हिमालयन एयरको लुटमा सरकार मुकदर्शक

समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारी सम्पत्तिमा सञ्चालन गरेको वायुसेवा निगम सुधारको एजेण्डा बचाएनन् । स्व. रविन्द्र अधिकारी पर्यटनमन्त्री भए, गफ लगाए । वाइडबडीको भुक्तानीमा ठूलै रकम कमिसन खाएको विभिन्न ठाउँमा चर्चा थियो । सार्वजनिक लेखा समितिले समेत अन्तिम किस्ता भुक्तानीको लेनदेनमा ठूलो लेनदेन भएको आशंका ग¥यो । तर, ओलीका अगाडि अख्तियार मुसो भयो । वाइडबडी मात्र थिएन न्यारोबडीका दुई जहाजको भुक्तानीको विवाद कम थिएन । अहिले वायुसेवा निगमलाई सिध्याउन हिमालयन एयरलाई साउदी, कतार, दुबईको उडानभरि काम दिएको छ । वायुसेवा निगमका कर्मचारी आफैँ भ्रष्टाचारी छन् । निगमको उडान रोकेर बुद्ध एयर, यति एयर, श्री एयरलाई व्यापार बढाउने काम भएको छ । तर, निगमका कर्मचारी आन्दोलन गर्छन् । निगमको जहाज थन्क्याएर निजी क्षेत्रका हवाई माफियाको पैसामा रमाउँछन् कर्मचारी । यतिखेर निगमका जहाज थन्किएका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली हरेक दिन हिमालयन एयरको कार्यालय गैरीधारा नक्सालमा लाइनमा बसिरहेका छन् । कम्पनीले विदेशबाट स्वदेश आउने र देशबाट रोजगारीका लागि कतार, साउदी, दुबई जाने नेपाली युवाहरुलाई तोकिएको रकमभन्दा दोब्बर पैसा लिएको छ । हिमालयनले वैदेशिक रोजगारीमा जानेसँग डब्बल भाडा असुलेको छ । सरकार रमिते बनेको छ ।
रु ८ हजारको टिकलाई एक लाख ६० हजार असुलेको छ । नेपाली युवा, युवती यसरी ठगिदा र वायुसेवा निगमको व्यापार व्यवस्थापनले खोस्दा निगमको कर्मचारीले गरेका आन्दोलनले पत्तो पाउँदैन सरकार । राष्ट्रको सम्पत्तिप्रति मोह नहुने निगमको कर्मचारी समूह कस्तो होला ? त्यहाँ एमाले, माओवादीका मात्र होइन, कांग्रेसका कर्मचारी युनियनका नेतासमेत प्रेमिकाको जागिर बचाउन तल्लिन छन् । विद्युत प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, टेलिकम, वायुसेवा निगममा कार्यालय प्रमुखहरूको खेलौनाले भरिएका पद कति छन् कति । जब कर्मचारीको स्वार्थको कुरा उठ्छन् त्यो बेला कर्मचारकिो बोझ बन्द गर्ने एजेण्डा व्यवस्थापनले ल्याउँदा आन्दोलनकारीको प्रमुख एजेण्डा ती कर्मचारी हटाउन सक्दैन भन्नेमा पर्छ ।
हिमालयन एयर एमाले अध्यक्ष केपी ओलीको व्यापारीक पार्टनर थामर्सेकु समूह र यति एयरका भगिनी कम्पनी हो भन्ने भनाइ रहेको छ । त्यही कारण ओली प्रधानमन्त्री हुँदा भारत र चीनको भ्रमणमा निगमका जहाज छाडेर हिमालयन प्रयोग गरिएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *