नेपाली सेना व्यापारी हो कि राष्ट्र सेवक ?

समाचार

काठमाडौं । भन्नको लागि राष्ट्रिय गौरवको सेना भन्छ, तर नेपाली सेना व्यवसायतिर केन्द्रित भएको छ । सेनाले ठेक्का लिन्छ, घरेडी बेच्छ, जग्गा प्लटिङ गर्छ, होटल सञ्चालन गर्छ, क्याम्पप खोल्छ, अस्पताल खोल्छ, समाज सेवाको नाम लिन्छ र व्यवसाय गर्छ । नेपाली सेनाले सीमा सुरक्षा हेर्दैन । राष्ट्रको गौरव भनिने नेपाली सेना कालापानी र टिंकरमा पुगेको छैन । सडकको ठेक्का लिँदै निर्माण कार्यतर्फ लागेको धेरै समय भयो । नेपाली सेनाले सस्तो क्यान्टिन चलाएको बताइन्छ । सेनाले चलाएको गेष्ट हाउसमा सैनिक मात्र बास बसेर कसरी व्यापार व्यवसाय टिक्छ ? नेपाली सेनामा भ्रष्टाचार अत्यन्तै छ । सेनालाई भ्रष्ट बनाउने तत्कालीन प्रज्वल शम्शेर राणा, गरुणशम्शेर राणा, रुक्मागत कट्वालहरु बेलामा बढी बद्नाम भएन । आफ्नो संस्थाको रक्षा गर्न त्यसले सकेन । दरबार हत्या काण्ड तत्कालीन राजा वीरेन्द्रको वंश नास होस् वा माओवादी जनयुद्धमा लाग्दा जनताको कत्लेआम गरेको धन, सम्पत्ति लुटेको सेनाको संरचनाहरुले त्यसको व्यापारले दर्शाउँछ । जनयुद्ध कतिलाई काल भयो कतिलाई सम्पत्ति जोड्ने माध्यम भयो । सेनाका जवानहरु कति मरे कतिले सम्पत्ति कमाए त्यसबारेमा कहिल्यै, कतै छानबिन भएन । भैरवनाथ गणको मानव बधशालाले गरेको व्यवहारको साक्षी ज्युदा सहिदहरु कृष्ण केसीहरु हुन् ।
सेनाको लगानी ५ अर्ब ८३ करोड
सेनाले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रु. २ अर्ब २१ करोड १९ लाख लगानी गरेको छ । २०६३ सालबाट जग्गा खरिद गर्ने, घडेरी बेच्ने धन्दा सेनाले चलायो । भ्रष्टाचार त्यहाँ कति छ कसैले हेर्न नपाउने । सेना भर्नामा घुस खाने घुस्याहाको जमात पूर्णचन्द्र थापाको कार्यकालमा कारबाहीमा परे । थापाले आर्थिक पारदर्शिता र स्वच्छतालाई खुला बाटो बनाएका हुन् । अहिले उनले थालेको सुधारको राम्रो कार्यको क्षमतामा कमजोर भनिएका प्रभुराम शर्माले निरन्तर दिने कुमार शंका छ । सैनिक अस्पतालमा रु. १ अर्ब ६० करोड ६ लाख कल्याणकारी बोर्डमा ४९ करोड ३१ लाख, जग्गा खरिद (इचंगुमा) ४२ करोड २२ लाख, सिभिल एक्सप्लोसम प्लटिङमा ३१ करोड ४० लाख खर्च गर्दा भुतखेलमा सार्वजनिक जमिन कब्जा गरेर ढल प्लटिङभित्र पर्दा स्थानीय जनताको ढल जोड्न नदिने हैकम किन देखायो ? पेट्रोल पम्पको हिसाब नहुने, ठूलाले सित्तैमा तेल लिने भएकाले त्यहाँको भ्रष्टाचारको छानबिन कसैले गर्दैन, किनकि सेनालाई गौरव भनिन्छ ।
कोषमा ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार
राष्ट्रको हितविपरीतको अमेरिकी प्रोजेक्ट मिलिलियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बाट रु. ५४ अर्ब अनुदानको लागि देशले १३ अर्ब खर्च गर्ने सहमतिमा डुबेको राज्य सत्तामा भ्रष्टाचारप्रेमी नेता पुगेका छन् । पार्टीको नाममा सत्तामा हुँदा एमसिसी लागू गर्ने पक्षमा रहेका केपी ओली अहिले निर्णयहीन छन् । त्यहाँ सेनाको कल्याणकारी कोषमा राखेको पैसाको ध्यान छैन । कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषमा खर्बभन्दा बढी रकम थन्केको छ । तर, विदेशीको मुख ताक्दै आफू भ्रष्टाचार गर्न सक्रिय छन भन्ने कुरा लगानीको अभावको त्यो तर्कले देखाउँछ । बैंक तथा वित्तीय संस्थाहरुमा पैसा राखेको सेनाले शान्ति मिसनका सैनिकको आम्दानीबाट जम्मा गरेको रकममा जर्नेल, कर्णेल, गण प्रमुख, पृतनापति, गुल्मापतिको नाममा खाने सम्पत्ति सार्वजनिक गर्ने कुरा छैन । जबकि निवर्तमान सेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति सार्वजनिक गरेर सेनालाई उत्तरदायी बनाउने प्रयास गरेका थिए । उनको त्यो निर्णय उनैलाई मात्र लागू भयो, वर्तमान सेनापतिलाई लागू हुन्छ भन्ने आधार छैन ।
धम्क्याउँदा सेनाको बद्नाम
सुनाचरी इमतसन प्लान्टमा रु. २५ करोड, चितवनको घर जग्गामा १७ करोड ५२ लाख, पिउने पानी प्लान्ट ८ करोड ९० लाख, बुटबलमा टक्सार भवनमा ७ करोड ७३ लाख, सुपथ मूल्यको पसल ६ करोड ६२ लाख, अक्सिजन प्लान्ट ४ करोड २१ लाख, जेपी प्रतिष्ठान २ करोड ९८ लाख, बुटबल फ्युल स्टेशन २ करोड १८ लाख, खैरहनीमा २ करोड ६० लाख खर्च गर्दा निवृति भरण कोषमा मौज्दात १ करोड छ । बैकमा पैसा राख्दा बैंकले कमिशन दिन्छ । उत्तम पुन र नेपाल विकास बैंकले सेनाकै पैसामा मस्ती ग¥यो । सेनाको करोडाँै डुब्यो । नेपाल सेना निजी कम्पनीजस्तो छ । त्यसको व्यापार छ । व्यापारीले कमाउन तस्करी पनि गर्छ, राजश्व पनि छल्छ । कतै सेना त्यो लगानीको नाममा व्यापारी भएको त छैन । सेनाले सुनसरीमा एक हजार १०८ घडेरी बनेको छ । पोखरामा ७२ वटा घडेरी बेच्यो । राधाकृष्ण टोलमा १५१, चितवनको पिढुवामा २८८, भक्तपरको इचंगुनारायण आवास बनाएको छ । सेनाको कोषबाट ५१ करोड ७४ लाख सेनाको लगानी छ । किर्तिपुरको भुतखेलमा ३५० रोपनी जग्गाको घडेरीको विवाद चर्को छ ।
कस्को रक्षा गर्छ त्यसले ?
त्यहाँ सेनाले घमण्डी देखाएर जनता तर्सेका छन् । सेना कृषि क्याम्पस खोल्ने भन्दै छ । स्वास्थ्यमा ३ अर्ब ८१ करोड लगानी सेनाको छ । सैनिक को लािग प्राविधिक ज्ञान सिपको जरुरी पर्छ त्यहाँ प्राविधिक पनि छन् । तर, नेपाली जनताको पक्षमा त्यो सेना कति सजग छ ? मूल प्रश्न यही हो ।
नेपाली सेनाले मुलुक बनाउँछ, आधुनिक नेपालको संरचनालाई बलियो बनाउँछ भन्ने आस हुन्छ । तर, त्यो सेनाको आन्तरिक पक्ष जनताले थाहा पाउँदैन । त्यो समूहले आतंक मच्चाउँछ भन्ने लोक मान्यता यद्यपि बाँकी छ । किनकि सेनामा पढेलेखेका कम छन् । स्कुलिङ राम्रो छैन । किन सेना आधुनिक भएन । त्यहाँ कम्युनिस्ट सरकारको विद्या भण्डारी, रामबहादुर थापा, ईश्वर पोखरेलजस्ता रक्षामन्त्री भए । माधव नेपाल उपप्रधान तथा रक्षामन्त्री हुँदा राजा वीरेन्द्र नेपाल राष्ट्रको प्रमुख थिए । ज्ञानेन्द्र राजा हुँदा सेना त्यस्तै थियो । त्यो नेपाली सेनाले राजाको परिवार सबै मारिदा बचाउन नसक्नेहरुको जमात पनि भन्नै प¥यो । जुन संस्था देशको आवश्यकता पूरा गर्न खडा हुन्छन् त्यसले आफ्नो गरिमा बचाउन नसक्दा आलोचना हुन्छ । सेनाले सेनाको वरिपरिका पत्रकारहरु मात्र बटुल्छ । आम पत्रकारहरुलाई त्यसले समेटको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *