चाडपर्वसँगै निषेधाज्ञा खुला, जताततै जोखिम

समाचार

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा करिब ५ महिनापछि खुला गरेको छ । यसमा विगत लामो समयमसम्म बन्द रहेको फिल्म हल, पार्टी प्यालेस, डिस्को, दोहोरी साँझ, क्याफेदेखि होटल, रेष्टुँरा, मन्दिरसम्म खोलिएका छन् । अहिले दिनमा सरदर २२ सयदेखि २५ सयसम्म नयाँ संक्रमित थपिइरहेका छन् । मृत्यु हुनेको संख्या पनि दिनमा २०–२५ जना भएको छ । विज्ञहरूले तेस्रोलहर बढ्दै छ भन्दै छन् । तर, निषेधाज्ञा खुलाएपछि सबै ठाउँमा भीड बढेको छ । चाडबाड नजिकिँदै छ । तीजजस्तै महान् चाड दशैँ, तिहार, छठ, ल्होसारजस्ता चाडहरू आउँदै गर्दा उपत्यकाका तीनवटा जिल्ला प्रशासनले निषेधाज्ञा खुला गरेका हुन् । कोरोनाको संख्या घटेको छैन, अहिले जताततै भीड लाग्नाले दूरी कायम गर्न सकिएको छैन । खाली मुखमा मास्क मात्र लगाएको देखिन्छ । यसमा पनि गरिब, निमुखा, बुढाबूढी भएका, व्यक्तिले मास्क प्रयोग गरेका छैनन् । गाडीमा भिडभाड छ । तरकारी पसलमा भीड छ । मासु पसल, मदिरा पसल, मन्दिर, दूध पसल, चिया पसल, होटल रेष्टुँरा, दोहारी, क्याविन, डिस्कोजस्तो ठाउँमा अब भीड लाग्न थालेको छ । होटल रेष्टुँरामा बसेर दारु पानी निर्वाध खाइरहेको अवस्था छ । मुखमा मास्क लगाएका छैनन् । नेपाल प्रहरीले सूचना जारी गर्छ, मुखमा मास्क लगाउन, भिडभाड नगर्न, सकर्तकता अपनाउन भन्दै । प्रहरीले चोक–चोकमा माइकिङ गरिराखेको छ । तर, यसको सुनुवाई कसले गर्ने ? अशिकांश गाडीमा यात्रु खचाखच राखिएको हुन्छ । ट्राफिकले चेक गर्ने ठाउँमा यात्रुलाई उभ्याउने गरेका छन् । सबै ठाउँ खाली गरिएको छैन । यस रोगले भविष्यमा ठूलो रूप नलेला भन्न सकिँदैन । अझैँ कलेज, स्कुल खोलिएको छैन । खोल्ने तयारीमा स्थानीय सरकार लागेको छ । यस्तै, नेपाली कांग्रेसको १४औँ महाधिवेशनको क्रममा टोल–टोलमा, गाउँ–गाउँमा कार्यकर्ताको भीड लागेको छ । कोरोनाको बारेमा जानकारी नभएको जस्तो गरिराखेका छन् । कांग्रेसले वडादेखि गाउँ, टोल, नगर क्षेत्रमा सम्मेलन गरिराखेको छ । कोरोनाको बारेमा जानकारी गराएको छैन । यस्तै सरकारी अड्डामा भीड चौपट लाग्ने गरेको छ । सरकारी अड्डामा कमाई हुने स्थानमा कर्मचारी र सेवाग्राहीको भीड लाग्ने गरेको छ । वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, नापी कार्यालय, गाडी सिकाउने ठाउँ, कर कार्यालय, महानगरपालिका, कम्पनी रजिष्टारको कार्यालय, प्रहरी कार्यालय, अपराध अनुसन्धान, सरकारी वकिल कार्यालय, प्रहरी प्रभाग, भौतिक, स्वास्थ्यजस्ता आम्दानीको स्रोत भएको ठाउँमा विचौलिया, सेवाग्राही, कर्मचारीको भीड थेगिनसक्नु रहेको देखिन्छ । यसरी यो भीडलाई मध्यनजर गर्ने हो भने कोरोना रोगले भयावह रुप नलेला भन्न सकिँदैन । सरकारले यसको बारेमा कुनै योजना तयार गरेको छैन । उल्टै उपत्यकामा तीन जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा पनि खुकुलो पारेको छ । जसका कारण उपत्यकामा भिडभाड बढेको छ । चोक–चोकमा भीड गर्ने, गफ गरेर बस्ने पुरानो चलन फेरि सुरु भएको छ । काठमाडौंको न्युरोड, भेडासिं, असन, बानेश्वर, बागबजार, कलंकी, नैकाप, थानकोट, किर्तीपुर, लगनखेल, चारबाटो, चाबेल, बौद्ध, गौशालाजस्ता ठाउँमा भीड लाग्ने गरेको छ । यस्तै पशुपति आर्याघाटदेखि परराष्ट्र मन्त्रालय सामुन्ने प्रशासन मन्त्रालय, भौतिक, गृह, स्वास्थ्य सेवा विभाग, वीर हस्पीटल, टिचिङ, कान्ति बाल अस्पतालजस्ता ठाउँमा पनि उल्लेख्य भीड लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *