खानेपानी विभागमा तिरेको चर्चा व्यापक

समाचार

काठमाडौं । बेला बेलामा चर्चामा आउँदै सेलाउँदै गर्दै आएको मेलम्ची खानेपानी अयोजना अहिले सुनसान अवस्थामा रहेको छ । यस्तै चर्चा चल्न थालेको छ, खानेपानी विभागका महानिर्देशक तिरेशकुमार खत्रीको बारमा । जहाँ तिरेश बस्छन्, त्यहाँ बढी चर्चा चल्ने गरेको छ । कर्मचारी त तिरेश खत्रीजस्ता हुनुपर्छ, तिरेशले मेलम्ची खानेपानी विकास समितिमा भ्रष्टाचार गरी कमाएको धन सुरक्षित राख्न लागिपरेका छन् । उनले तत्कालिन मन्त्री विना मगरलाई गुम्राहमा पारेर मेलम्चीको ठेक्कासमेत आफ्ना नातागोतालाई दिएर तत्कालिन बिनालाई भैँसेपाटीमा आलिशान महल खडा गरिदिएको आरोप लागेको छ । यस्तै, बिना मगरले पनि मेलम्चीको पानी उपत्यकाबासीलाई चाँडै ल्याएर सप्लाइ गर्ने भन्दै कहिले यो महिना आउँछ, उपत्यकाबासीले पानी खान पाउँछन्, कहिले नयाँ साल, कहिले दसैँ भन्दै आउँदा तत्कालिन प्रम केपी ओली सरकारले मेलम्ची उद्घाटन गर्न हतार भएपछि तिरेशलाई मेलम्ची विकास आयोजनामा सरुवा गरी मेलम्चीको कामलाई गुणस्तर बनाउनुभन्दा पनि गुणस्तरहीन बनाएर खाने र मेलम्चीमा गुणस्तरहीन सामान प्रयोग गरी मेलम्चीको काम भन्दै मेलम्ची बजार घुम्ने, मेलम्चीमा बस्ने, नयाँ नयाँ गाडी प्रयोग गर्ने, बेलुका भए पछि मेलम्चीको माछा, लोकल भाले, सुरासुन्दरीमा रमाउने काम गरे । मेलम्ची आयोजनालाई ध्यान दिएनन्, यता प्रधानान्त्री केपी ओलीलाई मेलम्ची आयोजना उद्घाटन गर्न हतार भएको थियो । मेलम्ची आयोजना टिकाउन भरपर्दो बनाउन ध्यान दिएनन्, पानीको परीक्षण नगरी राजधानीबासीलाई पठाएर आँखामा छारो हाल्ने काम तिरेशले नै गरे । तत्कािलन मुख्यसचिव शंकरदास बैरागीले तिरेश खत्रीलाई मेलम्ची परियोजनाको प्रमुख बनाएर पठाइएका थिए । मेलम्ची आयोजना गत असारको भेलले क्षत्विक्षत बनाइदिएको छ । अहिलेसम्म खानेपानी मन्त्री नियुक्ति भएको छैन । कहिले खानेपानी मन्त्री आउने र मेलम्चीको बारमा छलफल गरी विज्ञ बनाएर काम गर्ने हो ? जानकारी छैन मेलम्चीको बारेमा ज्ञान, क्षमता र अनुभव नभएको कारण मेलम्चीको यो अवस्था आएको हो । उता खानेपानीका डिजी तिरेश खत्री आफ्नो जागिर अवधि २ वर्ष भएकाले कसरी यो पद जोगाउन सकिन्छ भन्दै छन् । तिरेश खत्रीले पिआइडीमा बसेर पुस्तौँपुस्तालाई कमाएको चर्चा छ । तिरेसले आफ्ना सहयोगीलाई हातमा लिएर अनेक धन्दा चलाएपछि कर्मचारीभित्र विवाद भएपछि कर्मचारीले विरोध गर्न थालेपछि अन्त सरुवा गरेको आरोप लागेको छ । पिआइडीमा बस्दा एक युवतीसित सम्बन्ध गाँसेको आरोप लागेपछि ती युवतीलाई जागिरबाट हटाएकोजस्तो आरोप खत्रीलाई लाग्दै आएको छ । मेलम्ची विकास आयोजनामा बस्दा आफ्नै जिल्लाबासीलाई च्यापेर आर्थिक हिनामिना गरेको र राजेन्द्र पन्थलाई राजनीतिक दलका नेतादेखि चुल्ठे÷मुन्द्रेलाई चन्दा दिएको पत्रकारलाई मेलम्चीको बारेमा नराम्रो नलेख्नू, प्रचार गरिदिनु भन्दै खामबन्दी दिएको आराप लागेको छ । तर जति भ्रष्टाचार गरे पनि छुट पाउने भएपछि जसले जति आर्थिक हिनामिना गरे पनि हुनछ । तिरेशलाई राजनीतिक दलका नेताले मन पराएका छन् किनकि माओवादी नेता प्रचण्ड, एमाले नेता केपी ओली, कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवासम्मलाई हातमा लिएर आफ्नो पद जोगाएका छन् । भ्रष्टाचारको आरोप लागे पनि तिरेशका सहयोगी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको कारण कारबाहीबाट बच्न सक्ने छन् । अहिलेसम्म अख्तियार प्रमुख भएका व्यक्ति स्वतन्त्र छैनन् । सबै राजनीतिक दलभित्रका नियुक्ती भएका छन् । पहिलो जागिर खाने अकुत सम्पत्ति जोडने र जागिर अवधि सकिएपछि राजनीतिक दललाई चन्दा दिने र राजनीतिक दलका नेताको चाकडी गरेर राजनीतिक नियुक्ती खाने प्रचलन नेपालमा चल्दै आएको छ । बाहिरी स्वतन्त्र व्यक्तिले राजनीतिक नियुक्ती पाएको उदाहरण छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *