एमालेको नयाँ नेतृत्वमा आउने पोखरेलको घोषणा

राजनीति

प्रमुख प्रतिपक्ष नेकपा एमालेले यही भदौमा विधान अधिवेशन गर्ने र आगामी मंसिरमा १०औँ महाधिवेशन गर्ने समयतालिका अगाडि बढाएको छ । राजनीतिक दल सम्बन्धी कानुनअनुसार नेकपा एमालेले पार्टी वैधानिकता कायम राख्नका लागि २०७९ साल वैशाख १० गते भित्रमा महाधिवेशन सम्पन्न गरी सक्नु पर्दछ । हरेक महाधिवेशनले नेकपा एमालेलाई नयाँ नेतृत्व दिँदै आएको अवस्थामा अब हुने महाधिवेशनबाट नेतृत्वमा पुग्नका लागि एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेदेखि नै गृहकार्य मात्र अगाडि बढाएका छैनन् की १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा पनि उनले सार्वजनिक रूपमा नै गरेका छन् ।
लामो समयदेखि अध्यक्ष केपी अ‍ोलीसँग चर्को विवाद गर्दै आएका नेता नेपाल अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेपछि बदलिएको राजनीतिक परिस्थितिमा महासचिव पोखरेलले अब हुने महाधिवेशनमा भावी नेतृत्वको लागि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुलाई अर्थपूर्ण रूपमा लिएको छ । किनभने केही समय अगाडिसम्म आगामी महाधिवेशनबाट पार्टी नेतृत्वबाट अलग रहने घोषणा गर्दै आएका केपी ओलीको गतिविधि भने केही समययताबाट अध्यक्ष पदमा दोहो¥याउनेतिर केन्द्रित भइराखेको छ र पार्टी अध्यक्षलाई थप शक्तिशाली उद्देश्य राखेर विधान संशोधन गर्ने प्रक्रियालाई अध्यक्ष अ‍ोलीले अगाडि बढाएका छन् । महाधिवेशनसँगै हुने नयाँ नेतृत्वको चयनको मामिलामा अहिले अध्यक्ष ओली मौन बसिराखेको अवस्थामा महासचिव ईश्वर पोखरेलले अध्यक्षमा आफूले उम्मेदवारी दिने घोषणा गर्नुले नेकपा एमालेमा ठूलै हलचल उत्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *