आफ्नै कारण सभापतिमा हार्दै देउवा

राजनीति

 

काठमाडौं । केपी ओली र शेरबहादुर देउवाबीचमा अन्तर छैन । कांग्रेसले समाजवाद रुचाउँदैन । त्यहाँ ‘तँ र तिमी’ चल्छ तर ‘तँ’ का साथी रामचन्द्र पौडेल लोभले कहिल्यै माथि आएनन् । आफू पदमा रहँदा नातागोता, कुटुम्ब कै बन्दोबस्ती गरे, पार्टीको हित र कार्यकर्ताको भावनामा उनी डुबेनन् । बरु देउवाले मौका पाउँदा बेलाबखत सुदूरपश्चिमलाई जोड दिए । त्यही कारण जहिले पनि उनी माथि नै रहिरहे ।

अबको अधिवेशनबाट कांग्रेसबाट देउवालाई नै बिदाइ गर्ने जमात ठूलो रहेको छ । देउवाविरोधी एक हुनु पर्दछ भनेर डा.शेखर कोइराला र देउवा बीचको प्रतिस्पर्धा नै आगामी चुनाबको लडाइँ हो । देउवाको बोली बादशाह शैलीमा छ । जुन शैली कम्युनिस्टको नाउँमा रासनपानी खाना भए पुग्छ । किनकि एमाले अध्यक्षको त्यो बेलाको रौनक देखियो । उनले बोलेका कुरा कार्यान्वयन भएन । १० बुँदे सहमतिको कारबाही क्रममा हुँदै जान्छ ओली भन्छन् । तर उनको व्यवहारले उपाध्यक्ष भीम रावल अलपत्र परेका छन् । अब एमाले २ भदौ ०७५ मा फर्कन सक्दैन ।

उता कांग्रेसका देउवाले पनि ओलीपथ रोजेका छन् । उनी त मुखै छाड्छन् । पार्टीका प्रवक्ता बनाएका विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारी दिए । त्यो पनि देउवाका शत्रू विमलेन्द्र निधिलाई साथ दिने गरी । अब कांग्रेसमा को कता भन्ने ठाउँ सकियो । रामचन्द्रले आफ्नो टिमबाट महामन्त्रीमा गगन थापालाई बोक्नुको कारण युवाहरु जनमत लिन सकिन्छ भन्ने हो । पदाधिकारी सबै भड्किँदै गर्दा प्रधानमन्त्रीसमेत भएका देउवाले लोकप्रिय नेताहरु आफूमा नहुँदाको रोग कसरी हटाउने हुन् ? उनकी श्रीमती डा.आरजु् देउवाले अहिले चमत्कार देखाएकी छन् । सरकारमा सहभागी भएको पार्टीले अन्तरकलहलाई मिलाउन सक्नु पर्छ ।, तर कांग्रेसको झगडा हटेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *