भदौ १८ बाट कांग्रेसको वैधता सकियो

राजनीति

काठमाडौं । नेपाली कांग्रेस पार्टीभित्र सिद्धान्त आर्दशभन्दा स्वार्थकै खेलमा पार्टी र संगठन हिँडाउन खोज्दा तोकिएको मितिमा १४औँ महाधिवेशन गर्न नसकेको कांग्रेसले वैधता महाधिवेशनको सुरुआत हुने भदौ १८ गतेकै दिन गुमाउँदैछ । मंसिर तेस्रोसाता कांग्रेसले १४औँ महाधिवेशनको उद्घाटन गर्दैछ । त्यही महाधिवेशनको वैधता भदौ २३सम्म मात्र रहेको छ । निर्वाचन आयोगको दलसम्बन्धी ऐन ४२ अनुसार वैधता जनाउने हो भने महाधिवेशनको सुरुवात गर्नैपर्ने हुन्छ ।
तर, नेतृत्वले पार्टी सिद्धान्त र नीतिलाई कहिल्यै ध्यान दिएन । १० लाख कृयाशील सदस्य बनाउने र कांग्रेसलाई पहिलो पार्टी बनाउने गाउँ–गाउँमा पु¥याउने पूर्ववत योजनाहरु अहिले क्रियाशील सदस्य विवादले जेलेको छ । पहिला सभापति शेरबहादुर देउवालाई साथ दिन पुगेको पूर्वमहामन्त्री कृष्ण सिटौलाको तेस्रो धारमा खिया लागेको छ । विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शशांक कोइराला, डा.शेखर कोइरालासँग मूलभूत छलफल भएको छ । सभापति पदको आकांक्षी, तर उम्मेदवार बन्ने आँट नभएका नेता कांग्रेसमा धेरै छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गुट बचाउन सकेनन् । अहिले उनैलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध लाग्दा साथ दिने युवा नेताहरुको खाँचो छ ।
नेपाली कांग्रेसले भदौ १८ गते देशैभरका गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका र नगरका वडाहरुमा अधिवेशन गर्ने भन्दै छ । निर्वाचित केन्द्रीय सदस्यहरुले जहाँबाट छनोट हुननपर्ने मनोनित २३ जना केन्द्रीय सदस्यहरु वडाबाट निर्वाचित हुनुपर्ने भेदभावपूर्ण व्यवस्थाका कारण केन्द्रीय सदस्यहरु संस्थापनको विरुद्धमा उत्रेका छन् । उनीहरुले मौखिक राजीनामा दिएका छन् । सभापति देउवा निवासमा सम्पन्न केन्द्रीय समिति बैठकले सरकार गठन र संसदीय दलको योजनासमेत तयार गर्न सकेको छैन । कांग्रेसमा पार्टीको सुझाव लिने योजना बन्ने अवस्था कहिल्यै भएको छैन । नेतृत्वमा पुग्ने चाहना सबैले राख्ने, तर सदस्यता दिलाउने कुरामा केन्द्रदेखि जिल्ला र गाउँ तहसम्म भेदभाव गरिनुले नयाँ सदस्यमा उत्साह छैन । २३ केन्द्रीय सदस्यमा ध्रुव वाग्ले, श्याम घिमिरेसमेत मनोनित थिए । ति सबै देउवा पक्षका हुन् । गुटको भरमा पार्टी चलाउने स्वार्थका एजेण्डालाई सरकारको एजेण्डा बनाउने, स्वार्थीपन ठूलो दलहरुमा बढेर गएको छ । कांग्रेसमा यस्तै स्थिति छ । मुखले विपी, गणेशमान, कृष्णप्रसाद भट्टराईको नाम लिने, मन्त्री भएपछि कमिशन र विचौलियाको स्वार्थ हेर्ने बानीले नेपाली कांग्रेस बद्नाम बन्दै छ । सरकार त कांग्रेसले कम्युनिस्टहरुको घर झगडाले बनाउन पायो । तर, प्रधानमन्त्री सम्हालेका शेरबहादुर देउवालाई ‘अर्थ न बर्थ गोविन्द गाई’ बनाएको छ । माओवादी, जसपा, नेकपा एमालेको माधव पक्षले पार्टी बनाएपछि सरकारलाई पूर्णता दिने भनेको छ । तर, देउवालाई पार्टीभित्रैबाट सहयोग भएन । त्यसको असर कांग्रस पार्टीभित्र मन्त्री बन्नेको नाम छान्न, नेकपा माओवादी र जसपाको उपेन्द्र यादव पक्षभन्दा विवादित र समस्याग्रस्त बन्न पुग्यो । सरकारको ध्यान जनताको दैनिकीसँग पुगेको छैन । १५ वटा मन्त्रालयमध्ये सचिव विनाका सात मन्त्रालय छन् । जहाँ नीतिगत निर्णय गर्न सचिव र मन्त्रीकै जरुरी पर्दछ । नेकपाको ओली समूहको हालत अन्तमा जस्तो थियो देउवा प्रम भएपछि पनि उस्तै छ । गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्र कार्कीभन्दा काममा स्वास्थ्य राज्यमन्त्री अगाडि छ । विश्व महामारीको चपेटामा देश डुबेको छ । सरकारले गति लिन पनि मन्त्रिमण्डल गठन हुनै पर्छ । एमालेको माधव पक्षलाई सात मन्त्रालय दिन माओवादी सहमत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *