तिनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकको सहयोग

अर्थ/वाणिज्य

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको तीनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई २ थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृत्तलाई सो कम्प्युटर सहयोग गरेको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमीका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर १ लाख १० हजार मूल्यको १ थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको बैंकले जनाएको छ । बैंकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त कम्प्युटर प्रहरी उपरिक्षक मीम बहादुर लामालाई हस्तान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *