निजी ग्यास कम्पनीले साल्ट टे«डिङको ग्यास चल्न नदिने

समाचार

काठमाडौं । प्रत्येक नेपालीको भान्सामा अहिले खान पकाउने ग्यास नभई नहुने चिज हो । ग्यास प्रत्येक घर–घरमा प्रयोग गरिन्छ । सुगमदेखि दुर्गमसम्म ग्यास सञ्चालनमा आउन थालेको छ । ग्यासको बारेमा आ–आफ्नै हुन्छ, उनीहरुले आफ्नो इच्छाअनुसार प्रयोग गरिराखेका छन् । सबैलाई ग्यास चाहिन्छ नै । यदि ग्यास भएन भने कतिपय नेपालीको घरमा चुलो बल्दैन । तर ग्यास प्रयोगकर्ताले गुणस्तरको छ कि छैन ? यसबारे ध्यान दिएका छैनन् । घरमा प्रयोग गरिएका ग्यास गुणस्तर छ कि छैन ? यसको अनुगमन राज्यले पनि गरेको छैन । नेपालीले प्रयोग गर्ने ग्यास कस्तो छ ? पूरा तौल भएको ग्यास मात्र नभएर प्रयोग गर्ने रेगुटेल र पाइपको अवस्था कस्तो प्रयोग गरेका छन् ? यसबारे राज्यले अनुगमन गरेकौ छैन । नेपाली जनतालाई गुणस्तरभन्दा पनि ग्यास पाइन्छ की पाइँदैन भन्ने चिन्ता मात्र छ । नेपालीको प्रत्येक घरमा ३ देखि ७ वटा सिलिन्डरसम्म स्टक राखिएका छन् । सरकारबाट तोकिएको मापदण्डको तौल, सिलिन्डर छ कि छैन ? भनेर राज्यबाट कहिल्यै परीक्षण भएको समाचार सुनिएको छैन ।
यत्ति सानो बजारमा ग्यास कम्पनी खोलेको खोलै छन् । कुन ग्यासको अवस्था कस्तो छ ? कुन ग्यास प्रयोग गर्दा राम्रो र गुणस्तर हुन्छ ? यसबारेमा जानकारी प्रायजसो सबै नेपालीलाई नहोला तर ग्यास कम्पनीहरु नेपाल ग्यास, हिमाल ग्यास, श्री ग्यास, बाबा ग्यास, सगरमाथा ग्यासजस्ता ग्यास कम्पनी सञ्चालनमा रहेका छन् । ग्यास भण्डारण गर्ने र ग्यासको डिलर राख्नेहरुले सबैभन्दा बढी कमिसन दिने कम्पनीको ग्यास बिक्री वितरणमा जोड दिइएको छ । बढी कमिसनको लोभले बेलाबखत ग्यास लिक भएर आगलागी हुने र धन, जनको क्षति हुने गरेको छ । अहिले ग्यास कम्पनीले व्यापारीलाई दिँदै आएको कमिसनले गर्दा ग्यास व्यापारीलाई प्रत्येक सिलिन्डर बाराबर कम्पनीबाट व्यापारीले सिधै खरिद गरेमा ३२ रुपैयाँ कमिसन दिने गरका छन् । डिलरबाट खरिद गरेमा ३० रुपैया कमिसन लिने गरेका छन् । कमिसनबाहेक व्यापारीले प्रत्येक नेपालीको घरमा पु¥याएबापत २ सयदेखि ३०० सय रुपैयाँसम्म लिने गरेका छन् । यस्तै ग्यास बिक्रेताले सिलिन्डर साटफेर गर्दा प्रत्येक सिलिन्डरबाट ३०० देखि ५०० रुपैयाँसम्म लिने गरेका छन् । यसरी ग्यास व्यापारीले प्रत्येक नेपाली ठगेका छन् । कम्पनीले ठगेको छ । यसरी दिन प्रतिदिन उपभोक्ता ठगी गर्दा न राज्यले ध्यान दिन्छ न आयल निगमले नै ।
अहिले सबैभन्दा राम्रो र गुणस्तर टिकाउको हिसाबले जिम्मेवारीको हितले एसटिसी ग्यास राम्रो देखिन्छ तर व्यापारीले एसटिसी ग्यास बेच्न मन पराउँदैनन् किनकि एसटिसी ग्यास साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आएको छ । गुणस्तरको हिसाबले साल्ट ट्रडिङको एसटिसी ग्यास प्रायः नेपालीले मन पराउने गरेका छन् । त्यसपछि थोरै मात्रमा नेपाल ग्यासको नाम लिइन्छ । तर निजी कम्पनीले सरकारी ग्यासलाई बिक्रीबाट वञ्चित गराएका छन् । निजी कम्पनीले ग्यासको बारेमा ठूलो मात्रा कमिसन दिने र गुणस्तरहीन ग्यास प्रयोग भएका छन् । निजी ग्यास कम्पनीले राज्यका विभिन्न निकायका कर्मचारी र उच्च घरानाका कर्मचारीलाई गुम्राहमा पारी साल्ट ट्रेडिङ कम्पनीले बिक्री वितरण गर्दै आएको एसटिसी ग्यासदाई बाइपास गर्ने काम भएको छ ।
साल्ट ट्रेडिङको ग्यास व्यापारीले बेच्दा १५०० लिने गरेका छन् । तर पनि उपभोक्ताले एसटिसी ग्यासको माग भएमा हामीलाई साल्ट ट्रेडिङले कमिसन दिँदैन र कमिसन पनि आउँदैन, साल्ट ट्रडिङको ग्यास बेचेर फाइदा पनि छैन भन्ने गुनासो ग्यास व्यापारीले बताउने गरेका छन् । निजी कम्पनीको ग्यास बेच्दा कमिसन पनि धेरै आउने, बोनस पनि आउने भएपछि साल्ट ट्रेडिङ नेपाल ग्यासको महत्व घटाउने काम ग्यास व्यापारीले गर्दै आएका छन् । निजी ग्यास कम्पनीले उपभोत्तालाई ठग्दै बिचौलिया पोस्ने काम गर्दै आएका छन् । निजी कम्पनीका कतिपय ग्यास तौलमा कम भएको घटना बेला बखत सुन्ने गरिन्छ । सबै निजी ग्यास कम्पनीबाट भएको जानकारी सबैलाई जनकारी छ नै । यस्तै २०७७ साल चैत महिना भक्तपुरको सिर्जनानगरमा ग्यास लिक भएर एक जनको ज्यान गएको थियो भने ५ जना सख्त घाइते भएका थिए । यस्तै, घटना बेला–बेलामा हुने गरेका छन् । तर ग्यासको अनुगमन र ग्यासबाट हुने दुर्घटनाबाट बच्न सरकारले ग्यास सिलिन्डर, रेगुरेटर, पाइपमा अनुगमन गर्नुपर्छ । कमिसनको लोभमा गुणस्तहीन ग्यास प्रयोग भएको छ र यस्ता ग्यास कम्पनीलाई राज्यले छानबिन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ । राज्यले विद्युतीय बसको अवधारणा ल्याए पनि यसको कार्यालयका लागि समस्या देखिन्छ । इन्डक्स चुलोको अवधारणा ल्याए पनि बिचौलियाको कारण अवरोध हुने गरेको छ । किनकि नेपालमा विद्युतीय गाडी, इन्डक्स चुलो चलाउनका लागि बिचौलियाले समस्या पार्ने छन् । यदि विद्युतीय गाडी चलेमा पेट्रोल, डिजेल, ग्यासजस्ता सामान बिक्री वितरणमा कमी आउने भएपछि यसको कार्यान्वयन गर्न गाह्रो भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *