जसपा र समाजवादी दर्शक बन्दै

राजनीति

काठमाडौं । राजनीतिक गर्नेले देशको सेवाभन्दा आफ्नै स्वार्थ हेर्न थालेका छन् । प्रजातन्त्र लोकतन्त्र गणतन्त्र जे पनि स्वार्थकै वरपर घुमेको छ । त्यही कारण प्रमुख प्रतिपक्षबाट एक–एक नेकपाकै नेताहरुले विवेक नपु¥यनाउँदा सत्तामा पुगेका शेरबहादुर देउवालाई पार्टी मात्र शत्रु बनेन, आन्तरिक गुट, उपगुटसमेत शत्रु बन्दै छ । एमाले अध्यक्ष केपी ओलीको एक्लौटी घमण्डले बिच्केका माओवादीका प्रचण्ड एमालेबाट चोइटिएका माधव नेपालले अभयदान दिएको असफल सत्तासमेत कांग्रेस क्षयीकरणमा जाँदै छ । सत्तामा नेकपा र माओावदीले चलाए, जसपा र एकीकृत समाजवादी दर्शक भएका छन् । गुटभित्र उपगुट, उपगुटभित्र आन्तरिक अविश्वासमा जेलिएको अवस्था छ । विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, कल्याण गुरुङ, हिजो देउवाकै टिममा थिए । उनीहरुले रहर गरे पनि सभापति जित्ने त होइनन्, उता रामचन्द्र पौडेल स्वयंलाई आफ्नै टिमभित्र साथ भएन । पौडेलसँग प्रकाशमान सिंह अटाएनन् । डा.शेखर, डा.शासांकले विश्वास गरेनन् । संस्थापन भित्रबाट विभाजन ल्याउन सके आफ्नो टिमभित्र आफैँ एक्लो उम्मेदवार बन्न सके भने पौडेलको इच्छा पूरा हुन्छ । मन्त्रिमण्डलले पूर्णता नपाउने कांग्रेसको भागमा पर्ने अब ५ मन्त्रालय मध्येमा रामचन्द्रदेखि कोइराला परिवार, सिटौला गुटसम्मलाई चित्त बझाउन सक्ने अवस्था सभापति देउवाका लागि साह्रै परेको छ । आफ्नै पुत्रलाई क्रियाशील सदस्यता दिएर क्षेत्रीय सदस्य बनाउँदा पार्टीभित्र खडेरी लाग्दा पनि संस्थापनलाई मतलब भएन । महाममन्त्री पूर्णबहादुर खडकाले डडेलधुराको लडाइँ कुनै होइन, भन्न भ्यएकै छन् । रामचन्द्र पौडललाई आकर्षण गर्ने ठाउँ भएन । सत्तामा पुगेको पार्टीले कार्यकर्ताको भावना बुझ्दैन भने त्यसले चलाएको सरकारपति माया हुँदैन । सभापति देउवाले कांग्रेसलाई प्राप्त भएको अवसरको प्रयोग कसरी गर्छन् ? त्यसको पनि निकै खोजीनीति भएको छैन । राजनीतिक नियुक्ती गर्ने ठाउँ धेरै छन् । सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डको बीचमा त्यस्ता नियुक्तीको बारेमा बहस भएर नियुक्ति भएका पनि छन् । तर जसपा र एकीकृत समाजवादीको ख्याल गरिएको छैन । सत्ता पक्षबीच मतभेद यही छ ।
मसालले सरकारमा जाने रहर गरेको छैन । एमालेबाट फुटेका समाजवादीले उपसभामुखसमेत लिँदै छ । पदको भोक छैन भन्दै गर्दा अध्यक्ष नेपाललाई मन्त्रीका लागि एमालेलाई त्यागेर कुदेका किसान श्रेष्ठ, प्रेम आले, धनबहादुर बुढालाई चित्त बुझाउन भने सहज छैन । सरकारको कार्ययोजना नहुनु, पार्टीभित्रै देउवा घेरिनु, अहिले समयले दिएको अवसरको सदुपयोग भएन । कांग्रेसले कता लैजान्छ देश ? प्रतिपक्षले सांसद रोकी दिँदा झन् सहज उसैलाई भएको छ । विसंगती र पूर्वाग्रह सरकारको सम्पत्ति थिए । देउवा सरकार पनि त्यस्तै भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *