नेपाली कांग्रेसमा वंशको राजनीति गर्नेको ताँती

राजनीति

काठमाडौं । वंशको राजनीतिधन्दा २०७५ सालमा क्रियाशील सदस्य थपेर कांग्रेस बनेकी डा.आरजु देउवाले पुत्र रणवीर देवालाई नै गोत्रीय सभापति बनाउने खेल बूढानीलकण्ठबाट खेल्दा पार्टी सभापति कर्ण मल्लसमेत विरोधमा उत्रेका छन् । मल्ल अदालत जाने तयारीमा छन् । भतिजो भानु देउवा बालुवाटारमा र प्रकाश देउवा बूढानीलकण्ठमा शासक बन्दा त्यो काग्रेस पार्टीमा वंश परम्पराले अडिएको राजनीति यसपटक भने भत्कने डर छ । भतिजाहरुलाई डा.आरजुले नचाएकी छन् । पुत्रलाई क्षेत्रीय प्रतिनिधि बनाइएको छ । कोइराला परिवारमा बिपीपुत्र डा.शशांक, केशवपुत्र डा. शेखर, गिरिजापुत्री सुजाता कोइराला निकै अगाडि छन् । शेरबहादुर पुत्र रणवीर देउवाको तत्कालीन क्षेत्रीय सभापति बन्ने हैसियत छैन ।
यस पटक गणेशमान पुत्र प्रकाशमान सिंह, महेन्द्रनारायण पुत्र विमलेन्द्र निधिले समेत सभापतिको उम्मेदवार बन्ने भएका छन् । सभापतिको पद एउटै हो, तर महामन्त्री पद २ वटा हुन् । यसपटक गगन थापा र विश्वप्रकाश शर्माबीचको प्रतिस्पर्धा निकै घच्चाघच्ची हुने छ । सो पदमा डा. मिनेन्द्र रिजाल, डा.प्रकाशशरण महतको पनि दाबी देखिन्छ । देउवालाई सभापति पदमा जित्न नदिने अभियानमा भारतको कंग्रेस आई लागेको छ । निधि कांग्रेसमा शुद्ध भारतीय विचौलिया हुन् भनिन्छ । उनी भौतिक पूर्वाधारमन्त्री बन्दा भारतीय कम्पनीलाई फाष्ट ट्रयाकको ठेक्का दिन खोजेपनि त्यसो हुन सकेन । भारतीय चेली नेपालीसँग विवाह गर्नासाथ नागरिकता दिनुपर्छ भन्ने महन्थ ठाकुरको मागमा सहमति जनाएका थिए । तर, यी दुवै माग राष्ट्रिय हितमा थिएन ।
झण्डै १० लाख क्रियाशील सदस्य बनाउने योजना बनाएको कांग्रेसले त्यो योजना सफल पार्न सभापति देउवाको जिल्लामा भएका पार्टी सदस्य सबैलाई क्रियाशील सदस्य बनाउने प्रयास गर्दा पार्टी सभापति कर्ण मल्लसमेत अन्यायामा परेका हुन् । देउवाकै साथ र सहयोगबाट मल्ल सभापति भएको दाबी गर्ने भतिजा भानु देउवा र प्रकाश देउवाको कमाल पनि सुदूरपश्चिमको राजनीतिमा जोडिन्छ ।
सभापतिका दाबेदार रामचन्द्र पौडेल आफैँलाई अगाडि सारेर पहिला महामन्त्री भएका डा.शशांक कोइरालाबाट मात्र होइन प्रकाशमान सिंहको सभापति पदमा भिड्ने रहरबाट पनि तर्सेका छन् । पौडेल भन्दै हिँडिदिने नेता उनीसँग जिल्लामै छैन । गोविन्दराज जोशीलाई यिनैले कारबाही गराए । ध्रुब वाग्ले, शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराईमध्ये भण्डारी तरुण विभाग, प्रवास विभाग, प्रमुख बन्न देउवाकै साथ चाहिएको थियो । प्रदीप पौडेल, कृष्ण सिटौलाको टिममा छन् । सिटौला पनि सभापति उम्मेदवारको दाबी गर्दैछन् । गोविन्दराज जोशी र कञ्जनपुरका पुष्कर ओझाको कारबाही फुकवा भएको छैन । उता निर्वाचन आयोगमा भदौ २३ गतेबाट वैधानिकता समाप्त भएको अवस्थामा महाधिवेशनको सुरुआत भदौ १८ बाट भएको जनकारी गराएको छ र नेपाली कांग्रेसले वैधताको बाटो खोज्दै छ । कांग्रेसभित्र २१ जिल्लाका स्थानीय निकायको वडा अधिवेशनको कार्यक्रमलाई प्रभाव पारेको छ । तर, असोज ५ गते सबै वडा तहमा अधिवेशन तालिका प्रभावित हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *