सरकारी अस्पतालमा बिरामीलाई पशु सरहको व्यवहार

समाचार

काठमाडौं । सरकारले आम नेपाली जनतालाई निःशुल्क र सर्वसुलभ स्वास्थ्य सेवा दिने भनिरहेको छ । तर, स्वास्थ्य क्षेत्रले भने नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गरिराखेको छ । सरकारले पनि बजेट प्राथमिकता साथ छुट्याइरहेको छ । तर, नेपालीले सरल तरिकाले उपचार पाउन सकेका छैनन् । सरकारी अस्पतालमा उपचार गर्न जाने बिरामीले सास्ति खेप्न बाध्य छन् । अहिले सरकारी अस्पतालमा टिकट लिन घन्टाँैसमय लाइन बस्नु पर्ने बाध्यता छ । टिकट लिए पनि डाक्टरको पखाईमा लामो लाइनमा बस्नु पर्ने अर्को बाध्यता छ । समयमा डाक्टर आउँदैनन बल्ल–तल्ल डाक्टर आए पनि बिरामीलाई राम्रोसँग जाँच नगरी तपाईंलाई के भएको भन्दै सोधेर विरामीले जवाफ दिएपछि पहिला ‘एक्स रे’ गर्नु पर्ने, ‘सिटी स्क्यान’, ‘भिडियो एक्स रे’, दिसा पिसाब, रगत जाँच लगायत आवश्यक÷अनावश्यक जाँच गराउने गर्दछन् । जसले गर्दा उपचारका लागि अस्पताल पुगेका बिरामीहरू झन् विरामी हुने गरेका छन् । किनकी प्रायजसोः बिरामीले विभिन्न किसिमको स्वास्थ्य चेक गर्न लगाउने र बिरामीलाई झन् बिरामी पार्ने काम सरकारी अस्पतालबाट हुँदै आएको छ । बिरामीले सबै चेक गरी ल्याएको रिपोर्ट डाक्टरलाई देखाउँदा एक हप्तासम्म कुर्नुपर्ने हुन्छ । एकहप्ता भन्दा लामो समयपछि रिपोर्ट आएपछि बल्ल डाक्टरले उपचाको लागि भर्ना गर्नुपर्ने हो कि औषधि दिएर घर पठाउने हो, त्यो डाक्टरको तजबिजअनुसार र सरकारी डाक्टरको मुडमा भर पर्ने गरेको छ । अहिले प्रायःजसो नेपाली जनताको डाक्टरको फिसभन्दा पनि बढी मात्रामा विभिन्न टेस्ट कै नाममा खर्च हुने गरेको छ । खासगरी सरकारी अस्पतालले सिटी स्क्यान, भिडियो एक्स रे, दिसा पिसाव, रगतको जाँचका नाममा व्यापक रूपमा पैसा असुली राखेका छन् भने गैर सरकारी अस्पतालका बारेमा न सरकार जानकार छ । नेपाली जनताको रगत पनि पटक–पटक निकाल्ने गरेका छन् । सरकारी अस्पतालले व्यापक पैसा असुली राखेका छन् । सरकारले ७० वर्ष उमेर पुगेका बिरामीलाई सित्तैमा उपचार गर्ने भनेता पनि कागजमा सीमित भएको छ । बूढाबूढी, अपांग, एकल महिलादेखि अन्य बिरामीलाई विभिन्न चेकजाँचको लागि पैसा नलाग्ने भने पनि अन्य धेरै शीर्षकमा पैसा असुल्ने गरिएको छ । निःशुल्क निभएको सेवा लिन पनि निकै सास्ती हुने गरेको छ । यस्तै सरकारी अस्पतालमा पाइने दबाइ सकिएको छ भन्दै बाहिर मेडिकलमा किन्न बाध्य पारिन्छ । सरकारी अस्पतालले सरकारले निशुल्क उपलब्ध गराउने औषधि सकिएको बाहनामा बाहिरका मेडिकल हलमा किन्न लगाएर विरामीलाई ठग्ने गरेका छन् । सर्वसाधरण जनताले शरीर जाँच गर्नका लागि पैसा खर्च गर्दा प्राइभेट अस्पतालले कति नेपालीलाई ठगेका होलान् । प्राइभेट अस्पतालले बिरामीको शरीर चेकजाँच गर्दा चर्को मूल्य असुली राखेका छन् । दिसा, पिसाव, रगत, एक्स रे, भिडियो एक्स रे, सिटी स्क्यान गर्दा डाक्टरको सेवा शुल्कभन्दा बढी मात्रामा पैसा असुलेका छन् । यस्तै बेड चार्ज मनलाग्दी लिएका छन् । यसको अनुगमन गर्ने निकाय निदाएर बसेका छन् । नेपाली जनताले उपचार नपाएर छटपटाइएका छन् । कुन बिरामी कस्तो अवस्थामा छ, कुन औषधि कहाँबाट ल्याउने, बिरामी कुरुवालाई जानकारी छैन । बिरामीलाई कुन औषधि दिने हो जानकारी छैन । डाक्टरैपिच्छेका फरक औषधि भिडाउने गरिएको छ । कुन औषधि प्रयोग हुन्छ, कुन औषधि प्रयोग हुँदैन भन्ने कुराको जानकारी बिरामी र उसका आफन्तलाई हुँदैन । सबै दबाइ अन्दाजको भरमा किन्न लगाउने गरेका छन् । कतिपय विरामीलाई चाहिँने भन्दै बढी दबाइ माग्ने गरेका छन् । त्यो दबाइ बिरामीलाई नभएर अन्य बेडका बिरामीलाई सिस्टरले चलाई दिने गरेका छन् । बिरामीको रोगको बारेमा सबै शरीर जाँच गरी अनुभवको आधारमा स्टाफ नर्सले दबाइ किन्न लगाउने गरेका छन् । डाक्टर बेलामा आएका हुँदैनन् । दिनमा एकचोटि राउण्डमा आएर देखा पर्ने र बिरामीको अवस्था कस्तो छ, बिरामीको आयस्रोत के हो, केही जानकारी नलिएर महँगो दबाइ खरिद गराउनेदेखि विभिन्न टेष्ट गर्न पठाउने गरेका छन् । यसरी बिरामी रात–दिन ठगिएका छन् । यति मात्र नभएर बिरामीको सामान समेत हराउँने, चोर्ने गरेका छन् । भन्नको लागि सरकारी अस्पतालमा राम्रो छ भन्छन्, वीर अस्पतालमा सधैँ भिडभाड, टिचिङ अस्पतालमा पनि त्यतिकै भीड । पाटन अस्पताल, टेकु अस्पताल उस्तै अस्पतालमा डाक्टरको लापरबाहीले गर्दा कतिपय बिरामीको अकालमा मृत्यु हुने गरेको छ । यसको अनुगमन कुनै निकायले गरेको छैन । हुँदा–हुँदा स्वास्थ्यमन्त्री समेत सरकारले नियुक्त गर्न सकेको छैन । राज्यमन्त्रीको भरमा चलेको छ । राज्यमन्त्रीले पनि सरकारी अस्पताल प्राइभेट हस्पतालमा विरामीको अवस्था कस्तो छ, बिरामीको उपचारमा डाक्टर छन् कि छैनन् ? बिरामीले उपचार पाएका छन कि छैनन्, यसको अनुगमन मन्त्रीले गरेका छैनन् । मन्त्री भएपछि भाषण गर्न गोष्ठी जाने, विदेश भ्रमण गर्ने, तलब खाने कमिसन कताबाट आउँछ, कुन मेडिकल खोल्न दिँदा कति कमिसन आउँछ भन्ने सोचाइमा रहेका छन् । पुराना अनुभवी डाक्टर अस्पतामा छैनन्, भएका पनि आफ्नै क्लिनिक चलाउने र सरकारी अस्पतालमा अनुभव नभएका सिकारु डाक्टर, नर्समात्र भेटिन्छन् । सरकारले रोगका बारेमा जानकार भएका पुराना ठाक्टर नर्सको अनुभवको आधारमा राख्नुपर्नेमा त्यो नगरी पढाईको बारेमा नयाँ–नयाँ डाक्टर नर्स रहेका छन्, कतिपय अस्पतालमा सिकारु डाक्टर नर्स पनि नभएका कारण कतिपय बिरामीको मृत्यु हुने गरेको छ उपचारभन्दा पनि विरामीलाई विभिन्न बहाना गरी पटक–पटक रगत निकाल्ने बिरामीलाई दिने स्लाइन पानी दिने नाममा बिरामीको शरीरमा घोचपेच र नसामा सियो रोप्ने बिरामीलानई सकस पार्ने काम भएका छन् । यस्तो काम डाक्टर नर्सैले गर्दा अनुगमन गरेको र यस्ता डाक्टर स्ष्टिमलाई कारबाही गरेका जानकारी पाइएको छैन । त्यही कारणले बिरामी भएर अथवा दुर्घटना भएर आएका बिरामीको उपचार सर्वसुलभ गर्नुपर्ने ठाउँमा पशुको जस्तो व्यवहार एक्सरे फाँटमा देख्न सकिन्छ । इमरजेन्सी एक्सरे अवथा भिजे एक्सेरे सिटी स्क्यान गर्नु परेमा सोठाउमा कर्मचारी र डाक्टर कोठामा बुझिदैन, र बिामीले उपचार पाउन नसकेपछि अकालमा विरामीको मृत्यु हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *