महाधिवेशन भाँड्ने दाउमा पौडेल

समाचार

काठमडाौं । हार्ने भएपछि कांग्रेसका एक्ला वृहस्पति रामचन्द्र पौडेल पार्टीको १४औँ महाधिवशेन भाँड्न थालेका छन् । त्यसैले १८ भदौबाट शुरु भएको महाधिवेशन मंसिरमा पनि अनिश्चित भएको छ । कांग्रेसको यो कुम्भमेलालाई अन्तर पार्टी झगडाको झन्डा बनाइँदै छ । सभापति शेरबहादुर देउवाको असक्षमताको कारण क्रियाशिल सदस्य सम्बन्धी छानबिन भने विवादमुक्त भएन । संस्थापनले ल्याएको प्रस्ताव स्वीकार्ने आँट दोस्रो पक्षलाई मान्य छैन । विधानको परिपालना कांग्रेस पार्टीले गर्दैन । कांग्रेसभित्र देउवाको नेतृत्वले सुधार गरेको छैन । रामचन्द्रजस्ता सधैँ अरुको आड भरोसा खोज्ने आँट नभएका नेताकै कारण हुन सक्छ, संस्थापन पक्षले मनपरी गर्दा १४ जिल्लामा वडा अधिवेशन हुन सकेन । तोकिएको समयमा भएको छैन । सभापतिको दाबी गर्ने ३ सय भोट नकटाएका कृष्ण सिटौलाई गगन र प्रदीपले त्यसै त्यागका होइनन् ।
१३औँ महाधिवशेनको बेला सिटौलाको मत देउवालाई परेकोमा संविधान सभामा बहुमत सांसदको मत लिएर आफू प्रधानमन्त्री बन्ने भन्दै भारतीय सहयोग लिएर १७ पटक प्रधानमन्त्रीको प्रतिस्पर्धा गर्दा एमालेका झलनाथ खनाल, माओवादीको साथ लिएर प्रधानमन्त्री भएका थिए । त्यो बेला पौडेलले सिटौलालाई साथ दिएनन्, एक्लै लडे । त्यसको अपजस अहिलेसम्म लिँदै छन् । कांग्रेसमा विमलेन्द्र निधि भारतीय उक्साहटमा खर्च लिए सभापतिको प्रतिस्पर्धी भएका हुन् । डा.शेखर कोइराला, डा.शशांक कोइरालालाई कोइराला वंशजको ब्याज खाने अवस्था पूरा हुन्छ हुन्न कुर्नु पर्छ ।
यसपटक पत्याउनै नसक्नेहरु सभापति पदको दाबी गर्दै अघि बढेका छन् । गोपालमान श्रेष्ठले समेत सभापति पदमा दाबी गरेका छन् । यो हल्ला हो तर देउवा रामचन्द्र, निधिका बीचमा प्रस्पिर्धा हुने हो । कल्याण गुरुङका उम्मेदवारी भोलिको तयारी हुन सक्छ । गुरुङ देउवा पक्षका हुन् । वालकृष्ण खाँड, डा.प्रकाशरण महत पदकै दाबी गर्ने टिम हो । रामचन्द्रसँग बनेको टिम भत्क्यो । प्रकाशमान सिंहले समेत पौडेललाई यसपटक त्यागेका छन् । अर्जुननरसिंहको समूह नुवाकोटमा नाँगिएको छ । डा.रामशरण महतको जस्तापाता काण्ड पनि सेलाएको छैन । कांग्रेस बिचित्रसँग हिँडेको छ । सत्ता पाएको पनि छ तर अवसर बचाउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *