सशस्त्र प्रहरीले प्रदेश २ मा…

समाचार

काठमाडौं । सशस्त्र प्रहरी बलका डिआइजी चन्द्रप्रकाश गौतम प्रदेश २ मै बस्नका लागि दुई चरण काठमाडौं आएर फर्केका छन् । प्रदेश २ का नेताले डिआइजी उमेश रञ्जितकारले गुप्तचार प्रहरीमा दिने भनेर ४ लाख लिएको काण्डसँगै चर्केको विवादले नक्साल हल्लाएको छ । हलचोक यस्तै हल्लिने गरी प्रदेश २ का आठ जिल्लामध्ये रौतहट, बारा र पर्साको नाका खुला गराएका डिआइजी गौतमले आफू गएपछि घुमुवा हटाएको बताएका छन् ।
सशस्त्र प्रहरीका घुमुवाले खल्ती गाह्रौँ आफ्नो बनाउने र भाग थोरै छुट्टयाउने गरेको थाहा पाएपछि गौतमले जिल्ला कमान्ड मार्फत तस्कर र व्यापारीको साँठगाँठ मिलेको छ । नेपाली सेनाबाट आएका गौतम सानो गौचरणमा बस्ता तालिम गर्नेलाई बिदा छाडेर रासनमा घोप्लाबाजी गरेको बताइन्छ । त्यो छानबिनामा उनी दोषी थिए । सशस्त्रले गौतमलाई प्रशिक्षण प्रतिष्ठान पठाएको थियो । प्रदेश दुईमा जान उनी निकै हौसिए । उनी अगाडिका डिआइजी बज्रचार्य तस्करीसित मिलेर तस्करीलाई खोलेको आरोपमा केन्द्रमा तानिएका थिए । उनले अवकाश पाइसकेका छन् ।
प्रदेश २ हाँकेर आएका डिआइजी राजु अर्याल प्रवक्ता छन् । उनीपछिका तत्कालीन एसएसपी गणेश ठाडा मगर भरखरै डिआइजी बढुवा भएर प्रदेश जान खोज्दै छन् । प्रदेश १ का बंशी दाहाल फिर्ता भएका छन् । उनी पनि समय थप्न चाहन्थे । तर व्यापारीकै जस्तो भएका कारण प्रदेश १, २ र लुम्बिनी प्रदेशमा सशस्त्रको बिओपीमा पर्नसमेत सोसफोर्स र सलामी दिनुपर्छ सशस्त्रले लाइन खोल्दा नेपाल प्रहरीले साथ दिएन भने तस्कारी मौलाउन सक्दैन । दुवै संगठन मिल्दा तस्कारीले ठाउँ पाउँछ । हरेक वर्ष प्रहरी र सशस्त्रले दसैँ, तिहार र छठ पर्वमा विष्फोटकजन्य वस्तु पटका भूँइचम्फा पक्राउ गर्ने नष्ट गर्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *