काजीको धम्कीले प्रचण्ड शिथिल

राजनीति

काठमाडौं । जहाँ नारायणकाजी श्रेष्ठ जोडिन्छन्, त्यहाँ स्वार्थ बाझिन्छ त्यो पनि गुटका लागि । नेकपा एकता केन्द्र मसाल बन्दा पनि त्यो टोली देशव्यापी भएन । पश्चिमका बाग्लुङ, अर्घाखाँची, प्यूठानमा नेकपा मसाल, रामेछाप, महोत्तरी, सर्लाहीतिर एकता केन्द्रको प्रभाव थियो । तर त्यो स्थानमा माओवादीको दबादबा हुँदै जाँदा एकता केन्द्रमा नेता मात्र भए मसालको ताल त्यही भयो । मसाल र एकता केन्द्र विभाजन भएपछि उनीहरु ठूलो दलको साहरा लिन बाध्य भए । काजी माओवादी पार्टीमा आए तर मसाल कतै लागेन । अहिले काजीले माओवादी बनेर सुविधाको कार्यक्रम प्रयोग गरेकै छन् ।
वर्तमान सत्ता गठबन्धन समूह अन्तर्कलह चर्किनुको कारण नै काजी र उपेन्द्र यादव हुन्, भनिन्छ । काजीले अध्यक्ष प्रचण्डसँग भाग खोज्ने, उपेन्द्रले डा.बाबराम र अशोक राईलाई ठाउँ नदिने स्थिति बन्दै छ । यो स्थिति भनेको नेपालीको राजनीतिमा सत्तामोह हो । माओवादी अध्यक्ष प्रचण्डले आफू एक्लो भएको महसुस हुन थाल्यो भन्नुको कारण पनि पार्टीभन्दा व्यक्ति स्वार्थले काम गर्नु हो । माओावदीभित्र प्रचण्ड र काजी मात्र छैनन् । त्यहाँ कृष्णबहादुर महरा, वर्षमान पुन, हरिबोल गजुरेल, मातृका यादवले आफ्ना क्षमताले भ्याएसम्म गुट निर्माण गर्न थालेको छन् । माओवादी मन्त्रिमण्डलमा पठाउने नाउँ छनोट गर्दा समावेशी बनाउने त भन्यो त्यहाँ त्यो निर्णय उल्ट्याउन काजीहरु नै अगाडि आएका छन् ।
अहिले सबै दलमा भाँडभैलो छ । राज्यको संरचनमाहरु कमजोर भएका छन् । दलीय इस्यू देखिन्छ । तर लडाइँ एमसिसीको पक्षधर विरोधीबीचको टक्ककर हुन सक्छ । समस्या जसपामा पनि त्यस्तै छ । त्यो समूहबाट पार्टी फुटाउन ५ जना भए पुग्छ । मन्त्री पदका लागि महन्थ ठाकुर छाडेर आएका छ जनाले पार्टी फुटाए भने उपेन्द्रको हैकम झन् सकिन्छ । त्यही कराण अध्यादेश प्रतिस्थापना हुँदैन । संसदमा पु्गेका प्रस्ताव झमेला गर्नका लागि राष्ट्रिय सभा सक्रिय हून्छ । त्यहाँ एमालेका भक्त छन् । सरकारले पूर्णता पाउनाका लागि कानुनी झमेला हट्नु पर्छ भन्ने होइन । आँट नहुँदा देशका मन्त्रालयहरु मन्त्रीविहीन भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *