दश भाइको गुनगानमा थपिदै प्रभु शाह

राजनीति

काठमाडौं । एमाले पार्टी अध्यक्ष केपी ओलीले एकतासम्बन्धी १० बुँदे प्रस्तावलाई वास्ता गर्न छाडेका बेला माओवादी त्यागेर एमाले बनेका प्रभु साह जुर्मुराएका छन् । जनताको बहुदलीय जनवादसमेत नेताको स्वार्थमा लुट्पुटिएको बेला प्रभु साहको नेकपा हुँदाको पार्टी नीति र कार्यक्रमको अर्थ कति राख्छ, शंका छ । अध्यक्ष ओली समक्ष आठबुँदे प्रस्ताव पेस गरेर ललितपुरको च्यासलमा जारी महाधिवेशन तयारी गर्ने केन्द्रीय कमिटीको बैठकमा समेत सहभागी भएका छैनन् ।
माधवलाई उचालेर धोका दिने भीम रावल, अष्टलष्मी शाक्य, भीम आचार्यको पार्टी इन्चार्ज पद माओवादी खेमाबाट आएका लेखराज भट्ट, रामबहादुर थापाले स्थान पाएका छन् भने भीम आचार्यको ठाउँमा शेरधन राई पुगेका छन् । अस्थायी मुख्यमन्त्री पदको बचाउ गर्न सकिन्छ भन्नेतर्फ उनीहरु लागेका छन् । एमाले विभाजन भयो, नेकपा एकीकृत समाजवादी बन्यो । समाजवादीले पार्टी नेतृत्व र सचिवालय बनायो । छटपटी भीम रावललाई मात्र भएन प्रभु साहलाई समेत भएको छ । युवराज ज्ञावली, योगेश भट्टराई, गोर्कण विष्ट एमालेकै पुरानै स्थानमा छन् । धनश्याम भुषालले महासचिवको प्रतिवेदनमा फरक मत राख्दा हाँसी मजाक पनि भएको थियो ।
अध्यक्ष ओलीले भन्ने र गर्ने फरक हुन्छ । उनले कुर्लने कुर्लन्छन्, आफ्नो सुर नछाड्ने नीति लिएका छन् । भाग राख्नेले राख्छन् आफ्नो योजना नछाड्ने केपीको प्रवृत्तिको विरोध कसैले गर्दैन । महासचिव इश्वर पोखरेलभन्दा शंकर पोखरेल ओलीका उत्तराधिकारी बन्दै छन् । उमेर हद ७० लागेपछि पार्टी पदाधिकारी बन्न नपाउने निर्णय गराए मंसिरमा दसौँ महाधिवेशन गर्ने ओलीको तयारी माघ कट्यो भने भत्कन्छ किनकि उनी माघमा ७० मा प्रवेश गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *