नेपाल प्रहरी नारामा सीमित समन्वकारी भूमिकाविहीन

समाचार

काठमाडौं । नेपाल प्रहरीले जनताकोका लागि ‘सत्य सेवा सुरक्षम्’ भन्ने नारा लगाउँछ र जनताको सुरक्षाको लागि खटिरहेका छु भन्छ । प्रहरी चोक–चोकमा बसिरहेका पनि छन्, तर प्रहरी चोक–चोकमा बसेर सिट्टी फुक्छन्, जब कदं कदाचित दुर्घटना भयो, चोरी भयो, पाकेट मा¥यो भने यसतर्फ ध्यान दिँदैन । खाली चोकमा बस्यो मोबाइल चलायो, फेसबुक हे¥यो, त्योभन्दा अन्य काम प्रहरीको छैन । चोरीका घटना बढेका छन् । पाकेटमाराले पाकेट मारेका मा¥यै छन् । चोर्नेले चोरेका छन् । लागुपदार्थ सेवन गर्नेले निष्फिर्की गर्न पाएकै छन् । लागु पदार्थ बिक्री पनि भइरहेकै छ । यसको सुराकी प्रहरीले पत्ता लगाउन सक्दैन । ज्यान मास्नेले मासैकै छन् । यसको छानबिन समयमा गर्न सक्दैन । खाली जागिरको सोझो गर्ने र जागिर पकाउने भन्दा अन्य काम प्रहरीले गर्न सकेको छैन । प्रहरीले नारा चाहिँ राम्रो ल्याएछ । काठमाडौं, ललिपुर, भक्तपुरका घर, सहरमा जुवातास खेलाएका छन् । यौनधन्दा चलाएका छन् । लागुपदार्थ ओसार पसार गरिराखेका छन् । त्यतातिर ध्यान छैन । खाली कहाँबाट दाम आउँछ भन्दै उठाउने काममा व्यस्त भएका छन् । यस्तै बढुवाको लागि सेटिङ गर्ने, मालदार ठाउँमा सरुवा हुने, हाकीमलाई खेलोमेलोमा रिझाउन मात्रै प्रहरी लागेका छन् । तिहार लाग्न थालेको छ । पटाका, भूँइचम्पादेखि तास, कौँडा, लंगुरबुर्जाको ओसार–पसार भएको छ । यसको निगरानी प्रहरीले राख्न सकेको छैन । यस्त,ै फिरौती उठाउनेको निगरानी राख्न सकेको छैन । खाली कहाँबाट दाम आउँछ भन्दै पैसामा प्रहरीको ध्यान गएको छ । अलि बेला–बेलामा चोरी, लुटपाट, अपराध न्यूनीकरण गर्न तपाईं–हामी सबै सचेत बनौँ भन्ने नारा लगाएर माइकिङ गरेका हुन्छन् । तर, वास्तवमा चोरी, लुटपाट, ज्यानमारा, अपहरण, बलनत्कार, जुवातास, यौनधन्दा सञ्चालन गर्ने व्यक्तिको पहिचान गरी कानुनी कठघरामा ल्याउन प्रहरीले सकिरहेको छैन । यस्तै, होटल रेष्टुँरामा हुने गरेको विभिन्न किसिमका घटनालाई समेत मध्यनजर गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन । होटेल, रेष्टुँरा, क्याविनबाट प्रहरीले महिनावारी असुली राखेका छन् । महिनावारी नदिने होटल, रेष्टुँरा, लज, जुवा अखडाबाट कहिले कहाँ पक्राउन गरेको देखाएर चर्चामा आउने गरेका छन् । व प्रहरी यस्तो धन्दा चलाउने व्यक्तिलाई समात्न आनाकानी गर्ने कारबाहीबाट बचाउने गरेका छन् । घुमुवा प्रहरीले पाकेटमारसँग मिल्ने गरका छन् । गाडीमा पाकेटमार चोरीका घटना भएका छन् यसतर्फ ध्यान दिएको छैन अहिले चाडवाडको बेलामा बसपार्क, चोक, गल्ली, सुनसान ठाउँमा यस्ता चोरीका घटना भएका छन् । यसतर्फ प्रहरीले ध्यान दिएको अवस्था छैन दिउँसौ मापसे गरेर सवारी चलाएका हुन्छन यसतर्फ पनि प्रहरीले ध्यान दिएको छैन । पुरानो बसपार्क कलंकी बालाजु रत्नपार्क गौसाला कोटेश्वर नयाँ वर्षपार्क एरियामा यौनकर्मी छरपष्ट देखिन्छन् यसको नियन्त्रण प्रहरीले गर्न सकेको छैन । प्रहरी एउटा नीति नियम, कानुन, बनाएर यौनकर्मीको उचित व्यवस्थापन गर्न सकेको अवस्था छैन । सरकार फेरिएका छन् गृहमन्त्री बनाइएका छन् । गृमन्त्री प्रहरी महानिरीक्षकको समन्वयकारी भूमिका निर्वाह गर्ने पक्षमा प्रहरीको छैन । महानिरीक्षक आइजिपी, गृहमन्त्रीको समन्वयकारी भूमिका नहुनु नै गृह मन्त्रालय फेल हुनु हो । भित्र पनि आइजिपी, डिआइजी एआइजिपीसम्मको समन्वयकारी राम्रोसँग चल्न सकेको छैन । प्रदेशस्तरीय र केन्द्रीय स्तरमा प्रहरीको राम्रो समन्वयकारी भूमिका नहुँदा नेपालका सातवटै प्रदेशमा चोरी निकासी, बलात्कार, लागुऔषध ओसार पसार, भइरहेको छ । यसरी समन्वयकारी भूमिका खेल्न सकेन भने समाजमा अनगिन्ती घटना हुने सम्भावना रहन्छ । त्यसैले प्रहरी सदवै समन्वयकारी भूमिका खेलेर अघि बढ्नु पर्ने देखिन्छ । तर, प्रहरीभित्र एक–अर्काको बीचमा टकराव बढेर गएको छ । यसको असर समग्र प्रहरी संगठनमा पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *