६० करोडको नजरमा सशस्त्रका गणेश मल्ल

समाचार

काठमाडौं । सशस्त्र प्रहरी केन्द्रीय लेखा शाखाका गणेश मल्ल अस्पतालका महेन्द्र हमालको चाँदी कटाइको चमत्कार भएको दुवैलाई कसले नियन्त्रण गर्ने ? आइजिपी शैलेन्द्र खनाल माओवादी नेता शक्ति बस्नेतको सेवामा जुटेकै छन् । सशस्त्रको प्रहरी परिवार महिला संघको लागि गतहप्ता बद्नाम नेता शक्ति बस्नेतको घरमा तिजको भोज खान पुगेका थिए । त्यसको सम्पूर्ण खर्च गणेश मल्ल र महेन्द्र हमालले ब्यहोरेको समाचार सूत्रले बताएका छन् । महेन्द्र हमालले एपिएफ अस्पतालको कोराना लागेका विरामीको रेकर्ड सच्याउने, बिल बढाउने र रकम असुल्ने काम गरेका छन् । निरिक्षक हमाल सुरा सुन्दरीका माहिर खेलाडी हुन् । उनलाई अस्पतालमा पठाउनुको कारण कोरोनाको पैसा झ्याप पार्नु हो । सशस्त्रमा गाडी मर्मतमा झण्डै ६० करोड बजेट छुट्याइन्छ । भिआइपीको नाममा हुने खर्चलाई प्रमोद शाह व्यवस्थापन गर्ने असई भीमसेन बस्नेत, हवल्दार सुमन केसी, सवारी चालक भीमसेन तिवारी जवान सोभित श्रेष्ठलाई अनावश्यक ठाउँमा पठाउने गर्छन् । यो त सामान्य हो । पत्रिकामा जुन समाचार आउँछ पैसा मागेको थियो नदिएपछि लेख्यो भन्ने महेन्द्र हमाल र प्रमोद शाह आइजिपी खनालको चेम्बरमा पुगेर कुरा लगाउने गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *