सुस्तायो अख्तियार बढ्दै छ चाङ

प्रशासन

काठमाडौं । आफैँ भ्रष्ट भएपछि अख्तियारको प्रमुख आयुक्त भएका प्रेम राईको उखान छ । आफैँ राड देशभाड भएपछि भ्रष्टाचार नियन्त्रणमा साथ दिएको लागि राज्यका निकाय स्थापना गरिएको थियो । अन्योलमा छन् । पार्टीका कार्यकर्ता भर्ति गर्ने परम्परा जारी छ । केपी ओली प्रधानमन्त्री बन्दा राष्ट्रिय अनुसन्धान, सम्पत्ति शुद्धिकरण र राजश्व विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लगियो । ती संस्थाको काममा प्रगति भएन । बरु प्रधानमन्त्री कार्यालयको दबाब र निर्देशनको भारी थुप्रियो । ठूला करदातासँग बार्गेनिङ गर्न दूतहरु लागि परे । अख्तियारले भ्रष्टाचारीमाथि कारबाही गरेन । बरु त्यहाँ थुनामा रहेको भ्रष्टाचारी आरोपीहरुलाई अदालतमा छिटो लैजानसमेत प्रहरीका अनुसन्धानकर्ता हाकिमहरुलाई रिझाउनु पर्नेभयो । प्रमुख आयुक्त प्रेम राई कता रमाए पत्तो छैन । जयबहादुर चन्द देउवाको जय भन्दै छन् ।
विशेष अदालतले कता अध्यक्ष र दुई न्यायाधीशहरुले भ्रष्टाचारका फाइल पल्टाउने साहस गरेका छैनन् । विशेषमा ६७५ भन्दा बढी मुद्दा विचाराधीन रहेका छन् । अख्तियारले ठूला भ्रष्ट समाउँदैन । थामर्सेकु र ओम्नी त छानबिनमा समेत पर्दैन । न त भारतबाट पाएको १० लाख डोज खोप ल्याउनेप्रति डोज ४ डलरबाट ६ डलर मूल्य बनाएर ३४ करोड ७५ लाख कमिशनको चक्कर लगाउने हुकाम कम्पनीका सुरज वैद्यलाई कारबाही हुन्छ । सुरज वैद्यलाई तत्कालीन प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष मूल आयोजक समितिको संयोजक बनाए ।
अख्तियारमा आयुक्तहरु धेरै छन् । कार्यक्षेत्र विभाजन गरिएको पनि छ । तर, नक्कली प्रमाण पत्रका आधारमा जागिर खाएकाहरु विरुद्ध परेका उजुरीको समेत छानबिन नहुने ठाउँ अख्तियार भएको छ । अख्तियारमा उजरी थुप्रिने, विशेष अदालतमा फाइल थुप्रिने, तर फैसला नहुने रमिता देखिँदै छ । देशको प्रशासनिक क्षेत्र ध्वस्त छ । अख्तियारले यसतर्फ ध्यान दिँदैन । जनताको आस अख्तियार र सर्वोच्चप्रति हुन्छ । तर, ती दुवै निकाय भ्रष्टाचारी र विचौलियाको घेरामा छन् । कालो कोट लगाउने विचौलियाले सर्वोच्चको बद्नाम गरेका छन् । पार्टीको गुटगत बलिको कारण अख्तियार विवादमा छ । प्रेम राईलाई राजनारायण पाठक, दीपक बस्न्यात, लोकमान सिंह कार्कीको हुकुमी शासन थाहा छ । अख्तियारकै मान्छे अख्तियारले पक्राउ गर्नुपर्ने तितो सत्य त्यहाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *