ठूला व्यापारीलाई जोगाउँदै प्राधिकरण

प्रशासन समाचार

काठमाडौं । साना व्यापारीहरूले बत्तीको पैसा समयमा नतिरे लाइन काट्ने नेपाल विद्युत प्राधिकरणले ठूला उद्यमी व्यापारीहरू जोगाएको देखिएको छ । डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको ठूला उद्यमी व्यवसायीलाई कारबाही गर्ने ऊर्जा मन्त्री पम्फा भुषालदेखि देवेन्द्र कार्की, नेपाल विद्युतल प्राधिकरणका हाकिम कुलमान घिसिङले समेत खुट्टा कमाइरहेको प्रमाण बाहिरिएको छ । यसरी विद्युत महसुल तिर्न आनाकानी गर्नेमा शिवम् सिमेन्ट लिमिटेडदेखि जगदम्बा स्टिलसम्म छन् । शिवम्ले विद्युत् महसुलबापत रु दुई अर्ब ३४ करोड तिर्न आनाकानी गर्दै आएको छ । उसले विगत पाँच वर्षदेखिको महसुल तिरेका छैनन् । सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आदेश दिएको भए पनि उसले अटेर गर्दै आएको छ । यस्तै, जगदम्बा सिमेन्टले समेत २ अर्ब ५० करोड बक्यौता तिर्न बाँकी रहेको तथ्यांक सार्वजनिक भएको छ । यो सहिल अग्रवालहरूको कम्पनी हो । नेपाल उद्योग वाणिज्य महासंघसहितका उद्योगी व्यवसायीका संघ संगठनहरूबाट डेडिकेट फिडरवापतको विद्युत महशुल छुटका लागि शक्तिकेन्द्रहरू कहाँ धाइरहेका छन् । यसअघि डेडिकेट फिडरको रकम नतिर्न र छुट दिन माग गर्दै ओली नेतृत्वको सरकारमा उद्योग राज्यमन्त्री रहेका मोतिलाल दुगडमार्फत आफ्ना बुबा शंकर अग्रवाललाई लिएर साहिल अग्रवाल निकै पटक उद्योग मन्त्रालय पुगेको स्रोतले बताएको छ । यस्तै गोल्छाकै हुलास स्टिल्सले २ अर्ब ५० करोड रुपैयाँ बक्यौता तिरेको छैन । कुलमानले चमत्कारै गरे भनेर नेपाल विद्युत प्राधिकरणमा नियुक्ति दिएको भए पनि उनकै कार्यकालको बाँकी मात्र ३२ अर्ब १८ करोड ५१ लाख बक्यौता उठाउन बाँकी छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनमा बक्यौतामध्ये ट्रंक तथा डेडिकेटेड लाइनतर्फका ४९ ग्राहकबाट मात्रै १५ अर्ब ५३ करोड ५८ लाख बक्यौता उठ्न बाँकी छ । जसमध्ये २ अर्ब ५० करोड रुपैयाँ त साहिल अग्रवाल मालिक रहेको जदम्बा स्टिल्सको मात्रै छ । ऊर्जा मन्त्रालयको अनुसार विद्युत महशुल तिर्न बाँकी रहेका अन्य उद्योग तथा उद्योगीहरूमा सांघाई समूहको घोराही सिमेन्टको बक्यौतामात्र ७५ करोड बाँकी छ । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष पशुपति मुरारकाले सञ्चालन गरेको अर्घाखाँची सिमेन्टको बक्यौता ४२ करोड, मारुती सिमेन्टको ६२ करोड, बिके श्रेष्ठ सञ्चालक रहेको हामा आइरनको बक्यौता ९ करोड, अशोक स्टिलको २३ करोड, हाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष रहेका शेखर गोल्छाको हुलास स्टिलको बक्यौता २३ करोड, सूर्य नेपालको बक्यौता ६ करोड ५० लाख, एभरेष्ट पेपर मिल्सको बक्यौता १३ करोड । यो उद्यमी सरार्फहरूको कम्पनी हो । यस्तै, रोल्पा सिमेन्ट ३ करोड र सिटिजन्स् बैंकका साहु तथा कसमस सिमेन्टका मालिक प्रदीपराज पाण्डेले तिर्नुपर्ने बक्यौता १३ करोड रहेको भेटिन्छ । यति धेरै बक्यौता छुट माग्नका लागि अहिले ऊर्जामन्त्री पम्फा भुषाल कहाँ व्यापारीहरूको लाइन लाग्न थालेको छ । उसो त यसअघि ऊर्जा सचिव रहेका दिनेश घिमिरेले यही बक्यौता उठाउनका लागि एक्सन लिँदा उनलाई टोपबहादुर रायमाझीले लखेटेर ऊर्जा आयोगमा पु¥याइदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *