ओलीको एकाधिकार सबैतिर ध्वस्त हुँदै

राजनीति

काठमाडौं । सिद्धान्त, नीति, दर्शन र कार्यक्रममा मतभेद थिएन । नेकपा एमालेको नेतृत्व केपी ओलीको कब्जामा पुग्नासाथ जनताले रुचाएको एमालेमा कुनै विषयमा सामूहिक निर्णय भएन । पदाधिकारीमा बहुमत सचिवालयमा पनि यस्तै स्थानीय समिति र केन्द्रीय समितिमा अ‍ोली अल्पमतमा थिए । तर, पार्टीको नाममा भएका र हुने कार्यक्रम तयार गर्ने बैठकबाट स्वीकृत गर्ने चलन भएन, त्यही कारण विधि र प्रक्रियाका कुरा उठाइयो । चुनाव जित्ने र बहुमत प्राप्त कम्युनिस्ट सरकारको प्रधानमन्त्री बन्ने रहर त ओलीले पूरा गरे । तर, पार्टी एकताको मर्म चुनाव घोषणा पत्रले दिएको आकर्षण सरकार बन्नासाथ गलहत्याउने काम भयो । बेइमानीको हद केपी ओली फटाहाको जमघट उनको गुटमा केन्द्रित भयो । समान हैसियतका अध्यक्ष मात्र होइन वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनालको हुर्मत लिने काम भयो । अहिले पनि त्यो हाबी छ । पिपिएलए भेला विवाद मात्र होइन पार्टी प्रवक्ता प्रदीप ज्ञवाली नै छन् ।
दासत्व स्वीकारेर उपप्रधानमन्त्री भएका ईश्वर पोखरेलहरूले ओलीलाई देवत्वकरण गरे । एमालेको भागमा परेका ४ प्रदेश सरकार प्रमुखहरू ओली खेमाका थिए । त्यही बेला वाग्मती प्रदेश र प्रदेश १ मा माधव पक्षलाई मुख्यमन्त्री दिएको भए नेकपाबाट माओवादी अलग भए पनि एमालेमा विभाजन आउने थिएन । एमाले अहिले छिन्नभिन्न भएको छ । यसको मूल कारक केपी ओली र उनको सरकारी मण्डली नै थियो । ओलीले देश र हुनमान भरेर राज्यको कोष लुट्दा जनताको हित तत्कालीन आवश्यकतालाई हेर्दा पानी जहाज, रेल, घर–घरमा ग्यासको सपना हावामा बाँडेका हुन् ।
‘जस्तो गुरु उस्तै चेला’ एमाले सिध्याए । सैद्धान्तिक राजनैतिक दृष्टिकोण फरक भएर एमाले फुटेको होइन । पार्टी टुक्रिन राम्रो होइन । तर, संघीयता गणतन्त्र, समावेशिताको मर्ममाथि जाइलाग्दा ओलीलाई धर्मप्रति डो¥यायो । धर्म निरपेक्ष राज्यमा हिन्दूत्वको सेवक बन्न त्यस्तो बेलामा पशुपतिमा सुनको जलाहरि, माडीमा राम लक्ष्मण हनुमानको मूर्ति राख्ने कामले गणतन्त्रको विरोधी शक्तिलाई सघाउने काम ओली सरकारले गरेकै हो । एमालेमा आएको विग्रहको नायक नै तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी नै थिए । यिनलाई सहयोग उनकै हुनुमानहरूले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *