रात काम गर्नुहुन्थ्यो । अनि भन्न मन लाग्छ हाम्रा त आमाहरू चिकित्सक र हाम्रा भान्सा नै औषधालय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *