संसदमा चौधरीद्वयको दुर्गा अवतार

राजनीति

काठमाडौं । गत भदौं २३ पछि डाकिएको संसदको नवौं अधिवेशनमा एमालेका सांसदहरूले उग्र रूप देखाए । कोही सांसदकै ढाड माथि टेकेर उफ्रिए, कसैले पाखुरा सुर्किए अनि कसैले मर्यादापालकको पाखुरा नै टोकिदिए ।
यस पटक संसद भवनमा महिला सांसदहरू गंगा चौधरी, शान्ता चौधरीलगायतले दुर्गाको रूप देखाए । अघिल्लो दिन ओली निवास बालकोटमा दर खाएर फर्किएका महिला सांसदहरूमध्ये सबैभन्दा चर्चामा आइन गंगा चौधरी । चौधरी राजनीतिक रूपमा अस्थिर छिन् । घरी एमाले, थरुहट, नयाँशक्ति हुँदै नेकपामा पुगेकी उनी कहिले माधव र ओलीको कित्तामा पुगिन् । अन्त्यमा ओलीनिकट भएर एमालेमा उपद्रो मच्चाइरहेको एमालेकै माननीयहरूलाई पाच्य भएको छैन् । सांसदमा देखाएको यो जात्राको कारण अहिले उनको चर्चा छ । केपी ओली, गोकुल बाँस्कोटा झैं छुद्र बोल्नेभित्र पर्दछिन् उनी । कहिले डा.गोविन्द केसीलाई ‘हत्यारा’ भन्नेदेखि गुठी विधेयकविरुद्ध आन्दोलन गर्नेहरूलाई ‘भाडा’मा ल्याइएको भनेर टिप्पणी गर्दछिन त कहिले चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर प्रेम आलेकै सिको गर्दै आफ्नो नाम टाँसेर वितरण गर्ने र घरमा लुकाएर राखेका कारण विवादमा परिरहन्छिन् । गंगा आफूलाई आदिवासी, जनजातीको अधिकार वा समानताको लागि लडेको भाषण ठोक्छिन्, तर उनको पारिवारिक पृष्ठभूमि केलाँउदा त्यस्तो देखिँदैन । उनलाई नजिकबाट चिन्ने र जान्नेहरूका अनुसार गंगा चौधरी कैलालीको साविक प्रतापुर गाविस–६, खमरीयामा जन्मेकी हुन् । उनी भागिराम चौधरी र संझनादेवी चौधरीकी छोरी हुन् । उनको पहिलो विवाह स्थानीय तुलसी चौधरीसँग भएको थियो । ८ कक्षा पढ्दै गर्दा तीन छोराछोरी र श्रीमती भएका तुलसीसँग उनको विवाह भएको थियो । पूर्वसांसद मोहनसिह राठौरको स्वकीय सचिव रहेका तुलसीसँग उनले सत्ताको प्रभावकै कारण विवाह गरेको चौधरीनिकट एक एमाले कार्यकर्ता बताउँछन् । तुलसीले गंगालाई बिहे गरेपछि परिवारमा कलह मच्चियो । गंगाले अन्तिममा तुलसीसँग अंश लिएर केही समय माइतमै बसिन् । तुलसीसँग सम्बन्ध विच्छेद भएको वर्ष दिन बित्न नपाउँदै गंगाले फेरि अर्को विवाह गरिन् र, दोस्रो पटक विवाह गर्दा उनी आफ्नै दिदीको सौता बनिन् । दुई छोरी, एक छोराकी आमा भएकी दिदी हुँदाहुँदै उनले भिनाजु नन्दलाल चौधरीसँग बिहे गरेकी हुन् । दाङको राप्ती गाउँपालिका–७ बस्ने नन्दलालसँग विवाह गरेकी उनले दिदीलाई भने दास बनाएर राखेको गाउँलेहरू बताउँछन् । नन्दलाल प्रहरीको रिटायर्ड हुन् । उनले आफ्नै पतिलाई स्वकीय राखेकी छन् । नियमानुसार स्वकीय सचिव राखेर राज्यकोषबाट पैसा लिन्छन् भने अर्काेतिर पेन्सन । तर, पहिलो पत्नीलाई भने उनले पनि आर्थिक सहयोग नगर्दा बिचल्ली भएको स्थानीयहरू सुनाउँछन् ।
यस्ता नेता र नेतृबाट कस्तो समाज बन्ला ? वा कस्तो विकास होला ? यो पेचिलो प्रश्न बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *