नापी र मालपोतमा रोकिएन भ्रष्टाचार लाखौ“ असुल्दै कारबाही शून्य

समाचार

काठमाडौं । सरकार गठन भएको साढे दुई महिना पुग्न लाग्दासम्म पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । चाडबाड नजिकिँदै छ, बिचौलिय छटपटाएका छन् । बिचौलियाले गर्दा सर्वसाधारण जनताले सास्ती भोग्नु परेको छ । मन्त्रिपरिषद्ले गर्नु पर्ने काम रोकिएका छन् । भूमी तथा सहकारी मन्त्री नहुँदा मालापोत, नापीमा भ्रष्टाचार व्यापक बढेको छ । नापी कार्यालयमा नामसारी, कित्ताकाटजस्ता काममा चलखेल भइरहेको छ । रजिस्ट्रेसन पास, डोरपासजस्ता काममा ठूलो मात्रामा चलखेल हुने गरेको छ । यस्तै रजिस्ट्रेसन पास गर्दा लेखनदासले जग्गाको चलनचल्तीको मूल्यांकनभन्दा कम मूल्यांकन गरी कर्मचारी र लेखनदास मिलेर सेवाग्राहीलाई दिक्क पारेका छन् । मालपोतका कर्मचारीको चाँदी कटाइचलेको छ । मुद्दा फाँटका कर्मचारीले पीडितलाई झन् पीड दिएका छन् । जस्तै जग्गा बिक्री वितरण गर्दा जग्गावालाले घरायसी झगडाको कारण जग्गा बिक्री वितरण गर्ने, अंशबन्डा गर्दा खेरी बाबु, छोरा, आमा, छोराको झगडाले अंश मुद्दामा कुरा नमिल्दा मालपोतमा रोक्का राख्दा अथवा दुवैलाई छलफल गर्न बोलाउँछन् र कोही तारिखमा आउँदैनन् अथवा तरिख गुजारेपछि मुद्दा कमजोर बनाएर पैसा लिने र यदि पैसा नदिएमा हिजो अस्ति तारिखमा किन नआएको भन्दै पैसावालाले मुद्दा फाँटका कर्मचारीहरु बेलुका भएपछि सुरासन्दरी भएको रेस्टुरेन्टमा लगेर रमाइलो गराउने गर्छन् र मुद्दा परेको जग्गाको बारेमा कहिले अड्डाको सिफारिस, कहिले गाउँ सर्जमिन, कहिले जग्गाको चार किल्ला, कहिले राजस्व बुझाएको रसिद, कहिले यो भएन, उ भएन भन्दै सेवाग्राहीलाई दुःख दिने गरेका छन् । अहिले प्रायजसो सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमाफिया लागिपरेका छन् । भूमाफिया, बैंक माफियाले गर्दा राज्यलाई आउने राजस्व, लाभ कर व्यापक रुपमा छली भएका छन् । यसरी बढी मात्रा बिचौलिया, भूमाफियाको गिरोह शक्ति केन्द्र, धाउने सोर्सफोर्स लगाउनेजस्ता काम बिचौलियाले गर्दै आएका छन् । कतिपय सेवाग्राहीको जग्गा मुद्दा मामिला गरी पीडितलाई झन् दुःख दिएरका छन् । काठमाडौं उपत्यकाभित्र पर्ने सार्वजनिक जमिन सिध्याउने गरेका छन् । डिल्लाीबजार मालपोत, कार्यालय कलंकी मालपोत कार्यालय, यस्तै ललितपुर मालपोत कार्यालय र भक्तपुर मालापोत कार्यालयमा व्यापक भीड लाग्ने गरेको छ । कार्यालय प्रमुख प्रायजसो अफिसमा नबस्ने र सेवाग्राहीलाई दुःख दिने, स–सानो कुरामा अल्झाउने, भुलाउने, आज फलानो सर, आउनु भएको छैन, भोलि आउनुस् भन्दै दिनदिनै झुलाउने काम गरेका छन् । मालपोतमा जागिर खानेको घरघडेरी, सम्पत्ति कहाँबाट आयो होला ? खासगरी रजिस्ट्रेसन फाँट र मुद्दा शाखामा बस्ने कर्मचारीको सम्पत्ति कसले छानबिन गर्ने ? मुद्दा शाखामा काम गर्ने र रजिस्ट्रेसन शाखामा बस्ने कर्मचारीले अकुत सम्पत्ति जोडेका छन् । अहिले मालपोत कार्यालयका कर्मचारीलाई बोल्ने फुर्सद छैन । चाडबाड आएको छ, सबैलाई चाडबाड मान्नेदेखि घर व्यवहार धान्न चलाउन पैसाको आवश्यक परेको छ । कोरोनाले गर्दा बन्द, व्यापार राम्रोसित चलेको छैन । कोठा भाडा तिर्नदेखि चाडबाड मनाउन सबैलाई पैसा चाहिन्छ तर मालपोतका कर्मचारी बिचौलिया, बैंकका कर्मचारीबीचको मिलेमतोमा दृष्टिबन्धक राख्ने, घरजग्गा बैंकमा राखेर पैसा निकाल्नेको ताँती मालपोतमा हुने गरेको छ । यसरी पैसा निकाल्नलाई बिचौलिया प्रयोग हुने गरेका छन् । सेवाग्राहीले पाउने आफ्नो सम्पत्तिसमेत राम्रो मूल्यांकन नहुँदा पछि गएर लिलामीमा बेच्न पर्ने बाध्यता भएको छ । बैंकका कर्मचारी, मालापोतका कर्मचारी र भूमाफियाको जालमा सर्वसाधारण पर्ने गरेका छन् । मालपोतमा कतिपय भूमाफियाले कालो धन सेतो बनाउने गरेका छन् । मालपोतमा सरुवा भएर जानका लागि कर्मचारीभित्र लबिङ गर्न थालेका छन् । खासगरी मालपोत प्रमुखदेखि रजिस्ट्रेसन फाँट मुद्दा फाँटमा सरुवाका लागि मरिमेट्ने गरेका छन् । मालपोतमा जागिर खाँदा सेवाग्राही कुन–कुन क्षेत्रबाट आउने कुन नेतादेखि व्यापारी बैंक माफियासँग भूमाफियासँग सम्बन्ध हुने बेलुका भएपछि दारुपानीदेखि पैसा पानी पाइने कर्मचारीका घरघरमा उपहार पनि आउने भएपछि प्रायजसो कर्मचारी मालपोतमा रमाउने गरेका छन् । खासगरी, सहरी इलाकाका मालपोतमा रमाउने गरेका छन् । यसरी सहरका मुख्यमुख्य ठाउँमा बसी अकुत सम्पत्ति कमाउने कर्मचारीको सम्पत्ति छानबिन गर्ने हिम्मत कुनै पनि सरकारले गरेको छैन । मालपोतमा आम्दानी हुने जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, भरतपुर, विराटनगर, पोखरा, भैरहवा, जनकपुर, झापा इनरुवाजस्ता मालापोतमा भीड बढेको छ । यसरी मालापोतमा जागिर खाने कर्मचारीले राज्यलाईसमेत गुमराहमा पार्ने गरका छन् । अहिलेसम्म सरकारले पूर्णता पाएको छैन । प्रधानमन्त्रीले यस विषयमा ध्यान दिएका छैनन् । भूमी तथा सहकारी मन्त्रीविहीन छ,, कर्मचारी बैक माफिया र भूमाफियाको रजाइँ चल्ने गरेको छ । कारबाही र अनुगमन कसले गर्ने ? यस्तै हालत नापी कार्यालयमा हुने गरेको छ । नापीमा कित्ताकाट रोकिए पनि बहुमूल्य पर्ने जग्गाको कित्ताकाट भित्री रुपमा पहिलाको मिति राखी लाखाँै खर्च गर्दै कित्ताकाट गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *