काठमाडौं । नेपालको राजनीतिमा उथलपुथल भएर विकासको काम शून्य अवस्थामा रहेको छ । किनकी नेपालमा राजनीतिक दल जति धेरै हुन्छन् यसका संघ, संगठन र हर्ताकर्ता पनि धेरै हुन्छ । दलअनुसार संघ÷संगठन बन्ने गरेका छन् । यदी संस्था संगठन भए भने राजनीतिक दल चल्न सक्दैन । यही राजनीतिक दल चलायमान बनाउन संगठनको आवश्यक पर्ने गर्छ । तर, संगठनले रानजीतिक दलका नेतालाई चलायमान गराउँछ र यसका भ्रातृ संगठनले नेतालाई तलमाथि पार्ने काम गरेका हुन्छ र केही नेता एकीकृत नेकपालाई दुई चिरा बनाएपछि एमाले पनि दुई खेमा भएको छ । एउटा माधव नेपाल, अर्को केपी ओली । माधव नेपाल र केपी ओलीबीचको लडाइँले एमालेमा चिरा परेको छ । यस्तै एमालेका आम कार्यकर्ताले खाई–नखाई रोजीरोटीसम्म नगरी पार्टीमा लागेका थिए । उनीहरुको विजोग भएको छ । एमाले फुटेपछि माधव नेपालनिकट हुने की केपी ओलीनिकट बन्ने भन्ने विषयमा कार्यकर्ताबीच छलफल भइरहेको छ । यस्तै नेपालमा राजनीतिक दल धेरै भएपछि दलनिकट भएर संघ, संगठन बनेर जसको संघ, संगठन बलिया बन्छ, त्यही राजनीतिक दल बलियो बन्ने गरेको छ । अहिले राजनीतिक दलनिकट पत्रकार, बुद्धिजिवी, प्राध्यापक विशेषले सबै राजनीतिक पार्टीमा रहेका छन् । सबै संगठनका कार्यकर्ता सबैले आफ्नो विचार राजनीतिक दलनिकट संघ, संगठनले आफ्नो पार्टी या आफूले मन पराएको संगठन ठूलो बनाउने र अन्य राजनीतिक संघ संस्था र भ्रातृ संगठनले आफूले मन पराएको पार्टीलाई कसरी फराकिलो र ठूलो बनाउने भन्ने विषयमा लाग्दा नेपालको विकासमा बाधा पुगेको छ । अहिले नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेपाल मजदुर किसान पार्टी, नेकपा माओवादी, एकीकृत समाजवादी पार्टी र जसपा उपेन्द्र यादव र जसपाबाट फुटेर गएको महन्थ ठाकुरको पार्टी चर्चामा रहेका छन् । अन्य नाम नचलेका पार्टी चर्चामा नआएका कति छन् । यसरी राजनीतिक पार्टीमा धेरै कार्यकर्ता, धेरै संघसंस्था भएपछि नेपालको विकास छाँयामा पर्ने गरेको छ । किनकी एक अर्कालाई सिध्याउने खेलमा कार्यकर्ता र संघ, संगठन लागेका हुन्छन् र एक अर्कालाई गाली गर्ने, काम गर्न नदिने, यसको विरोध गर्ने र बढी विकासको काममा भाँजो हाल्ने प्रवृत्ति बढेको छ ।
यस्तै, राजनीतिक दलसँगै संघ, संगठन पनि बढेका छन् । नेपालमा पञ्चायती व्यवस्थादेखि गणतन्त्र कालसम्म आई पुग्दा राजनीतिक दलसँगै ब्युरोक्रेसी दलअनुसार चल्दै आएका छन् । यसरी ब्युरोक्रेसीमा नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी संगठन रहेको छ । एमालेनिकट निजामती कर्मचारी युनियन रहेको माओवादीको तर्फबाट राष्ट्रिय कर्मचारी संगठन रहेको छ । यता मधेशको नेपाल मधेशी निजामती कर्मचारी मञ्च रहेको छ । अब दल विभाजन ऐन लागू भएपछि माधव नेपाल खेमाको एउटा कर्मचारी संगठन बन्ने छ । यस्तै उपेन्द्र यादव खेमाको एउटा कर्मचारी संगठन बन्ने र महन्थ ठाकुर टिमको एउटा कर्मचारी संगठन बन्ने छ । उता पञ्चायत कालको एउटा संगठन छदै छ । यसरी हेर्दा समग्रमा जति दल त्यति संगठन धेरै बन्ने छन् । विकासभन्दा विनाश ठूलो हुने सम्भावना रहेको छ । यसरी दल दर्ता गर्दा फाइदा होइन घाटा हुने गरेका छ । यो सबै विकासको लागि खर्च गर्ने पैसा संघ, संगठन चलाउन प्रयोग भइरहेको छ । पार्टीभन्दा पनि अहिले व्यक्ति हाबी भएर गएको छ । यसले नेपाली कांग्रेस पार्टीमा चार खेमका कर्मचारी छन् । शेरबहादुर, रामचन्द्र, विमलेन्द्र र विजय गच्छेदारनिकट । एमालेमा केपी ओली, वामदेव गौतम र माधव नेपाल समूहको एउटा, एउटा समूह रहेको छ । यस्तै पछि आएर लालबाबु पण्डितको एउटा खेमा रहेको छ । उता माओवादी समूहमा हरि रावत रहेका छन् भने प्रचण्डको नाम बेचेर खाने रिटायर्ड भएका अमर ठकाला थिए । अध्यागमन विभागमा कार्यरत झम्कनाथ ढकाल, रक्षा मन्त्रालयमा कार्यरत कर्मचारी ज्ञाननाथ ढकाल रहेका छन् । ढकाल परिवारमा माओवादीको नाम भजाएर खाने कर्मचारी धेरै छन् । यस्तै, एमालेमा माधव नेपाललाई भजाएर खाने कर्मचारी र केपी ओलीलाई भजाएर खाने कर्मचारी कम छैन । यस्तै नेपाली कांग्रेसका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा.शशांक कोइराला, विजय गच्छदारलाई भजाएर खाने कम छैन । यस्तै मधेसी कर्मचारीमा उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलाई प्रयोग गरी खानेको कमी छैन । यसरी ब्युरोक्रेसी मात्र नभएर दलको नाममा भजाएर खाने पत्रकार, वकिल, प्राध्यापक, शिक्षक, डाक्टर जुनसुकै संघ,संगठनले विभिन्न राजनीतिक दलको झण्डा बोकेर राजनीतिक दलको लोगो प्रयोग गरी खानेको जत्था कम छैन । यसकारण पनि नेपालमा जति दल दर्ता हुन्छ त्यसनिकट संघ, संगठनमा सामेल भई चन्दा उठाउने र नेपालमा खोलिएका उद्योगधन्दा धरासायी बनाउने गरेका छन् । उद्योग चलाउनेले पनि अहिले विभिन्न किसिमले पैसा खुवाउने र राजनीतिक दललाई चन्दा दिने र राजनीतिक दलको पुच्छर बनेर चन्दा सांसद बन्ने खेलमा उद्योगी लागिपरेका छन् । यसले गर्दा नेपाली जनताले दुख पाएको अवस्था छ । कतिपय नेपाली विदेशीन परेको छ । अहिले नेपालको रानजीतिक दलमा सबै नेपाली जनताको मनमा थियो । अब्बल एमालेको सरकार बनेको छ । नेपालमा विकास हुन्छ । राजनीतिले स्थायित्व पाउँछ भन्ने थियो सपनाजस्तै भएको छ । किनकी पार्टी दुईवटा भएको छ । भन्दै छन् जनता, नेपालको लामो इतिहासमा एमालेले चलाएको केपी ओली सरकारलेजस्तो बद्नामी कुनै पनि एमालेले चलाएको सरकारले कमाएको थिएन । अहिले स्थानीयदेखि प्रदेश, केन्द्रसम्मका सांसदलाई दल रोज्न आगामी भदौ २२ गतेसम्म म्याद दिएको छ । यसरी हेर्दा नेपालमा राजनीतिक दलको संख्या बढ्दै जाने र विकास नहुने अवस्था देखा परेको छ ।
००००