केयुकेएलमा युनियनको दबाब

समाचार

काठमाडौं । जहाँ धेरै भ्रष्टाचारी हुन्छन्, त्यहाँ राजनीतिक दलनिकट कर्मचारीको युनियनको दादागिरी चल्छ । यस्तै उदाहरण काठमाडौं उपत्यका खानेपानी केयुकेएलका भीम शाक्यलाई हटाएर ज्ञानेन्द्रबहादु्र कार्कीलाई जिएम बनाउन लागिपरेको छ । ज्ञानेन्द्र कार्की ११औँ तहमा कार्यरत रहेका छन् । अहिले युनियनको होडबाजी चलेको छ । यसले गर्दा युनियनको मागले सघाएको छ । कार्कीलाई जिएम बनाउन पाए युनियनका कर्मचारीले काम लिन सजिलो हुने ठानेका छन् । धेरै लामो समयसम्म आन्दोलन चर्काएर बसेका छन् । दसैँ बिदाको समयमा आन्दोलन स्थगित गरे पनि दसैँ सिद्धिएपछि आन्दोलनको कार्यक्रम गर्ने भएका छन् । युनियनको माग चाहिँ यसप्रकार रहेको छ । प्रत्येक वर्ष ४ महिनाको दरले उत्पादन माग गरेका छन् । युनियनलाई सहयोग गर्ने व्यक्ति चाहिँ पिआइइीका कर्मचारीले गाडी पेट्रोल दिएर सहयोग गरेको बताइन्छ । केयुकेयलमा हाल पाँच वटा राजनीतिक दलका युनियन छन् । कानुन अनुसार ३ वटाभन्दा बढी युनियन राख्न पाइँदैन तर पाँच राजनीतिक दल संगठनका युनियनले केयुकेएलमा राजनीतिक गरिराखेका छन् । १५ लाख बिमा माग गरेका छन् । १० वर्ष ड्राइभिङ काम गरेका व्यक्तिलाई स्वतः बढुवा गर्नु पर्ने रहेको छ । उमेर हद ५८ वर्षबाट साठी वर्ष पु¥याउनु पर्ने माग राखेका छन् । यसरी हेर्दा सरकारी कार्यालयमा राजनीतिक दल युनियनको हाबी भएका कारण विकास निर्माणको काम र सेवाग्राहीलाई मारका पर्ने काम भएको छ । युनियनको नेता बनेर भ्रष्टाचार गर्ने र ठूला ठूला राजनीतिक दलका नेतासँग पहुँच पु¥याएर सोर्स फोर्सको आधारमा माददार ठाउँमा बस्दै आएका छन् । युनियनका नेताहरुलाई कार्यलयमा बस्नु बसेर काम गर्नु नपर्ने देश विदेशदेखि नेपालका कुना काप्चासम्म घुमेर गाडी इन्धन प्रयोग गरी राज्यको सम्पत्ति दोहन गर्ने साना कर्मचारीलाई वास्ता खोजी नगर्ने अलि बाठा कर्मचारीलाई मालदाहर ठाउँमा खटाउने र कर्मचारीको हक हित भन्दै सरकारी कार्यालयका सचिव र मन्त्रीको चाकडीमा रमाउने गरेका छन् । यसले गर्दा कतिपय कर्मचारीको वृत्ति विकासमा समेत असर पर्ने गरेको क्षमतावान् र इमान्दार कर्मचारीले युनियका नेताको चाकडी नगर्दा उनीहरुको वृत्ति विकासमा समेत असर पर्ने गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *