सञ्चारसगै विनाश, टिकटक पब्जी बा होसियार

समाचार

काठमाडौं । नेपालमा प्रजातन्त्र स्थापना भएपछि सञ्चार क्षेत्रले राम्रो स्थान पाएको छ । सञ्चार क्षेत्रले गर्दा सूचनाको पहुँच जनतालाई सूचित गराउँदै आएको छ । जस्तै, नेपालका सातवटै प्रदेशमा सूचनाको पहुँच पुगेको अवस्था छ । सूचनाले गर्दा नेपालका जनता लाभाविन्त बनेका छन् । सूचनाको कारण नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भएका छन् । र राजनीतिक परिवर्तनसँगै विनाश पनि हुँदै गएका छन् । सूचनाको नाममा अहिले व्यापक चलखेल भएका छन् । नेपालमा पहिला गोरखापत्र दैनिक मात्र सञ्चालन हुने गरेको थियो पञ्चायत कालमा छापा माध्यम अखबारले पञ्चायत व्यवस्था ढाल्नलाई राम्रो भूमिका खेलेको थियो ।
अहिले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र कालसम्म आइपुग्दा छापा माध्यमको बाहुल्यता घट्दै गएको छ । प्रजातन्त्र आएपछि नेपालमा राष्ट्रिय दैनिक भन्दै दैनिक पत्रिकाहरू सञ्चालनमा आए । कान्तिपुर, समाचार पत्र, लोकपत्र, हिमालयन हुँदै अन्नपूर्ण, राजधानी, नागरिक, राइजिङ नेपाल, द काठमाडौं पोष्ट, द हिमालय पोष्ट, नयाँ पत्रिकालगायत धेरै दैनिक पत्रिका प्रकाशन आएका छन् । अनेकको हर्कत र च्याउसरी राष्ट्रिय दैनिकको रुपमा सञ्चालन भएका छन् । सबै दैनिक पत्रिकाका अनलाइन संस्करणसमेत सञ्चालन भइरहेका छन् । कतिपय पुराना पत्रकार पेसाबाट पलायन भएका छन् । छापा माध्यम, साप्ताहिक विस्थापित हुँदै जाने क्रममा रहेका छन् । दैनिक पत्रिका पनि विस्तारै–विस्तारै लोप हुन थालेका छन् र यसको धेरै नेपालीले विश्वास गर्न छाडेका छन् । किनकी यसमा गुणस्तर विश्वासिलो र भरपर्दो समाचारको कमीले गर्दा नेपालमा पत्रकािरता क्षेत्रमा काम गर्ने सञ्चारकर्मीदेखि सम्पादक प्रकाशक विस्थापित हुँदै छन् । किनकी अहिले ज्ञान, क्षमता, बुद्धि भएका र खोजमूलक गर्न सक्ने पत्रहरूको कमीले गर्दा पत्रकारिता क्षेत्र धरापमा पर्न थालेका छन् । नेपालमा सञ्चालित फेसबुक, अनलाइन पोर्टल, टिकटक, सामनजिक सञ्जालले गर्दा पनि नेपालका मिडिया विस्थापित हुँदै गएका छन् । फेसबुकमा भए÷नभएका सूचना राख्ने, यस्तै सामाजिक सञ्जालमा जसले जे पायो, त्यही लेख्ने, अनलाइन पोर्टलमा भए÷नभएका भ्रामिक समाचार पोष्ट गर्ने र बुष्ट गर्नेदेखि अन्य खालका क्रियाकलापको समाचार सम्प्रेषन गर्ने नेपाली जनतालाई दिग्भ्रमित बनाउने गर्दै आएका छन् । दोस्रो खतरनाक टिकटकले देश विदेशमा रहेका आम नेपाली बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरूले हेर्न, देख्न नसक्ने यौवनको छाडा कुरादेखि लिएर सबै नेपाली जनतालाई दिग्भ्रमित पार्ने खालका समाचारदेखि भिडियो राख्ने भए÷नभएको खुरापाती समाचार राख्ने र घर–घरमा झगडा भएको ठाउँमा पुगेर पीडा भएको व्यक्तिलाई झन् पीडा दिएर मिलाउनेभन्दा बिगार्ने काम अहिले आएर युट्युब पत्रकारिताले गर्दै आएको छ । कतिपय समाजमा बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी, दिदी बहिनीको गोप्यतामाथि खलाबलाउने काम पनि युट्युब पत्रकारिताले र फेसबुकबाट हुने गरेको छ । यसको रोकथाम बेलामा गर्न सकिएन भने भोलि समाजमा यसले भयानक रुप नलेला भन्न सकिँदैन । युट्युबले नेपालका सात वटै प्रदेश, स्थानीय तह र देशका कुनाकाप्चासम्म युट्युब भाइरल बनाएको छ । यसले विकृति फैलाएको छ । यसको बारेमा सञ्चार मन्त्रालयदेखि अन्य मन्त्रालयका मन्त्रीले समेत मानव अधिकार आयोग, सुरक्षा निकाय, प्रधान न्यायाधीश, पत्रकार, बुद्धिजिवी, भद्र भलाद्मी बसेर रोकथामको बारेमा सोच्नुपर्ने बेला आएको छ । यस्तालाई कारबाहीको दायरामा ल्याउनु पर्ने हुन्छ । किनकी युट्युबले राजनीतिक दलका नेतादेखि ब्युरोक्रेसीका उच्च तहका कर्मचारी, सुरक्षा निकायका उच्च तहका कर्मचारी, नेपालीहरूको घर–घरमा युट्युब हेर्नेको लहर लागेको छ । घरको काम छाडेर पनि व्यक्तिले टिकटक बनाउने, पोष्ट गर्ने, घर झगडा निम्त्याउने काम भइरहेको छ । श्रीमान–श्रीमतीको सम्बन्ध विछोड गर्ने, बालबालिकाको विचल्ली हुने गरेको छ । यस्तै विश्वभरि कोरोनाको कारणले व्यापार व्यवसाय, कलेज, स्कुल बन्द भएका बेला रहेका विद्यार्थीले घरमा बसी पढ्ने लेख्नेभन्दा पनि पब्जी खेलिरहेका छन् । पब्जीले गर्दा विद्यार्थीको भविष्य अन्धकार बनेको छ । अधिकांश विद्यार्थी पब्जीमा रमाएका छन् । विद्यार्थीका अभिभावक, शिक्षक, मिसहरूलाई राम्रो व्यवहार गरेको सद्भाव देखाएका छैनन् । स्कुल, कलेजमा एउटा व्यवहार घरका अभिभावकलाई अर्को व्यवहार गरिराखेका छन् । कतिपय विद्यार्थीको हात–हातमा मोबाइल र इयरफोनको तार कानमा देख्न सकिन्छ । घरमा बसेका विद्यार्थी पब्जी, तास, लुडोमा रमाएको देखिन्छ । यसरी हेर्दा देशका भविष्यका कर्णधारहरूले पब्जीमा रमाएको देखिन्छ । उता मेन स्ट्रिमका पत्रकारहरूका लागि भने युट्युब पत्रकारहरूले गर्दा बोल्न र हिँड्न पनि गाह्रो भइरहेको छ । युट्युब पत्रकारले श्रीमान–श्रीमतीको झगडा छेपारे पत्रकारिता गर्दैछन् । यस्ता पत्रकारिताले गर्दा मेन स्ट्रिमका पत्रकारहरूको बेइज्जत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *