मिटर बिगार्ने ट्याक्सी ड्राइभरको मस्ती

समाचार

काठमाडौं । यात्रु ठग्ने मिटर बिगार्ने ट्राफिक प्रहरी यातायत कार्यालयका कर्मचारीको खल्तीमा पैसा दिएर यात्रुले भनेको ठाउँमा जान पैसा कबोल्ने ठग ट्याक्सी ड्राइभरहरुको भीडमा संस्थाको शत्रुको रुपमा पठाओ र टुटल आएको छ । ट्याक्सी ड्राइभरहरुले आफ्नो अपराध गतिविधि लुकाउने ठाउँ थिएन । टुटल र पठाओ उद्योगमा दर्ता भएका छन् । मेट्रो अनलाइृन ट्याक्सी एपले दिने सेवा शुरुमा मिटर बिगारेर लुट्न पल्केकाहरुलाई प्रभाव पार्दै छ । रु.९९ मा राजधानीमा ट्याक्सी सेवा लिन पाउने अभ्यास हुँदै छ ।

५ हजार ट्याक्सी यहाँ जोडिएका छन् । यात्रु ठग्ने ट्याक्सीहरुले पठाओ र टुटलका चालकलाई कुटपिट गर्दा ट्राफिक प्रहरी मूकदर्शक भएकै हो । सरकारलाई ट्राफिकभित्रको कथा र व्यथा थाहा छैन । ट्राफिकले यात्रु ठग्नेलाई कारबाही गर्दैन । ट्राफिकसँग ड्राइभरको मिलिभगत हुन्छ । ट्राफिकमा जो प्रमुख भयो उसको सेवा गर्ने र खाम प्रयोग गर्ने चलन नयाँ होइन । पुरानो चलन ट्राफिक प्रहरीमा चल्दै छ । जनतालाई राजधानी यातायातको हैरानी छ । त्यो हैरानी रोक्ने काम मेट्रो अनलाइनले ग¥यो भने ठगहरुको र बिचौलिया अलि कम हुने थियो । सरकारको ध्यान उपत्यकाको अव्यवस्थित स्थिति सुधार्नेतर्फ कहिल्यै चासो गएन ।

माफियाकरण यो ठाउँमा छ । राजनीतिमा माफियाको बिगबिगी छ । नेतालाई पैसा चाहियो, माफियाले पु¥याएका पनि छन् । जनता पीडित पनि छन् । देशमा राजनीति अस्थिरता छ । प्रहरीको संरचना भद्रगोल छ । आइजिपीले सुधार्न सकेका छैनन् । गृहमन्त्री बालकृष्ण खाँण दर्शक बनेका छन् ।

यस्तै सरकारले कातिक १ गतेबाट भाडा बढाएको छ । भाडादर यातायातका ढोका ढोकामा टाँसिका छन् । पहिला १५ रुपैयाँ लाग्ने ठाउँमा २० रुपैयाँ लिएका छन् । २० रुपैयाँ लाग्ने ठाउँमा ३० रुपैया लिएका छन् । उदाहरणका लागि बागबजारबाट बानेश्वर जाँदा २५ रुपैयाँ लिन्छन् । बानेश्वरबाट नयाँ बाटो ठिमीसम्म ३० रुपैयाँ लिने गरेका छन् । यसरी भाडा मन लाग्दी बढाएका छन् । सरकार मूकदर्शक भएको छ । यसको अनुगमन गरेको छैन । यातायात विभागले अनुगमन गर्नु पर्ने हो, ट्राफिक प्रहरीले पनि यसको अनुगमन गर्नु पर्नेमा चुपचाप बसेको अवस्था छ । यसरी छोटो दूरीदेखि लामो दूरीसम्म चल्ने यातायात व्यावसायीले भाडा बढाएका छन् । भाडा बढेपछि खाद्यान्नदेखि कच्चा सामग्रीसम्मको मूल्य बढेको छ । सरकार प्रतिपक्ष दलका सांसदले बोलेका छैनन्, किनकि प्रत्येक सांसदले सरकारी अथवा निजी गाडी चढेका छन् । पेट्रोल डिजेल सरकारी कार्यालयबाट हाल्ने गरेका छन् नेपाल सरकारका कर्मचारीले सरकारी गाडी सरकारी इन्धन प्रयोग गरेका छन् । सरकारी गाडी घरमा पनि प्रयोग गरेका छन् । सरकारी गाडी ड्राइभरले उच्च तहका कर्मचारीका छोराछोरी, श्रीमती, बाबु, आमा दिदी, बहिनी सालासाली, भिनाजुदेखि घरमा तरकारी किन्नसम्म प्रयोग गरेका छन् । मन्त्रीका गाडी यस्तै घर घरमा प्रयोग भएका छन् । यसरी सरकारी सेवा सुविधा पाउनेलाई राम्रो छ भने दूरगमका जनताले गाँस, बास, कपास नपाएर ज्यान गुमाएको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *