केपी ओली आर्थिक विकास, जनताका दुःख र वेदना सुन्ने गर्छ, विकास र समृद्धिको कुरा गर्छ

राजनीति

पर्वत गुरुङ
पार्टी विभाजनपछि (नेकपा) एमालेलाई ठूलो क्षति पुग्ने आँकलन भइरहेका बेला दोलखा एमालेले भने विभाजनको असर पार्टीमा रत्तिभर नपरेको सन्देश दिएको छ । नेकपा (एमाले)का तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपालले कुनै ठोस एजेण्डाविनै पार्टीमा विभाजन ल्याए पनि दोलखा एमालेमा त्यसले कुनै क्षति नपुर्याएको सन्देश शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमले दिएको हो ।

नेकपा (एमाले) दोलखा–काठमाडौँ सम्पर्क मञ्चले तीनकुनेस्थित रोयल बैंकेटमा हिजो आयोजना गरेको ‘वृहत् प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रम’मा नेता, कार्यकर्ता र सुभेच्छुकहरूको उत्साहपूर्ण सहभागिताले पार्टी विभाजनबाट एमालेलाई क्षति भन्दा थप उत्साह र हौसला प्राप्त भएको स्पष्ट सङ्केत गरेको हो । त्यसो त सोही कार्यक्रम एमाले दोलखाका इञ्चार्ज तथा पूर्वमन्त्री पार्वत गुरुङले माधव नेपालले गरेको पार्टी विभाजनबाट एमालेलाई केहि प्रतिशतमात्रै क्षति पुगेको तथ्य प्रस्तुत गरेका छन् ।
उनकै भनाइलाई पुष्टि गर्नेगरी दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा कार्यकर्ता तथा एमालेका शुभचिन्तकहरूको खचाखच उपस्थिति देखिन्थ्यो । ’नेपालमा अहिले राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा बाँडिएको छ । एउटा केपी शर्मा ओलीको छ, जुन आर्थिक विकास, जनताका दुःख र वेदना सुन्ने गर्छ, विकास र समृद्धिको कुरा गर्छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा गर्छ, सामाजिक सदभावको कुरा गर्छ । हामी यो पोल, यो ध्रुवको नेतृत्व गर्ने केपी ओली हुनुहुन्छ । अर्को ध्रुव गठबन्धनको छ, जहाँ अवसरवादीहरू, सिद्धान्तहीनहरू, अनैतिकहरूको झुन्ड छ । त्यो झुन्डले नेतृत्व गरेको अर्को पोल छ । यी दुईवटा ध्रुवमध्ये हामीले रोज्ने ध्रुव भनेको केपी ओलीले नेतृत्व गरेको ध्रुव हो,’ गुरुङले भने ।
उनले केपी ओली नेतृत्वको पोलले आर्थिक विकास र समृद्धिको कुरा गरेको भन्दै राष्ट्रिय राजनीतिको अर्को ध्रुव गठबन्धनवालाहरूमा अवसरवादी र सिद्धान्तहीनहरू मात्र भएको टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *