कांग्रेसभित्र के चाहान्छन् कृष्ण सिटौला ?

राजनीति

काठमाडौं । नेपाली कांग्रेस महाधिवशेन सुरु भएको छ । १८ भदौबाट भएको वडा अधिवशेन २३ भदौमा सकिन्छ । गाउँ÷नगरमा २७ भदौ, प्रदेशमा असोज १ र जिल्ला असोज ५ गते एक निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवशेन हुँदैछ । असोज १० गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला कात्तिक १० मा प्रदेश र १२ सम्म प्रदेश अधिवेशन गर्ने तालिका सार्वजनिक भएका छन् । विवादले थुप्रै ठाउँ बाकी छन् ।
पार्टी नेताहरू धमाधम सभापतिको उम्मेदवार बन्ने दाबी गरेका छन् । देउवाबाट बिच्केका विमलेन्द्र निधि र रामचन्द्र समूहका कल्याण गुरुङ सभापतिका दाबेदार भएका छन् । महामन्त्री गगन थापा देखिएका छन् । कृष्ण सिटौला भने दुई महामन्त्रीमा गगन थापा र डा.मिलेन्द्र रिजाल सहमहामन्त्रीमा डा. डिला संग्रौला, मीन विश्वकर्मा, महेन्द्र यादव, धनराज गुरुङलाई सार्दै छन् ।
सिटौलाको दाउ आफ्नालाई जिताउन डा.शेखरको समूहसँग गगन थापालाई उभ्याउने पौडेल समुहबाट डा. मिनेन्द्र रिजाललाई अगाडि सार्दै छन् । सिटौला आफू उठ्ने छैनन् । उनको योजना सभापति शेरबहादुर देउवालाई जिताउने रहेको छ । यसपटक कांग्रेसका पदाधिकारी पदमा अपेक्षा गर्नेले चुनाव लड्नै पर्छ ।
रामचन्द्रलाई पार्टी माफियाको कब्जामा पुगेकोमा चिन्ता छ । तर, उनीसँग पैसा छैन । चुनाव जित्न पैसा चाहिन्छ । विचारको पछि को लाग्छ ? प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा.रामशरण महतले पौडेललाई सहयोग गर्ने रुची देखाएका छैनन् । सभापतिको उम्मेदवार जति धेरै भयो त्यति शेरबहादुरलाई सजिलो हुनेछ । गच्छेदार पहिला राप्रपा र फोरमबाट राजनीति धानिँदैन भनेर कांग्रेस भएका छन् । उनीहरू देउवा पक्षमा खुल्ने छन् । सरकारको नेतृत्व पनि देउवाले गर्ने पार्टीको नेता पनि दोस्रो पटक देउवालाई दिलाएर कृष्ण सिटौला आफ्नो योजना पूरा गर्दै छन् । सिटौलाको तेस्रो धारका सांसद भीमसेनदास प्रधान, उमाकान्त चौधरीलाई देउवा सरकारमा मन्त्री बनाउने रहेको छ । पार्टीका प्रवक्ता बनेका विश्वप्रकाश शर्माप्रति सिटौलाको मोह छैन । कांग्रेसमा सभापति जित्न ५१ प्रतिशत मत चाहिन्छ । १३औँ महाधिवेशनमा रामचन्द्रलाई देउवाले पहिलो चरणमै हराएका हुन् । तर प्रतिशत पु¥याउनुपर्दा सिटौलाको मत दोस्रो पटक देउवातिर दिएर रामचन्द्र पराजित भए । अहिले उम्मेदवार धेरै छन् । देउवालाई पहिलो चरणमै ५१ प्रतिशत मत प्राप्त हुन सक्ने आँकलनमा कृष्ण सिटौलाको चलखेलले काम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *